Friday, December 29, 2017

मानसिक स्वास्थ्य समस्या: पहिचान – निदान, समाधान र मनोपरामर्षका

तपाईलाई मानसिक स्वास्थ्य समस्या – रोग छन् भने पहिचान – निदान, समाधान र मनोपरामर्षका लागी सम्पर्क गर्नुहोस्।

सेतोघोडा मनोसामाजीक सेवा
हामी कुनै पनि रोगको लक्षणलाई मात्र निको गराउने सोचले उपचार गर्दैनौ र लक्षणहरुलाई मात्र रोग मान्दैनौ । हरेक समस्याहरुको आ – आफनै जैबिक , ब्यक्तिगत , पारीवारीक , सामुदायीक , आर्थीक, सामाजीक, राजनैतिक , साँस्कृतीक – धार्मीक , भौगोलीक , एैतिहासीक , अध्यात्मीक कारणहरु हुन्छन् र ति पाटाहरुको सम्रग समाधान हाम्रो ध्येय हुनेछ ।
भनौ न शारीरीक – मानसिक – अध्यात्मीक चेतना एउटा मानसीक शरीरमा प्रवाह हुने हो , एउटा मान्छेको दैनिक जीन्दगी उत्साहपूर्ण हुने हो र उसले परीवार , समाज र राष्ट्र«लाई पनि यथासक्य योगदान दिन सक्ने र आफुलाइ हेरचाह गर्न सक्ने हो भने हामी त्यो परीस्थीतिलाई रोगबाट आरोग्यता तर्फर्को यात्रा भन्छौ । यस मानेमा मानसीक स्वास्थ्यतर्फ डोर्याउने हामी मार्गदर्शक हौं ।
रोग लागेको थाहा पाएर पनि उपचारमा ढिलो गर्नु या रोगलाई आफैले नियन्त्रणमा राख्न सक्छु भन्ने भुल गर्दा रोग अझ जटील हुन जान्छ र रोगले नच्यापेका पाटाहरु पनि संक्रमित हुन जान्छन् । आखीर एउटा मनोचिकित्सक र मनोबिद्ले पनि जीन्दगीको कुनै स्वास्थ्य पाटोको फेरोलाई समातेरनै उपचारको शीलशीला अगाडी बढाउने हो । ढिलो आउनुहन्छ , तपाईलाई उपचारमा अझ धेरै समय, शक्ति र अर्थ लाग्नेछ ।
र हरेक मानसिक समस्याहरु मानसीक रोग होईनन् ।
मानसीक समस्याहरु जीन्दगी प्रतिको प्रतिकृयाहरु हुन भने बिभिन्न मानसिक लक्षणहरुको घम्साघम्सीमा चेतना – बिवेक निश्कृय , क्षीण र शुन्य हुँदै जानुर दैनिक जीवन ठप्प हुनु मानसिक रोग हो ।
नेपालको सन्दर्भमा अहिले ४ जनामा १ जनालाई मानसीक समस्या हुन सक्छ तर जीन्दगीको कुनै नै कुनै बर्षहरुमा सबैलेनै मानसीक समस्या भोगेका हुन्छन् नै ।
यी १० जना मानसीक समस्या ग्रस्त मध्येका एक जनालाई मानसीक रोग हुन सक्छ ।
तर एउटा कुरा पक्का हो – उपचार गरे मानसिक रोक निको हुन्छ ।
अब निम्न केहि साझा लक्षणहरु पनि तपाईको मानसीक स्वास्थ्यलाई प्रतिकुल बनाउन आईरहेका छन् भने हामीसँग सम्पर्कमा आउनुहोस् ।
अनलाईन मार्फत दुर चिकित्साको सेवा सुबिधा पनि हामी दिन्छौं । म्यासेन्जरबाट सम्पर्कमा आउनुहोस् ।

