यो कार्तुस भरीएको
बन्दुक काँधमा भिरेर होईन मसी भरीएको कलम छातीमा भिरेर समृद्धिको खाका कोर्न लम्कने समय र मौका हो । शिक्षामा लगानीनै अब
हाम्रो पहिलो प्राथमिकताको हुनुपर्छ ।
बिभिन्न देशहरुले जसरी
अनिवार्य सैनिक तालीमको प्रवाधान राखेका छन् , जुन न त नेपालीका
लागी आवश्यक छ न त उपयोगी , त्यसको साटो नेपालमा
अनिवार्य शिक्षादानको प्रवाधान राख्नुपर्छ र १२ कक्षा पास गरेका हुन् या १६ कक्षा
पास गरेका या १८ कक्षा पास गरेकालाई जो कोहि सक्षम - सबल नेपालीलाई एउटा
छोटो अभिमुखीकरण तालीम दिएर , जीवनमा एक पटक , ६
महिलनाको लागी मात्र नै भए पनि आफुले जानेको कुरा सिकाउन देशका बिभिन्न ठाउँहरु
पठाउनुपर्छ ।
यो प्रवाधानले एक त
शिक्षामा चाहिने बित्तिय तथा लजिष्टि (कर्मचारिहरू र समानको व्यवस्था तथा
ओसारपसार) लगानी घटाउन मद्दत गर्छ भने सामान्य ज्ञान केन्द्रित हाम्रो शिक्षालाई
हटाएर समाधान उन्मुख शिक्षा स्थापना गर्न मद्दत गर्छ किनकी आफुले आर्जन गरेका शिप र शिक्षालाई यी युवा मनहरुले प्रयोगमा ल्याउने ठाउँ पाउनेनै छन् र सुधार गर्ने चेष्टा गर्नेनै छन्।
ताजा रुपमा शिक्षित
ताजा मनले समय सान्दिर्भिक परीवर्तन र शिप हस्तान्तरण गर्छनै यो प्रवाधानले भोलीका
दिनहरुका लागी चाहिने साझेदारीको निमार्णमा पनि सहयोग गर्छ । यस बाहेक यो देशका
बिबिधता र सुन्दरताहरुलाई बुझ्ने र आनन्द लिने सुर्वण मौका पनि हो । जसले देश
बुझ्छ त्यसले देश बनाउँछ पनि ।
यस बाहेक नेपाली मनमा
शिक्षाका मार्फत ईमान्दारी र करुणा अझ सुधृढ र समृद्ध
गर्न सकियो भने चलिरहेको यो २१ औं शताब्दीका कुनै पनि चुनौतीहरु सामाना गर्न
नेपाली तन , मन र नेपालीपन तयार रहनेछ ।
सरकार र सम्बद्ध
निकायहरुलाई घच्घचाउने पालो अब हाम्रो हो ।
फेरी
पनि नयाँ बर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना ।
#HappyNewYear2075
जय
शम्भो ,
जय
नेपाल ।
#ProsperityWithPenNotWithGun #TheGreatestJoyComesFromGivingBackToTheSociety
No comments:
Post a Comment
Please don't attach pop- up and advertisements links to the comments.