Friday, April 6, 2018

नेपाली कामदारहरुको ब्यवसायजन्य स्वास्थ्य - World Health Day 2018

कुनै पनि किसीमको बैदेशीक रोजगारमा जानु अघि अनिवार्य तालीमको प्रवधान नेपाल सरकारले गरको त छ तर श्रमीक आफै , काम लगाउने संस्था , बिचौलिया मान्छेहरु – म्यानपावर एजेन्सीहरु अनि नेपाल सरकारका सम्बद्धित निकायहरुको ति नियमहरुको अक्षरस पालनामा उदासीनताले गर्दा नै बैदेशीक रोजगारीमा बिभिन्न खाले समस्याहरु सृजना र बिकराल भएका छन् ।
कुनै पनि देशको कानुन अनुसार कामदारहरुले पाउनुपर्ने स्वास्थ्य र सुरक्षा सम्बन्धि अधिकारहरु र जीवन बिमा शुरुका एक या २ बर्षसम्म त धेरै जसो ठाउँमा दिने पनि गरीएको देखीएको छ तर त्यहाँको बसाई लामो र अबैधानीक हुनसाथ ति सुबिधाहरु काटिएको उदाहरणहरु प्रसस्त भेटीएका छन् । नेपाल सरकारको आर्थिक र सामरीक स्थीति पनि कमजोर हुनु , देशको दैनीकि चलाउन पनि दातृ संस्था र रेमीट्यान्सको मुख ताकेर बसेको अवस्था र आफ्ना नागरीकहरुको लागी पहल गर्न चासो पनि नदिनुले बिश्व बजारका नेपाली श्रमीकहरुले पाउनुपर्ने न्युनतम सेवा र सुबिधाबाट पनि बन्चित भएका छन् ।
यी बिभिन्न कारणहरुले गर्दानै काम लगाउने संस्थाहरुबाटै नै गैर कानुनी रुपमा आर्थिक र श्रमजन्य शोषण हुने अवस्था सृजना भएको छ । यस्तै कारणहरुले गर्दा नै नेपाली कामदारहरुको ब्यवसायजन्य स्वास्थ्य त एकदमै कमजोर भएको छ। यता नेपाली कामदारहरुको स्वास्थ्य प्रतिको आफ्नै लापरवाहीले गर्दा पनि सुतैकै अवस्थामा नै उनीहरुको मृत्यु भईरको छ ।
यसै पनि कुनै पनि देशमा आप्रवासी कामदारहरुको कानुनी स्थीति धेरैनै संसययुक्त र जटील प्रवधान हो । त्यहाँको सरकार र श्रमीक आफैलाई पनि यो बिभिन्न जोखीमहरुले भरीपूर्ण स्थीति हो ।
अन्त्यमा बिश्व स्वास्थ्य दिवस २०१८ को शुभकामना । सम्बन्धित निकायहरुलाई बैदेशीक रोजगारमा आईपेरका यी यावत समस्याहरु समधान गर्ने अग्रसरता र आँट मिलोस । देशमानै धेरै भन्दा धेरै रोजगारको सृजना होस् ।



जय शम्भो , जय नेपाल ।
हेलो वैदेशिक रोजगार विभाग, बुद्धनगर हेलो श्रम तथा रोजगार मन्त्रालय सिंहदरबार
Gokarna Bista
KP Sharma Oli

Monday, February 12, 2018

महाशिवरात्रीको शुभकामना - Happy Shivaratri


शिब को हुन त ? या शिब के हुन् त ?

के उनी महामानब हुन् या आदि बुद्ध या देउता , भगवान वा ईश्वर या मात्र आदियोगी ?

शिब रुप धारण गरेका जोगी, योगीहरुलाई सोध्नुहोस् शिव को हुन् , कहाँ छन् या पाईन्छ भनेर । उनीहरु सिधा उत्तर दिन्छन् – शिब म नै हुँ । मान्छेहरु हाँस्छन् र भन्छन् – यसलाई शिवबुटि लागीसक्यो । तर कुरा त्यही नै हो र सहि हो । शिब भनेको हामी भित्रैको बृहत चेतना हो । र हरेक प्राणीमा शिवतत्व हुन्छ । धेरैमा यो जागृत गर्न मात्र बाँकी हो या हुने अवस्थामा छ ।

त्यो बृहत चेतनामा दया छ , त्याग छ र एउटा अमेध्य आत्मबल छ । त्यो एउटा अघोरी हो र ब्यवधानको उल्टो हिडिंदिन सक्छ । बिष सेवन पछिको अननन्य शारीरीक पिडा र पत्नीको मृत्यु पछिको बियोगले निम्त्याएको पागलपन जस्तो स्थीति पछि पनि आफुलाई सम्भालेर त्यो शक्ति लोककल्याणकारी कार्यमा अग्रसर हुनसक्छ ।

उनी घनघोर अँध्यारोमा बाँच्न सक्छन् र फेरी पनि उज्यालोको निर्माण गर्न सक्छन् । उनी एक अणुँ भित्रको न्युक्लीयस – गर्भ हुन् जसले आफ्ना न्युट्रोनबाट प्रोट्रोन , ईलेक्ट्रोन र समस्त अणुको सँसार बनाउन र साथसाथै ध्वस्त पनि गर्नसक्छ । त्यसैले पनि आफु भित्रको शिबतत्व चिनौं , त्यसलाई सम्बर्धन गरौं र अझै प्रकाण्ड बनाउँ ।

त्यो बृहत चेतना भित्र समयको बोध छ र त्यो बोधबाटै महाबिष्फोट हुन्छ अनि हामी बसेको यो सुन्दर सृष्टि – पृथ्बीको सृजना हुन जान्छ । त्यसैले शिव प्रकृती पनि हुन् । बरु शिव के होइनन् मलाई उत्तर दिनुहोस् र त्यो भन्दा पनि पहिले आफु भित्रको शिवलाई चिन्नुहोस् ।

महाशिवरात्रीको हार्दिक मंगलमय शुभकामना । आजै देखी दुब्र्यसन छोडौं , अगाडी बढौं ।

र नेपाली राष्ट्रिय सेनालाई सेना दिवसको हार्दिक शुभकामना । संक्रमणकाल थेग्न सफल भएकोमा अझ धेरै बधाई ।

शिवरात्री मात्र ब्यँतिने रात होईन यो त जागृत हुने रात हो ।
जय शम्भो ।

The nucleus has the ability to create its proton, electron and the entire universe from its neutron whilst also have the ability to destroy them. That nucleus is the Shiva within you! Identify it, enrich it and amplify it.

Shivaratri is indeed the night of awakening and let it be! Happy Shivaratri!

सेतोघोडा मनोसामाजीक सेवा
Klub Psychology: सेतोघोडा


https://www.facebook.com/klubpsychology

Friday, December 29, 2017

मानसिक स्वास्थ्य समस्या: पहिचान – निदान, समाधान र मनोपरामर्षका

तपाईलाई मानसिक स्वास्थ्य समस्या – रोग छन् भने पहिचान – निदान, समाधान र मनोपरामर्षका लागी सम्पर्क गर्नुहोस्।