लक्षणहरु –
१) हतासा – निराशाले कस्दै जानु र देनिक जीन्दगीबाट रुची हटेर अझै कठिन हुँदै जानु । जीन्दगीको अर्थ खोज्दै जाँदा ब्यर्थ देख्नु ।
२) अैकला – लैला – छोइलाको साहारामा जीन्दगीलाई छोड्न खोज्नु । आशक्ति र मोह बढेर जानु । हुन त दुब्र्यशनले निम्तयाउने मानसिक लक्षणहरुको कारणले यसलाई (र घरायसी कलहलाई पनि ) पनि मानसीक रोगको दर्जामा राखीएको छ तर यो धेरै हद सम्म बानी हो र बानी उल्ट्याउन र सुधार्न मिल्छ । अनि जीन्दगीलाई समेट्ने स्वस्थ्य बानीहरु सिक्न मिल्छ ।
३) आफन्तको मृत्युपछि शोक स्वाभावीक तर ब्यक्तिगत हो । तर जब यो अनियन्त्रित भएर रोइलोको रुपमा जीन्दगीका हरेक पाटाहरु अनियन्त्रीत गर्न थाल्छ , यो समस्या मानसीक हुन जान्छ ।
४) बितेको समयले बर्तमान र भविश्यलाई छरपष्ट गरीदिनु । अतितका घटना , दुर्घटना बल्झिएर मानसपटलमा आउनु , जीन्दगीलाई एउटै लहरमा लिएर जान नसक्नु , आत्मबिश्वासको कमि भएर लक्ष्यलाई निरन्तर रुपमा पछ्याउन नसक्नु र सफलताको लागी पर्याप्त कार्य गर्न नसक्नु । आखीर जीन्दगी परीवर्तन भईरहने निशाना त हो नि ।
Life is a Moving target!
५) जीन्दगीका समस्याहरुसँग तर्कने । सम्पूर्ण समाधान खोज्ने भन्दा पनि घाउ बल्झने गरेरनै काप्रो बाँधेर छोडिदिने । हालको भाषामा भनौं न – जीन्दगी ल्याङ – ल्याङ हुनु ।
मानसिक रोगका यी मात्र लक्षणहरु होइनन् है , हेक्का राख्नुस् ।
तपाईले यहाँ जानेका र सीकेका कुराहरु अरु समक्ष पनि पुर्याउनु हुनेछ भनेर आशा गर्दछौं यसकारण पनि कि रोग सम्बन्धी सचेतना आफैमा पहिले र प्रभावकारी प्राथमीक उपचार साथसाथै रोकथाम पनि हो ।
))))))))))))))))))))))))))))))))))))))))
एउटा बिरामी के कुराको आशा लिएर मनोबिद्को क्लिनीक धाउने ?
तपाईका केही खास बिशेष गुँणहरु , समस्या माथी काम गर्ने आगाध चहनालाई प्रेरीत गराउन चाहनुहुन्छ भने र आफ्नो समस्या माथी आफ्नै चाँजोपाँजोमा काम गर्न चाहनुहुन्छ भने मात्र आउनुहोस् हाम्रो सम्पर्कमा । तपाईले दिने प्रयास ८० प्रतिशतको हो भने हामी थेरापिस्ट र मनोबिद्ले दिने २० प्रतिशतको मात्र र त्यो पनि शुरुवातमा । तीन देखी लिएर १२ पटकसम्म हाम्रो भेटघाट हुन पर्छनै रोग सम्बन्धी निर्कयोलमा पुग्न र एउटा ब्यवस्थीत उपचार पद्दति स्थापना गर्न ।
आफ्नो समस्याको पांग्रो तपाई आफैले नै घुमाउनुपर्छ र अनि सफल भईन्छ जीन्दगीलाई एक कदम अघि बढाउन । जीन्दगीलाई अगाडी बढाउनुनै मानसीक रोगमाथीको पहिलो आक्रमण , लक्ष्य र खुड्कीलो पनि हो ।
मनोबिद् या थेरापिष्टले तपाईको समस्याको समाधान गर्दैन या तपाईलाई ठिक ठिक बनाईदिने काम । उ मात्र तपाइलाई एक सुरक्षित बाताबरणमा आफ्नो समस्याको पोको खोल्ने मौका दिन्छ , आफुलाई सृजनात्मक तरीकाले बुझ्नो मौका मिलाईदिन्छ र जीन्दगीमा अघि बढ्नको लागी योजना बनाउन सकिन्छ भनेर सम्भावना देखाईदिन्छ । मनोबिद्को कामनै सम्भावनाहरुको नपाकेको खानालाई प्लेटमा देखाईदिने हो । अब त्यो खाना पकाएर खाने नखाने तपाईको बिचार र निर्णय ।
राजनेता र मनोबिद्को काम पनि उस्तै हो , तपाई बुझनुस् । मनोबिद्ले सम्भावना देखाईदिने हो र राजनेताले त्यसमा काम गर्ने उर्जा दिने हो । यही कुरा चिकित्सा , मनोचिकित्सा , बिज्ञान , मनोबिज्ञान , देश बिकास , अर्थ राजनिती सबैमा लागु हुन्छ । तपाई तिर्खाउनु भएको छ भने कुवा तपाई आफैले नै खोज्ने या बनाउने हो ।
Therapies as such don't heal mental illness or correct behavioural problems. They just land you in a safe zone to understand and recreate yourself so that you can plan for future ahead.
We provide online psychosocial services. Connect- contact us through messenger.
Or you can email your concerns at: klubpsychology@gmail.com

Thursday, November 23, 2017

एउटा बिरामी के कुराको आशा लिएर मनोबिद्को क्लिनीक धाउने ?


