Tuesday, October 10, 2017

बिश्व मानसिक स्वास्थ्य दिवस र कार्यस्थलको मानसिक स्वास्थ्यको सान्दर्भिकता


बिश्व मानसिक स्वास्थ्य दिवसको शुभकामना । कार्यस्थलको मानसिक स्वास्थ्य सुढृढ गरौं , आरोग्यता थपौं , कामलाई अझ उत्पादनशील बनाउँ र  समृद्धि तर्फ लम्कौंं ।

कार्यस्थलमा आरोग्यता थप्ने तथा कामदार कर्मचारीहरुको उत्पादनशीलता र क्षमता बढाउने , तर कसरी <

कार्यस्थलको मानसीक स्वास्थ्य भनेको बिभिन्न बिकारहरुको पहिचान र उपचार मात्र होईनकी सारा ब्यवस्थाको समृद्धि तर्फको साझा फड्कोको प्रारुप तयार गर्नु हो ।
बँदागत रुपमा तथ्य थाहा पाउने र समधानहरु खोज्ने प्रयास गरौं र यो कुराकानीलाई एक अन्तरक्रियाको रुपमा लिएर जाउँ ।

१) यो बिषयमा मानसीक स्वास्थ्यसँगै शारीरीक स्वास्थयलाई पनि लिएर जानुपर्छ किनकी शारीरीक आरोग्यता बिना मानसीक आरोग्यता अपुर्ण हुन जान्छ । यस बाहेक समुदाय र ब्यक्ति बिशेषको को आर्थीक, सामाजीक र साँस्कृतीक स्थीतिले पनि कार्यस्थलको आरोग्यतामा धेरैनै प्रभाव राख्दछ ।

२) कार्यस्थलमा भएका मानसीक , शारीरीक र ब्यवस्थापन जन्य समस्याहरु के के हुन् जान्ने । तनाब र चिन्ताजन्य कुन कुन बिकारले कामदारहरुलाई गाँजीरहेको छ र त्यसलाई उनीहरुले कसरी सामना र ब्यवस्थापन गरीरहेका छन् बुझने । के तपाईका कामदारहरुलाई कार्यस्थलको मानसीक समस्याहरुको बारेमा जानकारी र सचेतना छ त ? र छैन भने जानकारीमा ल्याउने ।

कार्यस्थलको तनाबनै काम माथीको सबैभन्दा ठुलो बाधा हो भन्ने बारे सचेतना फैलाउने । यसलाई समाधान गर्न कार्यस्थलमा के के कुराको आवश्यकता , पहुँच र ब्यवस्था छ , जान्ने । संस्थामा उपलब्ध भएका प्राथमीक र अत्यावश्यक मनोबैज्ञानीक उपायहरुको एक जाँच सुची बनाउन लगाउने र नभएका श्रोतहरु जुटाउन तर्फ लाग्ने । समस्या बिरुद्धका सहयोगर श्रोतहरुलाई कसरी सुचारु गर्न सकिन्छ र समान पहँुचमा लग्न सकिन्छ भन्ने बारे प्रारुपहरु तयार पार्ने । एउटा मानसीक स्वास्थय डेक्समा लागनी गर्दा के नै खर्च होला , बरु समस्या माथीको काम छिटो होलार समाधानहरु निस्केलान् ।

३ं) घरको समस्या कार्यस्थलमा र कार्यस्थलको समस्या घरमा लैजाने को को छन् ? ति समस्याहरु के के हुन् बुझ्ने ।

मदिरापान या अन्य दुब्र्यषनले गर्दा कति उत्पादनशील समय अनाहकमा खर्च भएको छ , बिवरण बनाउन सकिन्छ । कार्यस्थलमा ढिलो आउने, गयल हुने , अवसाद डिप्रेशनले ग्रस्त , कम क्रियाशीलता भएका को को छन् , बुझने । यो प्रक्रिया उनीहरुलाई कामबाट निकाल्न या जीम्मेवारी बिमुख गर्ने आशयले होईन कि कामदारहरुलाई कसरी धेरै भन्दा धेरै मानसीक रुपमा सबल सक्षम बनाउन सकिन्छ भन्ने हेतुले गरीएको हो भन्ने बारेमा स्पष्ट गर्ने । उनीहरुको साथ सहयोगमै यो कामलाई अगाडी बढाउने ।