सेतोघोडा मनोसामाजीक सेवा
हामी कुनै पनि रोगको लक्षणलाई मात्र निको गराउने सोचले उपचार गर्दैनौ र लक्षणहरुलाई मात्र रोग मान्दैनौ । हरेक समस्याहरुको आ – आफनै जैबिक , ब्यक्तिगत , पारीवारीक , सामुदायीक , आर्थीक, सामाजीक, राजनैतिक , साँस्कृतीक – धार्मीक , भौगोलीक , एैतिहासीक , अध्यात्मीक कारणहरु हुन्छन् र ति पाटाहरुको सम्रग समाधान हाम्रो ध्येय हुनेछ ।
भनौ न शारीरीक – मानसिक – अध्यात्मीक चेतना एउटा मानसीक शरीरमा प्रवाह हुने हो , एउटा मान्छेको दैनिक जीन्दगी उत्साहपूर्ण हुने हो र उसले परीवार , समाज र राष्ट्र«लाई पनि यथासक्य योगदान दिन सक्ने र आफुलाइ हेरचाह गर्न सक्ने हो भने हामी त्यो परीस्थीतिलाई रोगबाट आरोग्यता तर्फर्को यात्रा भन्छौ । यस मानेमा मानसीक स्वास्थ्यतर्फ डोर्याउने हामी मार्गदर्शक हौं ।
रोग लागेको थाहा पाएर पनि उपचारमा ढिलो गर्नु या रोगलाई आफैले नियन्त्रणमा राख्न सक्छु भन्ने भुल गर्दा रोग अझ जटील हुन जान्छ र रोगले नच्यापेका पाटाहरु पनि संक्रमित हुन जान्छन् । आखीर एउटा मनोचिकित्सक र मनोबिद्ले पनि जीन्दगीको कुनै स्वास्थ्य पाटोको फेरोलाई समातेरनै उपचारको शीलशीला अगाडी बढाउने हो । ढिलो आउनुहन्छ , तपाईलाई उपचारमा अझ धेरै समय, शक्ति र अर्थ लाग्नेछ ।
र हरेक मानसिक समस्याहरु मानसीक रोग होईनन् ।
मानसीक समस्याहरु जीन्दगी प्रतिको प्रतिकृयाहरु हुन भने बिभिन्न मानसिक लक्षणहरुको घम्साघम्सीमा चेतना – बिवेक निश्कृय , क्षीण र शुन्य हुँदै जानुर दैनिक जीवन ठप्प हुनु मानसिक रोग हो ।
नेपालको सन्दर्भमा अहिले ४ जनामा १ जनालाई मानसीक समस्या हुन सक्छ तर जीन्दगीको कुनै नै कुनै बर्षहरुमा सबैलेनै मानसीक समस्या भोगेका हुन्छन् नै ।
यी १० जना मानसीक समस्या ग्रस्त मध्येका एक जनालाई मानसीक रोग हुन सक्छ ।
तर एउटा कुरा पक्का हो – उपचार गरे मानसिक रोक निको हुन्छ ।
अब निम्न केहि साझा लक्षणहरु पनि तपाईको मानसीक स्वास्थ्यलाई प्रतिकुल बनाउन आईरहेका छन् भने हामीसँग सम्पर्कमा आउनुहोस् ।
अनलाईन मार्फत दुर चिकित्साको सेवा सुबिधा पनि हामी दिन्छौं । म्यासेन्जरबाट सम्पर्कमा आउनुहोस् ।