तपाईका केही खास बिशेष गुँणहरु , समस्या माथी काम गर्ने आगाध चहनालाई प्रेरीत गराउन चाहनुहुन्छ भने र आफ्नो समस्या माथी आफ्नै चाँजोपाँजोमा काम गर्न चाहनुहुन्छ भने मात्र आउनुहोस् हाम्रो सम्पर्कमा । तपाईले दिने प्रयास ८० प्रतिशतको हो भने हामी थेरापिस्ट र मनोबिद्ले दिने २० प्रतिशतको मात्र र त्यो पनि शुरुवातमा । आफ्नो समस्याको पांग्रो तपाई आफैले नै घुमाउनुपर्छ र अनि सफल भईन्छ जीन्दगीलाई एक कदम अघि बढाउन ।
जीन्दगीलाई अगाडी बढाउनुनै मानसीक रोगमाथीको पहिलो आक्रमण , लक्ष्य र खुड्कीलो पनि हो ।
मनोबिद् या थेरापिष्टले तपाईको समस्याको समाधान गर्दैन या तपाईलाई ठिक ठिक बनाईदिने काम । उ मात्र तपाइलाई एक सुरक्षित बाताबरणमा आफ्नो समस्याको पोको खोल्ने मौका दिन्छ , आफुलाई सृजनात्मक तरीकाले बुझ्नो मौका मिलाईदिन्छ र जीन्दगीमा अघि बढ्नको लागी योजना बनाउन सकिन्छ भनेर सम्भावना देखाईदिन्छ । मनोबिद्को कामनै सम्भावनहरुको नपाकेको खानालाई प्लेटमा देखाईदिने हो । अब त्यो खाना पकाएर खाने नखाने तपाईको बिचार र निर्णय ।
राजनेता र मनोबिद्को काम उस्तै हो तपाई बुझनुस् । मनोबिद्ले सम्भावना देखाईदिने हो र राजनेताले त्यसमा काम गर्ने उर्जा दिने हो ।
यही कुरा चिकित्सा , मनोचिकित्सा , बिज्ञान , मनोबिज्ञान , देश बिकास , अर्थ राजनिती सबैमा लागु हुन्छ । तपाई तिर्खाउनु भएको छ भने कुवा तपाईले आफैले खोज्ने या बनाउने हो ।
राज बश्याल : The Psychosocial Engineer
www.facebook.com/classicejunkie

Thursday, October 19, 2017

About Insomnia and it's prevention and management: अनिन्द्रा र त्यसका समाधानका उपायहरु




नमस्कार साथीभाई , शभुचिन्तक र सरोकारवालाहरु । सर्वप्रथम त शुभ तिहार ।

हामीलाई धेरै सरोकारवालाहरु र शुभचिन्तकहरुले सोध्ने प्रश्न हो , निन्द्रा किन लाग्दैन र लगाउने उपाय के के छन् ।

आधुनिक युगको एउटा ठूलो समस्या हो निन्द्रा । अझ कामकाजी, मध्यम र उच्च मध्यम बर्गका मान्छेमा त यो समस्या एकदमै तड्कारो भईरहेको छ  ( ठुलै समस्याको रुपमा देखा परीरहेको छ)  । रोग , भोक, शोक, तृष्णा , तनाब ल्याएको छटपटी र चिन्ताले उद्देलीत मन आदि बिभिन्न कारणहरुले निन्द्राको समस्या आउँछ ।

अस्वस्थ शरीर र मन , आरामको समय स्पस्ट नहुनु र आरामको कमि हुन, कामको चटारोले गर्दा सुत्ने समयमा गडबडी , थकानयुक्त यात्रा गरीरहनुपर्ने बाध्यता , साँझको खानामा पोषणहरुको कमी ,उषाकाल पछि धेरै खाना खानु, चिल्लो र बोसोयुक्त खानाको सेवन ,मनलाई उद्देलीत बनाउने खालाका टिभि कार्यक्रमहरु अबेरसम्म हेर्नु र त्यहाँबाट निस्कने र प्रकाश र बिकिरणमा उजागर भईरहनु , आदि इत्यादीले पनि तपाईको जैबीक ताल या बायोलोजीकल रीदममा असर गर्दछ जसका कारण निन्द्रा लाग्दैन ।

अनिन्द्राले निम्तयाउने मुटुरोग , चिनीरोग , अवशाद (डिप्रेशन) , ढाड दुख्ने समस्या, पेटको गडबडीे बाट हुने अल्सर, क्यान्सर त छँदै छ यसले तपाईको प्रतिरक्षा प्रणलीमा प्रत्यक्ष प्रभाव पार्दछ  जसका कारण तपाईलाई बिभिन्न रोगहरुले सताईनै रहन्छ र उपचार गर्दा निको हुँदैन । तपाईहरुको ब्यवसायीक दिनचर्यालाई त अनिन्द्राले असर गर्नेनै भयो । स्मरण क्षय हनु , ध्यानको कमी हुनु र भावनात्मक रुपमा अस्थीर रहनु पनि अनिन्द्राका प्रभावहरु हुन् ।

बुँदागत रुपमा तल दिईएका सामान्य उपायहरुलाई तपाईले आफ्नो जीन्दगीमा लागु गर्न सक्नु भो भने निन्द्राको समस्या धेरै हदसम्म हटेर जान्छ । यहाँ हामीले निन्द्रा लगाउन के खाने र के गर्ने भन्दा पनि कसरी यो समस्यालाई रोकथाम र ब्यवस्थापन गर्ने भन्नेबारे ज्यादा सरोकार राख्दै त्यसैमा निहित भएर छलफल गछौं ।

निन्द्राको सम्बन्ध हाम्रो खानपानसँग पनि हुने हुनाले, निन्द्रा र पाचन प्रणालीलाई - प्रकियालाई सँग सँगै लिएर जानुपर्ने हुन्छ । तर तपाईको निन्द्राको समस्या अरु दिर्घकालीन मानसीक या शरीरीक समस्याको उपज हो भने तपाईले चिकित्सक या मनोचिकित्सक सँग भेट्नै पर्ने हुन्छ ।

१) यदि तपाईले सुर्यास्त अघि खाना या आसपासमा खानु भयो भने त्यो स्वास्थ्यको लागी त लाभपूर्ण हुन्छ नै र निन्द्राको लागी पनि सहयोग सिद्ध ।  सुर्यको प्रकाशममा हाम्रो पाचन स्वाभीक र सकृय हुन्छ किटाँडुहरुको संक्रमणबाट पनि सरुक्षित हुन्छ । साँझपछिको खाना नपच्ने हुनाले कुहिने र बिभिन्न बायुबिकारहरु निस्कने गर्दछन् । खाना खाएको डेढ घण्टा भित्र सुत्नु नै अति उत्तम बिकल्प हो ।

२) खानासँगै या खाना खानुभन्दा ३० मिनेट अगाडी हल्का नुन छर्केर यथेष्ट सलाद खाने किनकी त्यसले पाचन र निष्कासनलाई सहज बनाईदिन्छ । दिनमा ५ पटक सम्म खाने र थोरै थौरै गरेर खाने । बुझनुपर्ने कुरा के छ भने अम्लीय बायु भरीएको पेटले निदाउँन दिंदैन ।

३) हप्तामा एक दिन फलाहार ब्रत बस्ने । त्यसले तपाईको पाचन , निष्कासन र रक्त प्रभावह सबैले स्वतस्फुर्त र दु्रत बाईदिन्छ र हाम्रो शरीरीक प्रकृयाको सरसफाई पनि गरीदिन्छ । ३ छाक फलाहार खाना , ३ - ४ दिनसम्म खानाले तपाईमा पेट कब्जियत मुक्त भएर जान्छ र यसले निन्द्रामा मद्दत गर्छ ।

४) साँझ पखको खानामा  चिल्लो  , अमीलो , गुलीयो धेरै नखाने । चुरोट , रक्सी र मासु त साँझको खानामा अनिन्द्राका रोगीहरुले नखानु नै बेस किनकी त्यसले हाम्रो मस्तीष्कलाई उत्तेजीतज बनाईराख्छ , पचाउन गाह्रो हुन्छ  र हामी निदाउन सक्दैनौ । सजीलै पचाउन सकिने प्रोटीन जस्तै कि मुंग दाल र फलफुल तरकारीको सलाद भयो भने निन्द्रा लाग्न मद्दत गर्छ । जति मिठो खाना उति मिठो निन्द्रा तर मिठो खाना भनेको मसलादार र तैलीय खाना भने होइन । माछा मासु साँझको खानामा जरुरी छ भने हल्का नुन र मरीचसँग साँधेर पोलेर खाने या उसीनेर खाने । तेलमा भुटेका खानाहरु सक्दो नखाँदा बेस ।

५) सुत्नु अगाडी दाँत माझ्ने , शौच गर्ने र २ मिनेटका लागी गोमुखासन भने आसनमा बस्ने । मनतातो दुधमा एक चम्चा मह मिसाएर पिउनाले पनि निन्द्रामा मद्दत गर्छ । मनतातो पानीमा पकाईएको केरामा जीरा छर्केर खानाले पनि निन्द्रामा त सहयोग गर्छ नै साथसाथै पेटलाई सफ पनि गरीदिन्छ ।

६) खुट्टाको बुढी औंलामा साहाराले दई मिनेट हिंड्ने या ज्ञान मुदा्रमा बस्नाले पनि निन्द्रामा सहजता आउँछ ।

७) दिनहूँ जसो कसरत गर्नाले या खाना खाएपछि १५ मिनेट हिंडनाले पनि निदाउन सजीलो हुन्छ ।

८) खाटमा पल्टएिर निदाउनु अगाडी न्युनतम १५ मिनेटको समय लाग्छ नै जसलाई तपाईले आफ्नो आजको दैनीकी पुर्नमुल्याकंन गर्न प्रयोग गर्न सक्नुहुन्छ या मात्र मन्द संगीत सून्न सक्नुहुन्छ या १०० देखी उल्टो गरेर गन्न सक्नुहुन्छ  जसले तपाईलाई पक्कैनै निदाउन मद्दत गर्छ । कसै कसैलाई खाटमा पल्टीएर किताब पढ्नाले पनि निदाउन सजीलो हुने थाहा हुन आएको छ ।

८) योग , प्राणायमा , आसन  बिशेषत सुर्य नमस्कार र सकरात्मक जीवनशैलीले पनि अनिन्द्रा हटाउन मद्दत गर्छछ ।

लक्ष्मीले दिएको समृद्धि तपाईले स्वास्थ्यमा लगाउन सक्नुहोस ।
उज्यालो - स्वास्थय नेपालको कामना , गाई पूजा , लक्ष्मी पूजा र दिपावलीको शुभकामना ।

फेरी पनि शुभ दिपावली , शुभ आशीर्बाद ।

))))))))))))))))))))))))))))))))))))))))

References:
Curing #piles the yogic way!
http://www.woyoso.org/Piles.html

Treating insomnia!
https://www.completenaturecure.com/insomnia-cures-and-treatmentyoga/

The rationale behind the need to eat before the #sunset!
http://www.tattvagyan.com/science/scientific-reasons-avoid-food-night/

About Insomnia and it's prevention and management: अनिन्द्रा र त्यसका समाधानका उपायहरु

Tuesday, October 10, 2017

बिश्व मानसिक स्वास्थ्य दिवस र कार्यस्थलको मानसिक स्वास्थ्यको सान्दर्भिकता


बिश्व मानसिक स्वास्थ्य दिवसको शुभकामना । कार्यस्थलको मानसिक स्वास्थ्य सुढृढ गरौं , आरोग्यता थपौं , कामलाई अझ उत्पादनशील बनाउँ र  समृद्धि तर्फ लम्कौंं ।

कार्यस्थलमा आरोग्यता थप्ने तथा कामदार कर्मचारीहरुको उत्पादनशीलता र क्षमता बढाउने , तर कसरी <

कार्यस्थलको मानसीक स्वास्थ्य भनेको बिभिन्न बिकारहरुको पहिचान र उपचार मात्र होईनकी सारा ब्यवस्थाको समृद्धि तर्फको साझा फड्कोको प्रारुप तयार गर्नु हो ।
बँदागत रुपमा तथ्य थाहा पाउने र समधानहरु खोज्ने प्रयास गरौं र यो कुराकानीलाई एक अन्तरक्रियाको रुपमा लिएर जाउँ ।

१) यो बिषयमा मानसीक स्वास्थ्यसँगै शारीरीक स्वास्थयलाई पनि लिएर जानुपर्छ किनकी शारीरीक आरोग्यता बिना मानसीक आरोग्यता अपुर्ण हुन जान्छ । यस बाहेक समुदाय र ब्यक्ति बिशेषको को आर्थीक, सामाजीक र साँस्कृतीक स्थीतिले पनि कार्यस्थलको आरोग्यतामा धेरैनै प्रभाव राख्दछ ।

२) कार्यस्थलमा भएका मानसीक , शारीरीक र ब्यवस्थापन जन्य समस्याहरु के के हुन् जान्ने । तनाब र चिन्ताजन्य कुन कुन बिकारले कामदारहरुलाई गाँजीरहेको छ र त्यसलाई उनीहरुले कसरी सामना र ब्यवस्थापन गरीरहेका छन् बुझने । के तपाईका कामदारहरुलाई कार्यस्थलको मानसीक समस्याहरुको बारेमा जानकारी र सचेतना छ त ? र छैन भने जानकारीमा ल्याउने ।

कार्यस्थलको तनाबनै काम माथीको सबैभन्दा ठुलो बाधा हो भन्ने बारे सचेतना फैलाउने । यसलाई समाधान गर्न कार्यस्थलमा के के कुराको आवश्यकता , पहुँच र ब्यवस्था छ , जान्ने । संस्थामा उपलब्ध भएका प्राथमीक र अत्यावश्यक मनोबैज्ञानीक उपायहरुको एक जाँच सुची बनाउन लगाउने र नभएका श्रोतहरु जुटाउन तर्फ लाग्ने । समस्या बिरुद्धका सहयोगर श्रोतहरुलाई कसरी सुचारु गर्न सकिन्छ र समान पहँुचमा लग्न सकिन्छ भन्ने बारे प्रारुपहरु तयार पार्ने । एउटा मानसीक स्वास्थय डेक्समा लागनी गर्दा के नै खर्च होला , बरु समस्या माथीको काम छिटो होलार समाधानहरु निस्केलान् ।

३ं) घरको समस्या कार्यस्थलमा र कार्यस्थलको समस्या घरमा लैजाने को को छन् ? ति समस्याहरु के के हुन् बुझ्ने ।

मदिरापान या अन्य दुब्र्यषनले गर्दा कति उत्पादनशील समय अनाहकमा खर्च भएको छ , बिवरण बनाउन सकिन्छ । कार्यस्थलमा ढिलो आउने, गयल हुने , अवसाद डिप्रेशनले ग्रस्त , कम क्रियाशीलता भएका को को छन् , बुझने । यो प्रक्रिया उनीहरुलाई कामबाट निकाल्न या जीम्मेवारी बिमुख गर्ने आशयले होईन कि कामदारहरुलाई कसरी धेरै भन्दा धेरै मानसीक रुपमा सबल सक्षम बनाउन सकिन्छ भन्ने हेतुले गरीएको हो भन्ने बारेमा स्पष्ट गर्ने । उनीहरुको साथ सहयोगमै यो कामलाई अगाडी बढाउने ।