कामदारहरु मानवीय संसाधन हुन् र उनीहरुको आवश्यकताको ख्याल गर्दै उनीहरुको क्षमतालाईनै उच्चतम प्रयोग गरेर कामको उत्पादनशीलता बढाउने हो र साथसाथै त्यहाँको आरोग्यता ।

कामको प्रकृती हरेर कामदाहरुको क्षमता अभिबृद्धि गर्न तालीम तथा पुरुस्कारको व्यवस्थाले एक तर्फ तपाईंहरुको ब्यवसायमा उनीहरुलाई टिकाई राख्छ  र साथसाथैनै त्यहीबाट उसको समस्त ब्यक्तित्व बिकासमा प्रभाव पार्छ । कर्मचारी समृद्ध हुनु संस्था समृद्धिउन्मोख अवस्था हो र यो कुरा बुझ्नु साह्रैनै जरुरी छ ।

यो बिषयलाई कामदारले भन्दा पनि काम अह्राउने र ब्यवसायका मालीकहरुले बुझ्नु ज्यादा महत्वपूर्ण देखीन्छ । कामदारहरुको मानसीक र शरीरीक स्वास्थ्मा गरेको खर्च , खर्च होइनकी लगानी हो र लगानीको प्रतिफल पक्कैनै आउँछ । कार्यस्थल यस्तो ठाउँ हो जहाँ बृहत उत्पादलशीलताका लागी सबैको उत्तिकै योगदान जरुरी हुन्छ र सबैले केही न केही जीत्नु पर्छ , लिनु दिनु पर्छ । यहाँ कोही हार्न पाईदैन ।

४ ) कामको प्रकृती हरेर ओजारहरुको निमार्ण र सम्पूर्ण आरोग्यतालाई प्रभाव पार्ने गरेर कार्यस्थलको प्रारुप निमार्णले काममा आईपर्ने बिभिन्न जोखीम, तनाब, झण्झट आदिलाई न्युन गर्न मद्दत गर्छ । कार्यलयको भित्ताहरुको रंग र कार्यस्थलको प्रारुपले कामप्रतिको ब्यग्रता या निराशालाई प्रभावपर्ने भएकाले रंग , ठाउँ र साजसज्जाको छनोटमा पनि बिषेश सावधानी अपनाउनु पर्ने हुन्छ । कडा रातो , कालो  र पहेंलो रंग भन्दा मध्यम उज्यालो खाले निलो , हरियो र बैजनी रंगहरुले कामदारहरुको मनको बौद्धिकता , सृजनशीलता र अध्यातीमकतामा सकरात्मक प्रभाव पार्न सक्छ र अन्त्यमा कार्यस्थ्लको उत्पादनशीलतामा ।

कार्यस्थलमा यथेष्ठ प्रकाश हुनु उत्तिकै जरुरी छ किनकी त्यसले मन र काम दुबैलाई उर्जाशील र उर्वर बनाउँछ । मन्द संगीतमा काम गर्नुको मजै अर्को छ । बिहानको खाना पछि १५ मिनेटको आरामाले काम गर्ने मन र हातहरुलाई अझ चंगा र प्रभावकारी बनाईदिन्छ । याद राखौं भाँचीएको , भत्किएको , ध्यान बिग्रिएको र छरपष्ट मनले गर्ने काम भन्दा पनि दुर्घटना हो । त्यसैले कार्यस्थ्लको सुरक्षा र निश्चिनतता कामदारको आरोग्यता जत्तिकै महत्वपूर्ण छन् ।

५) स्वास्थयका सवालमा एक संस्था भित्रका सबैको उत्तिकै साझेदारी , भागेदारी र हिस्षेदारी महत्वप्रर्ण हुन्छ । कसले के जीम्मेवारी लिने र कसले के योगदान दिने बारे सामुहिक छलफल गरेर निष्कर्ष निकाल्न सकिन्छ । प्रक्रिृयामा काम गर्दा धेरैै समस्याहरु सजीलै समाधान हुन्छन् । देखीएका र भेटीएका मनमुटाब र समस्याहरु माथी जति चाँडो हस्तछेप गर्यो समाधान उत्तिकै प्रभावकारी हुन्छ । कामदारहरुका बिभिन्न मानसीक समस्याले संस्थालईनै अपाङ्ग जस्तो बनाईरहेको हुन्छ जसले गर्दा पनि समस्याको छिटो पहिचान र अतिशिघ्र समाधन आवश्यक हुन्छ ।