लक्षणहरु –
१) हतासा – निराशाले कस्दै जानु र देनिक जीन्दगीबाट रुची हटेर अझै कठिन हुँदै जानु । जीन्दगीको अर्थ खोज्दै जाँदा ब्यर्थ देख्नु ।
२) अैकला – लैला – छोइलाको साहारामा जीन्दगीलाई छोड्न खोज्नु । आशक्ति र मोह बढेर जानु । हुन त दुब्र्यशनले निम्तयाउने मानसिक लक्षणहरुको कारणले यसलाई (र घरायसी कलहलाई पनि ) पनि मानसीक रोगको दर्जामा राखीएको छ तर यो धेरै हद सम्म बानी हो र बानी उल्ट्याउन र सुधार्न मिल्छ । अनि जीन्दगीलाई समेट्ने स्वस्थ्य बानीहरु सिक्न मिल्छ ।
३) आफन्तको मृत्युपछि शोक स्वाभावीक तर ब्यक्तिगत हो । तर जब यो अनियन्त्रित भएर रोइलोको रुपमा जीन्दगीका हरेक पाटाहरु अनियन्त्रीत गर्न थाल्छ , यो समस्या मानसीक हुन जान्छ ।
४) बितेको समयले बर्तमान र भविश्यलाई छरपष्ट गरीदिनु । अतितका घटना , दुर्घटना बल्झिएर मानसपटलमा आउनु , जीन्दगीलाई एउटै लहरमा लिएर जान नसक्नु , आत्मबिश्वासको कमि भएर लक्ष्यलाई निरन्तर रुपमा पछ्याउन नसक्नु र सफलताको लागी पर्याप्त कार्य गर्न नसक्नु । आखीर जीन्दगी परीवर्तन भईरहने निशाना त हो नि ।
Life is a Moving target!
५) जीन्दगीका समस्याहरुसँग तर्कने । सम्पूर्ण समाधान खोज्ने भन्दा पनि घाउ बल्झने गरेरनै काप्रो बाँधेर छोडिदिने । हालको भाषामा भनौं न – जीन्दगी ल्याङ – ल्याङ हुनु ।
मानसिक रोगका यी मात्र लक्षणहरु होइनन् है , हेक्का राख्नुस् ।
तपाईले यहाँ जानेका र सीकेका कुराहरु अरु समक्ष पनि पुर्याउनु हुनेछ भनेर आशा गर्दछौं यसकारण पनि कि रोग सम्बन्धी सचेतना आफैमा पहिले र प्रभावकारी प्राथमीक उपचार साथसाथै रोकथाम पनि हो ।
))))))))))))))))))))))))))))))))))))))))
एउटा बिरामी के कुराको आशा लिएर मनोबिद्को क्लिनीक धाउने ?
तपाईका केही खास बिशेष गुँणहरु , समस्या माथी काम गर्ने आगाध चहनालाई प्रेरीत गराउन चाहनुहुन्छ भने र आफ्नो समस्या माथी आफ्नै चाँजोपाँजोमा काम गर्न चाहनुहुन्छ भने मात्र आउनुहोस् हाम्रो सम्पर्कमा । तपाईले दिने प्रयास ८० प्रतिशतको हो भने हामी थेरापिस्ट र मनोबिद्ले दिने २० प्रतिशतको मात्र र त्यो पनि शुरुवातमा । तीन देखी लिएर १२ पटकसम्म हाम्रो भेटघाट हुन पर्छनै रोग सम्बन्धी निर्कयोलमा पुग्न र एउटा ब्यवस्थीत उपचार पद्दति स्थापना गर्न ।
आफ्नो समस्याको पांग्रो तपाई आफैले नै घुमाउनुपर्छ र अनि सफल भईन्छ जीन्दगीलाई एक कदम अघि बढाउन । जीन्दगीलाई अगाडी बढाउनुनै मानसीक रोगमाथीको पहिलो आक्रमण , लक्ष्य र खुड्कीलो पनि हो ।
मनोबिद् या थेरापिष्टले तपाईको समस्याको समाधान गर्दैन या तपाईलाई ठिक ठिक बनाईदिने काम । उ मात्र तपाइलाई एक सुरक्षित बाताबरणमा आफ्नो समस्याको पोको खोल्ने मौका दिन्छ , आफुलाई सृजनात्मक तरीकाले बुझ्नो मौका मिलाईदिन्छ र जीन्दगीमा अघि बढ्नको लागी योजना बनाउन सकिन्छ भनेर सम्भावना देखाईदिन्छ । मनोबिद्को कामनै सम्भावनाहरुको नपाकेको खानालाई प्लेटमा देखाईदिने हो । अब त्यो खाना पकाएर खाने नखाने तपाईको बिचार र निर्णय ।
राजनेता र मनोबिद्को काम पनि उस्तै हो , तपाई बुझनुस् । मनोबिद्ले सम्भावना देखाईदिने हो र राजनेताले त्यसमा काम गर्ने उर्जा दिने हो । यही कुरा चिकित्सा , मनोचिकित्सा , बिज्ञान , मनोबिज्ञान , देश बिकास , अर्थ राजनिती सबैमा लागु हुन्छ । तपाई तिर्खाउनु भएको छ भने कुवा तपाई आफैले नै खोज्ने या बनाउने हो ।
Therapies as such don't heal mental illness or correct behavioural problems. They just land you in a safe zone to understand and recreate yourself so that you can plan for future ahead.
We provide online psychosocial services. Connect- contact us through messenger.
Or you can email your concerns at: klubpsychology@gmail.com