कामदारहरु मानवीय संसाधन हुन् र उनीहरुको आवश्यकताको ख्याल गर्दै उनीहरुको क्षमतालाईनै उच्चतम प्रयोग गरेर कामको उत्पादनशीलता बढाउने हो र साथसाथै त्यहाँको आरोग्यता ।

कामको प्रकृती हरेर कामदाहरुको क्षमता अभिबृद्धि गर्न तालीम तथा पुरुस्कारको व्यवस्थाले एक तर्फ तपाईंहरुको ब्यवसायमा उनीहरुलाई टिकाई राख्छ  र साथसाथैनै त्यहीबाट उसको समस्त ब्यक्तित्व बिकासमा प्रभाव पार्छ । कर्मचारी समृद्ध हुनु संस्था समृद्धिउन्मोख अवस्था हो र यो कुरा बुझ्नु साह्रैनै जरुरी छ ।

यो बिषयलाई कामदारले भन्दा पनि काम अह्राउने र ब्यवसायका मालीकहरुले बुझ्नु ज्यादा महत्वपूर्ण देखीन्छ । कामदारहरुको मानसीक र शरीरीक स्वास्थ्मा गरेको खर्च , खर्च होइनकी लगानी हो र लगानीको प्रतिफल पक्कैनै आउँछ । कार्यस्थल यस्तो ठाउँ हो जहाँ बृहत उत्पादलशीलताका लागी सबैको उत्तिकै योगदान जरुरी हुन्छ र सबैले केही न केही जीत्नु पर्छ , लिनु दिनु पर्छ । यहाँ कोही हार्न पाईदैन ।

४ ) कामको प्रकृती हरेर ओजारहरुको निमार्ण र सम्पूर्ण आरोग्यतालाई प्रभाव पार्ने गरेर कार्यस्थलको प्रारुप निमार्णले काममा आईपर्ने बिभिन्न जोखीम, तनाब, झण्झट आदिलाई न्युन गर्न मद्दत गर्छ । कार्यलयको भित्ताहरुको रंग र कार्यस्थलको प्रारुपले कामप्रतिको ब्यग्रता या निराशालाई प्रभावपर्ने भएकाले रंग , ठाउँ र साजसज्जाको छनोटमा पनि बिषेश सावधानी अपनाउनु पर्ने हुन्छ । कडा रातो , कालो  र पहेंलो रंग भन्दा मध्यम उज्यालो खाले निलो , हरियो र बैजनी रंगहरुले कामदारहरुको मनको बौद्धिकता , सृजनशीलता र अध्यातीमकतामा सकरात्मक प्रभाव पार्न सक्छ र अन्त्यमा कार्यस्थ्लको उत्पादनशीलतामा ।

कार्यस्थलमा यथेष्ठ प्रकाश हुनु उत्तिकै जरुरी छ किनकी त्यसले मन र काम दुबैलाई उर्जाशील र उर्वर बनाउँछ । मन्द संगीतमा काम गर्नुको मजै अर्को छ । बिहानको खाना पछि १५ मिनेटको आरामाले काम गर्ने मन र हातहरुलाई अझ चंगा र प्रभावकारी बनाईदिन्छ । याद राखौं भाँचीएको , भत्किएको , ध्यान बिग्रिएको र छरपष्ट मनले गर्ने काम भन्दा पनि दुर्घटना हो । त्यसैले कार्यस्थ्लको सुरक्षा र निश्चिनतता कामदारको आरोग्यता जत्तिकै महत्वपूर्ण छन् ।

५) स्वास्थयका सवालमा एक संस्था भित्रका सबैको उत्तिकै साझेदारी , भागेदारी र हिस्षेदारी महत्वप्रर्ण हुन्छ । कसले के जीम्मेवारी लिने र कसले के योगदान दिने बारे सामुहिक छलफल गरेर निष्कर्ष निकाल्न सकिन्छ । प्रक्रिृयामा काम गर्दा धेरैै समस्याहरु सजीलै समाधान हुन्छन् । देखीएका र भेटीएका मनमुटाब र समस्याहरु माथी जति चाँडो हस्तछेप गर्यो समाधान उत्तिकै प्रभावकारी हुन्छ । कामदारहरुका बिभिन्न मानसीक समस्याले संस्थालईनै अपाङ्ग जस्तो बनाईरहेको हुन्छ जसले गर्दा पनि समस्याको छिटो पहिचान र अतिशिघ्र समाधन आवश्यक हुन्छ ।



६) काम लगाउने कामगर्ने बिचको र कामगर्नेहरु बिचको द्वन्द , प्रतिश्पर्दा र महत्वाकाङक्षाहरु राम्ररी ब्यवस्थापन हुन सके कार्यस्थलको आरोग्यता र कामदारको उत्पादनशीलता हव्त्तै बढेर जान्छ ।

कार्यलय र संस्थाका सबै श्रोतहरुको समुचित  उपभोग र सबै कामदारहरु बिच समान बितरण पहुँच भएन भने पनि कार्यस्थलमा द्वन्द बढेर जान्छ । संस्थाको नेतृत्व कसको हातमा छ भन्ने कुराले पनि कार्यलयस्थलको समाजीक सट्ट्टापट्टिलाई प्रभाव पार्छ । आफु मात्र अघि बढ्छु भन्ने नियतिले संस्थालाई त अघि बढाउन्न बढाउन्न कामको लागी अत्यावश्यक सहकार्यको संस्कृती क्षय गरीदिन्छ । द्वन्द प्रतिष्पर्दा मात्र गरेर पुरुस्कार जीत्ने हो कि साथसाथै हिंडेर आफुहरु पनि गन्तब्य सम्म पुग्ने र लक्षयलाई पनि प्राप्त गर्ने हो नेतृत्वले छुट्टाउन र सुल्झाउन सक्नुपर्ने हुन्छ ।

कर्मचारीहरु र काम बिचको बिभिन्न तहको सुचना , संवाद र आदान प्रदान प्रक्रियालाईसहज , शुलभ र ब्यवस्थीत गर्न सके संस्था भित्रको द्वन्द न्युनिकरण हुन्छनै र त्यसले कर्मचारीहरुको आरोग्यतामा दिर्घकालीन प्रभाव पार्छ । संस्थाको लागी म र मेरो लागी संस्था भन्ने भावना जगाउँछ ।

बिचारणीय कुरा के छ भने कामको माग चाप र कामका जोखीमहरुलाई कामदारहरुले सहि मध्यस्तामा राख्न नसके या पुरुष्कार , प्रोत्साहन , पारितोषिक र क्षतिपूर्तिहरुको सहि बाँडफाँड हुन नसके कार्यजन्य तनाब बढेर जान्छ जसले कामदारको कार्य क्षमता , उत्पादनशीलता र आरोग्यतामा सोझै नकरात्मक प्रभाव पार्छ । आफ्नो कामको बारेमा स्वतन्त्र निर्णय गर्न सकिने परीपाटीमा एक कर्मचारीले धेरैनै तनाब पनि बहन गर्न सक्ने र उत्पादनशीलता पनि बढेर गएको देखीएको छ ।

निष्कर्ष यो हो कि संस्था भित्रका सबै किसीमका ब्यवस्थापनहरु चुस्त दुरुष्त भए कार्यस्थलको द्वन्द तनाब हटेर घटेर जान्छ , आरोग्यताका साथसाथै उत्पादनशीलता पनि बढेर आउँछ । यो सबै प्रक्रियामा नेतृत्वको अहम् भुमिका हुन्छ र उसले आफुलाई त्यही अनुसार तयार गर्नु आवश्य हुन्छ र कर्मचारी , ब्यवस्थापन र सबैतिरबाट सहयोग माग्न उ हिच्किचाउनु हुँदैन ।

फेरी पनि मानसीक स्जास्थ्य दिवस २०१७ को हार्दिक शुभकामना ।

समृद्धि तर्फको हाम्रो यात्रा निरन्तर रहिरहोस् ।

शुभ आर्शीबाद , शुभकामना ।


Best wishes on the World Mental Health Day 2017. Let's prosper the mental health, wellness and productivity at the workplace and leap towards prosperity.
This year's slogan for the celebration is 'Mental Health at Workplace' which has been discussed here point to fact to solution.
Mental Health at workplace is not all about detecting and treating the symptoms of stress, anxiety, depression and bipolar disorders at the work-sphere but more about designing a common leap for prosperity.


Discourse by Raj Basyal
राज बश्याल
मनोबिद्, अध्यापक ।

Thursday, September 21, 2017

भावनात्मक खवाई के हो? What is emotional eating?



भावनात्मक खवाई के हो? What is emotional eating?

भोकको कारणले भन्दा पनि बिभिन्न मानसीक र भावनात्मक कारणले या खानामा यथेष्ट पोषक तत्वको अभावले चाहीने भन्दा ज्यादा खानुपर्ने समस्या या बिकारलाई भावनात्मक खवाई भन्छन् । यसका आफ्नै कारणहरु , लक्षणहरु र उपाय उपचारहरु छन् ।

भावनात्मक खवाई जस्तै भावनात्मक र्दुब्यसन पनि हुन्छ , जस्तो कि वाक्ने गरेर मध्यपान गर्ने लत । यसको बारेमा अरु कुनै दिन चर्चा परीचर्चा गरौंला ।

जब तपाईको खानामा येथेष्ट र महत्वपूर्ण पोषण तत्वको कमि हुनजान्छ तब शरीरले दिमागलाई एउटा सन्देश पठाउँछ । तर तपाईको मुड या भावनै यस्तो हुन्छ कि तपाई गलत खाना समात्नुहुन्छ जस्तो कि धेरै गुलीयो या नुन ज्यादा भएको आरामदायी र जंक खानाहरु जसले तपाईको मुडलाई केही थामथेग त गर्ला तर पोषण दिंदैन । अनि पोषणको कमिमा तपाई अनियन्त्रीत या अझ धेरै खान थाल्नुहुन्छ । यो खाना खवाईमा तपाईको बानी पर्न थाल्छ जान्छ ।

भावनात्मक खवाइको मानसीक कारणले बिकारको गतिबिधिमा धेरैनै महत्व राख्दछ । तपाईको मनमा निरन्तर नकारात्मक या ब्यथीत सोचहरु आईरहेका छन् ।
यसको मुख्य कारण तपाईको हालको समय र समस्याहरु या अतितमा घटेका घटनाहरु र दुब्र्यबहारहरु हुन सक्छन जस्तो कि यौन दुब्यवहारहरु , आर्थीक, सामाजीक र भावनात्मक रुपमा बेवस्था भएको निकर््यौल, यौनको अपर्यपतता , आदी । यस समस्याहरुबाट आएको तवनाबहरुको निराकरण तपाई खानाको मार्फत खोज्नुहुन्छ भने निश्चयनै तपाई भावनात्मक खवाईको समस्यामा पर्नुहून्छ या पर्नुभएको छ ।

यो पनि बुझ्नुस् कि भावना खाना खवाईको एक महत्वपूर्ण पाटो हो । मिठो, बास्नादार र प्रेमले पस्कीएको खाना तपाई निश्चयनै अलि धेरैनै खानुहुन्छ । तर तपाई आफ्ना समस्याहरु नजरअन्दाज गर्छु भनेर या गर्न वाक्ने गरेर या अपच हुनेगरी खानुहुन्छ भने त्यो समस्या हो । यो समस्याका ब्यक्तिपिच्छेका कारणहरु र पाटाहरु पनि छन् ।

तपाईले हेक्का गर्नुपर्ने कुरा के छ भने खानाको सिधै सम्बन्ध हाम्रो तौलसँग जोडीन्छ र तौल बढ्नु भनेको मुटुरोग , स्वासप्रस्वासमा समस्या , चिनीरोग आदीको घर आफ्नो शरीरलाई बनाउनु हो । खाना पछिको तपाईको सुस्त शारीरीक लयले तपाईलाई आफ्ना काम र कर्महरु गर्न पनि दिेने छैनर यो तपाईको आर्थीक सामाजीक पाटोमा गएर जोडीने छ ।

एउटा मान्छेले बुझेको पहिलो मन्दीरनै आफ्नो शरीर हो र यसैको पूजा पहिले हुनुपर्छ । नेवारी संस्कारमा भएको म्ह पूजा पनि यस्तो समाधान अन्तर्गतको रीति नै हो ।

यो समस्यालाई समाधान गर्न तपाईले सबैभन्दा पहिले आफ्नो बुझाईमा परीवर्तन ल्याउनु पर्ने छ । खानालाई सम्बन्ध र भावसँग सकेसम्म नजोडौं । यसलाई पोषण , स्वाद , रंग , गन्ध र स्वास्थ्यसँग ज्यादा जोडौं । खानाको पनि एउटा मनोबिज्ञान हुन्छ । यसलाई हेरेर, हेक्का राखेर , बुझेर मात्र ग्रहण गारौ । बिबेकशील भएर हामी के का लागी खाँदै छौ , पहिला बुझौं अनि थाल अघि सारौ ।

आफ्ना तनाबहरु सहि तरीकाले ब्यवस्थापन गरौं । आफ्ना समस्याहरु आमने सामने भएर नै लडौं । हामी सृजनशील बन्न मात्र सक्यौं भने पनि नकरात्मक मनलाई उर्जाशील बनाएर नियन्त्रणमा ल्याउन सकिन्छ । चाहे भोज भतेर होस् या सामाजीक भेटघाट , आफुलाई ठिक्क पुग्ने मात्र लिउँ र खाउँ । खानामा ईश्वरको बास हुन्छ , यसलाई नफँ्याकौं ।

दशैं आएको छ , यो त धानलाई ईश्वर समकक्ष राखेर पुज्ने पर्व हो । खाना र यस पर्वको अन्तरसम्बन्ध बुझौं । शुभ आशीर्बाद , शुभ बिजया ।

निम्न लिनित Link बाट पनि तपाईले जानकारी लिन सक्नुहुन्छ - https://www.youtube.com/watch?v=1f92tt0org8

यस समस्याबारे केही मनोपरामर्ष लिन चाहनुहुन्छ या मनमा लागेका प्रश्नहरु राख्न चाहनुहुन्छ भने हाम्रो सामुहिक च्याटमा पनि आउन सक्नुहुनेछ । काठमाडौं उपत्यकामानै हुनुहुन्छ भने अरु सेवा सुबिधा पनि उपलब्ध गराईन्छ । निम्न ईमेलामा पत्रचार पनि गर्न सक्नुहुनेछ ।

Facebook @ सेतोघोडा मनोसामाजीक सेवा