६) काम लगाउने कामगर्ने बिचको र कामगर्नेहरु बिचको द्वन्द , प्रतिश्पर्दा र महत्वाकाङक्षाहरु राम्ररी ब्यवस्थापन हुन सके कार्यस्थलको आरोग्यता र कामदारको उत्पादनशीलता हव्त्तै बढेर जान्छ ।

कार्यलय र संस्थाका सबै श्रोतहरुको समुचित  उपभोग र सबै कामदारहरु बिच समान बितरण पहुँच भएन भने पनि कार्यस्थलमा द्वन्द बढेर जान्छ । संस्थाको नेतृत्व कसको हातमा छ भन्ने कुराले पनि कार्यलयस्थलको समाजीक सट्ट्टापट्टिलाई प्रभाव पार्छ । आफु मात्र अघि बढ्छु भन्ने नियतिले संस्थालाई त अघि बढाउन्न बढाउन्न कामको लागी अत्यावश्यक सहकार्यको संस्कृती क्षय गरीदिन्छ । द्वन्द प्रतिष्पर्दा मात्र गरेर पुरुस्कार जीत्ने हो कि साथसाथै हिंडेर आफुहरु पनि गन्तब्य सम्म पुग्ने र लक्षयलाई पनि प्राप्त गर्ने हो नेतृत्वले छुट्टाउन र सुल्झाउन सक्नुपर्ने हुन्छ ।

कर्मचारीहरु र काम बिचको बिभिन्न तहको सुचना , संवाद र आदान प्रदान प्रक्रियालाईसहज , शुलभ र ब्यवस्थीत गर्न सके संस्था भित्रको द्वन्द न्युनिकरण हुन्छनै र त्यसले कर्मचारीहरुको आरोग्यतामा दिर्घकालीन प्रभाव पार्छ । संस्थाको लागी म र मेरो लागी संस्था भन्ने भावना जगाउँछ ।

बिचारणीय कुरा के छ भने कामको माग चाप र कामका जोखीमहरुलाई कामदारहरुले सहि मध्यस्तामा राख्न नसके या पुरुष्कार , प्रोत्साहन , पारितोषिक र क्षतिपूर्तिहरुको सहि बाँडफाँड हुन नसके कार्यजन्य तनाब बढेर जान्छ जसले कामदारको कार्य क्षमता , उत्पादनशीलता र आरोग्यतामा सोझै नकरात्मक प्रभाव पार्छ । आफ्नो कामको बारेमा स्वतन्त्र निर्णय गर्न सकिने परीपाटीमा एक कर्मचारीले धेरैनै तनाब पनि बहन गर्न सक्ने र उत्पादनशीलता पनि बढेर गएको देखीएको छ ।

निष्कर्ष यो हो कि संस्था भित्रका सबै किसीमका ब्यवस्थापनहरु चुस्त दुरुष्त भए कार्यस्थलको द्वन्द तनाब हटेर घटेर जान्छ , आरोग्यताका साथसाथै उत्पादनशीलता पनि बढेर आउँछ । यो सबै प्रक्रियामा नेतृत्वको अहम् भुमिका हुन्छ र उसले आफुलाई त्यही अनुसार तयार गर्नु आवश्य हुन्छ र कर्मचारी , ब्यवस्थापन र सबैतिरबाट सहयोग माग्न उ हिच्किचाउनु हुँदैन ।

फेरी पनि मानसीक स्जास्थ्य दिवस २०१७ को हार्दिक शुभकामना ।

समृद्धि तर्फको हाम्रो यात्रा निरन्तर रहिरहोस् ।

शुभ आर्शीबाद , शुभकामना ।


Best wishes on the World Mental Health Day 2017. Let's prosper the mental health, wellness and productivity at the workplace and leap towards prosperity.
This year's slogan for the celebration is 'Mental Health at Workplace' which has been discussed here point to fact to solution.
Mental Health at workplace is not all about detecting and treating the symptoms of stress, anxiety, depression and bipolar disorders at the work-sphere but more about designing a common leap for prosperity.


Discourse by Raj Basyal
राज बश्याल
मनोबिद्, अध्यापक ।

No comments: