Thursday, December 24, 2015

जनहितका लागी जारी सुचना – भुकम्प पिडितका लागी न्यानो कपडा

संसारभर एक डिग्री सेल्सीयसले तापक्रम बढ्ने कुरा भईरहेको छ , तर काठमाडौंको जाडो ५ डिग्री सेल्सीयसले बढेको अनुभव हुन्छ । २०३४ साल पछि जन्मीएका हाम्रा पिढिका मान्छेहरुले माईनस ० डिग्री सेल्सीयस भन्दा बढि जाडो अनुभव यस पलि न्यानो सानो कोठामा बसेर चिसो तातो सुरुप्प गर्दै अनुभव गर्न पाईयो । तर जाडो मुटुनै काम्ने छ ।

भुकम्पको महाबिपत्ति , त्यसपछिको भारतीय नाकाबन्दी र उर्जा संकट अनि दिनहुँको महंगी र के खाउँ र के लाउँ भन्ने बाध्यता माझ यो  जाडोको महाबिपत्ति अनि छाप्रो र पालको बास । फेरी पाल बाट चुहिने जीउ छेड्ने शीत अनि बिहान कहिले होला भन्ने झिनो आशा र उहि प्रदुशषणले तुषारापात गरेको घाम । यो अत्यन्तै बिपतको स्थीति हो , सारा नेपालीका लागी र यो कठिनतम् स्थीतिबाट उन्मुक्ति पाउने भनेकोनै सारा नेपालीको न्यानो माया र सद्भाव हो ।

बर्षौ देखी तपाईको दराजमा थन्कीएका ,  ढुसी गनाउनै लागेका , किराले खान्छु भनेर आँ गरेका , नाती पनाति, छोरो बुहारीले कासेली पाएका कपडा कहिलेको लागी साँचेर राखेको , छोरीलाई चाहिंदैन , नातीनीले लगाउँदैन । मन फराकिलो गर्नुस् , निकाल्नुस् , धुनुस् र पुगोस् बिधालय जाँदा ठिहिराई राखेका नानीहरुका आँगमा , सुत्केरीको छातीमा , बृद्धहरुलाई न्यानो सेक्न ,चीसोमा कर्मबादी हात चलाईरहेका मजदुरहरुको भक्कानो रोक्न ।


तपाई शीत लहरले छोपेको भुकम्प पिडित टहराहरुमा पुग्न सक्नुहुन्छ , महोत्तरी र रोतहट पुग्न  सक्नुहुन्छ या काठामाडौंकै गणेश स्कुल या दरबार हाईस्कुल पुग्न सक्नुहुन्छ एक कुटुरो न्यानो बोकेर ।  उनीहरुले तपाईको सहयोग लिन अस्वीकार गरे भने भन्नुहोस् - "यो जाडोमा न्यानो मेरो तर्फबाट , अको बर्ष तपाईको न्यानो सदाससयताबाट ।"

नेपाली पहिचना फहराउने बेला यहि हो । आखीर झण्डा बोल्दैन र ति दुखी मनहरुले माग्न जानेका पनि छैनन् । तपाईनै अघि सर्नुस्।

बाँडेर र दान गरेर अखिर कोही गरीब भएको , छैन । नेपलीलाई चेतना होस् ।

हामीहरु पनि तपाईकै साथमा छौं ।

पुनश्च – हामीसँग मिलेर पनि तपाई यो सहयोग गर्न सक्नुहुन्छ ।
क्लब साईकोलोजी , काठमाडौं ।
फोन नं – ९८६१२४३४४१
email: klubpsychology@gmail.com

http://klubpsychology.blogspot.com
Klub Psychology: सेतोघोडा

खबरमा -
http://nagariknews.com/breaking-news/story/51142.html

Thursday, December 17, 2015

भाषा : विज्ञान, अर्थ र समय

मान्छेको सोच , विचार या भावनालाई बोली या ईशारा अथवा लिपि मार्फत उतार्न सकिने आदानप्रदानको माध्यम हो भाषा । भाषाको एउटा विज्ञान छ र एउटा मनोविज्ञान छ । यसको सिकाईमा अर्थ (आर्थिक , भौतीक या मानसीक) खर्च हुन्छ र सबैभन्दा महत्वपूर्र्ण भाषा सिकाईमा समय दिनुपर्छ ।

नेपालको नयाँ संविधानको निर्माणको क्रममा भाषाका बारेमा आएका अनेक विबाद मध्य एक , निश्चित समुदायमा अधिक संख्यामा रहेका त्याहाँका जाती बिशेषको भाषानै सरकारी र शिक्षणको माध्यम भाषा हुनुपर्यो भन्ने आवाज उठिरहेको छ । प्रस्तावीत प्रदेशहरुको खाकामा भाषा पनि एउटा ठोस आधार हुनुपर्यो भन्ने उनीहरुको बिचार छ । आफ्नो संस्कृती , भाषा र भेषलाई अग्रता दिलाउनुपर्ने सोच भने आफैमा धेरै राम्रो हो । 

भाषा सिकाई एउटा जटिल मनोवैज्ञानिक प्रक्रिया हो ।  जसरी बुवा , आमा र आफुलाई सदैव प्रेम गर्नेहरु र निरन्तर अतंरङ्गमा रहनेहरुको छवि मन , मष्तिष्क र आत्मामा कुँदिएर जान्छ र कलान्तरमा हामी त्यसतै छवि झल्काउने वा भएका (स्वरुप या आनीबानी या ब्यवहारमा देखिने न्यानोपन या चिसोपन) मानिसहरुसँग प्रेम गर्न पुग्छौं र सदाको लागि आफ्नो मानसपटलमा राख्न पुग्छौं । भावना र भाषा सिकाईको अन्तरसमबन्ध पनि यस्तै छ । 

भाषालाई पनि मनैदेखि सिक्ने चाहना राख्ने हो भने , आफुले जानेको , आफ्नो अस्तीत्वसँग जोडीएको , आफ्ना मर्महरु सजीलै त्याहाँ राख्न सकिने र सबैभन्दा धैरै बोलिने, प्रयोग हुने भाषा आफ्नो आदानप्रदानको माध्यमको रुपमा प्रयोग गर्नुपर्छ ताकीे निरन्तर रियाजले यसको प्रतिविम्ब आफ्नो ब्यवहार, बोली र लेखाईहरुमा देखियोस् , दोहोरीयोस् र कलान्तरमा हामीले हाम्रो भाषालाई त्यसरीनै प्रेम गर्न सकौं र सदाका लागि हाम्रो मानसपटलमा कुँदिएर जाओस् । यस्तोमा भाषा सिकाई पनि सहज हुदै जान्छ ।

भाषा सिकाईमा भावनालाई कसरी प्रयोगमा ल्याउने त र?

उत्तर हो ,भाषा प्रयोग भित्रको मनोविज्ञानको उपयोग । कुनै जाती विशेषको भाषा वा शब्द उसँगको संवाद वा अन्तरंगमा प्रयोग गरियोमात्र भने पनि विचारको आदानप्रदान धेरै सहज भएको हामीले पाएका छौं । यस्ता नमुना काठमान्डांै उपत्यका वरिपरिका तामाङ्ग वस्ती देखि लिएर भक्तपुरका नेवार गाउँहरुमा पाउन सकिन्छ । कारण स्पस्ट छ , भाषा र त्यो पनि आफ्नो भाषाको वा मात्र यस भित्रका शब्दहरुको प्रयोगद्धारा वक्ताले ल्याएकोे आत्मीयता र सम्मानले विचारको आदानप्रदानको सहजता र प्रभावकारीता बढाउँछ । 

त्यसरीनै बिभिन्न राष्ट्रिय भाषा र भाषिकाहरुबाट शब्द या रुपवाली मात्र भाषा सिकाईमा प्रयोग भएको खण्डमा सिक्नेमा जुन भावनात्मक लक्ष्यको पर्दापण हुदै जान्छ त्यसले सिकाई र प्रयोगलाई आत्मीय र सहज बनाउँदै जान्छ । तर यो एकैचोटी पाईने उपलब्धि भने होईन , यसका लागि शिक्षक र बिधार्थी वीच निरन्तर सहकार्य जरुरी छ । पाठ्यक्रम विकासमा पनि यस्ता प्रयोगहरुलाई राख्न आवश्यक भैसकेको छ ।

भाषा सिकाईका बारेमा विज्ञानले के भन्छ ?

यहाँ विज्ञानको कुरा हुँदैै छ । भाषा सिकाईको मनोविज्ञानलाई वैज्ञानिक विश्लेषण र प्रभावकारी रणनिती र कार्यनितीको कार्यान्वयनले सम्पूर्ण बनाउँछ । 

हाम्रो ठूलो मगजको (Cerebrum) बाहिरी खैरो खरानी रंगको पातलो आवरण (Cerebral cortex ~ Gray matter) सामान्यतया बौद्धिक कामको केन्द्र हो । ठूलो मगजको बाँया भाग (Left hemisphere of cerebrum / cerebral cortex) ामान्यतया दायाँ हाते मान्छेमा बौद्धिक कामको (लेख्ने , पढ्ने , बोल्ने, बुझ्ने , सम्झने , सिक्ने कुराहरुको) लागि संचालित हुने गर्दछ । त्यसरीनै दायाँ हाते मान्छेमा नै दायाँ भागको मगज (Right hemisphere) , सृजना , श्रवण र ठाउँ वा बस्तुको पहिचानको केन्द्र हो भन्ने कुरा अनुसन्धानले देखाएको छ । यी कुराहरुको सार के हो भने , मगजको जुन भागले भाषा र बिवेचनाको (logical operation) काम गर्छ ठूलो मगजको अर्को भागले भावना , सृजना र श्रवण सम्बन्धित कामहरुको रेखदेख गर्छ । सामान्यतया दायाँ हाते मान्छे होस् या बायाँ हाते मान्छे होस् , ६५ देखी ९५ प्रतिशत मान्छेहरुमा बाँया मगजनै  भाषाको केन्द्र हुने गर्दछ ।

अनुसन्धानबाट आएको अझ महत्वपूर्ण कुरा के छ भने भाषाको बुझाई , सम्झाई , सिकाई , आदि बौद्धिक कामहरुमा सृजना र श्रवणको केन्द्र दायाँ मगजले सहजीकरण (Facilitation) गर्न धेरै  सहयोग गर्दछ । हो मगजका दुबै भागलाई एकबद्ध बनाएर ( synchronization )  द्रुततामा बौद्धिक कामलाई लैजाने हो भने सृजना या संगीत , भावना  र श्रवणको केन्द्र दायाँ मगजलाई प्रयोगमा ल्याउन आवश्यक छ । 

कसरी सृजना र संगीतको प्रयोगले स्नायुमनोविज्ञान र समग्रमा भाषा सिकाईलाई सम्बर्धन (enrichment)  गर्न सकिन्छ त  रु

वास्तबमा दृष्टि , श्रवण र भुमण्डलमा भएका चिज ठम्याउन सक्ने संवेदन (sensation/stimulus)  र कार्यान्वयन स्नायु आवेगका (Nerve impulses) केन्द्रहरु दायाँ मगजमा हुन्छन् भन्ने अघिनै उल्लेख गरिएको छ । यस बिषयमा मष्तिष्कको अनुसन्धानबाट प्राप्त जानकारीहरु अपुष्ट र अपुग नै छन्् कारण मष्तिष्कको बारेमा मष्तिष्कले नै पढ्नु र बुझ्नुपर्ने बाध्यता र अरु धेरै शोधहरु हुन बाँकी । तर यही कुराको अर्को आधार के हो भने दायाँ मगजमा यी केन्द्रहरु भएपनि हेर्न ,सुत्र र चिजहरु पहिल्याउन बाँया मगजको साथ र साझेदारी आवश्यक छ । जस्तै , संगीत सुत्रे कामको केन्द्र दायाँ मगजमा होला तर भाषा बुझ्ने काम बाँया मगजको हो । यस अर्थमा , दुबै , दायाँ र बाँया मगजको , साझेदारी बिना स्नायु केन्द्रले गर्ने काम त्यती सहज र स्वतस्फुर्त हुँदैन । 


हो मगजमा हुने यही साझेदारीलाई हामीले सृजना र संगीत मार्फत बढवा दिनसक्छौं । सृजना र संगीतका तरङ्गहरु जव दुबै मगजमा प्रवाहित हुन थान्छन् , एक किसिमको सूचनाको (inter-networking of data/ communication) ंजाल त्याहाँ स्थापित हुन पुग्छ र दुबै मगज वीचको सूचनाको यस आदान प्रदाननै भाषा सम्झाई , बुझाई , स्मरण र सहजीकरणमा प्रमुख भुमीका खेल्छ । 

संगीतले गर्दा मगजमा गामा तरङ्गको चहलपहल (Gamma activity) शुरुवात हुन्छ र यसले भावना र स्मरणलाई पनि दु्रतता (speed or pace) दिन्छ । स्मरण गर्नुपर्ने कुराहरु के छ भने भावनात्मक भोगाईको स्मरण धेरै हुन्छ । फेरी शोधहरुले र्इंगित के गर्छ भने संगीत साधकहरुमा Wernicke’s area (यो बायाँ मगजमा रहेको हुन्छ)  मा रहेको Planum temporale नामको क्षेत्र सामान्य मानिसहरुमा भन्दा मोटो हुन्छ र त्यसैलेनै संगीत साधकहरुको स्मरण यि सामान्य मानिसहरुमा भन्दा धेरै नैै राम्रो हुन्छ । स्मरण भाषा सिकाईको महत्वपूर्ण खुड्किलो हो । भाषा सिक्दा (encoding) बायाँ मगजको धेरै प्रयोग हुन्छ तर त्यसलाई स्मरण गर्दा (retrieval) दायाँ मगजको धेरै चहलपहल हुन्छ । तर यहाँ पनि शर्तका अरु कुराहरु भने लागु हुन्छन् ।

यसरी संगीतको साथले दुबै मगजका भागहरु उत्तिकै दु्रतता र साझेदारीमा कार्यहरु गर्न थाल्छन् । चाहे त्यो भाषाको बिषय होस् या समग्र मानव चेतनाको परिधि होस् या मानवीय भावनाको कार्यान्वयन होस् , ती सबै एक कदम अगाडि बढ्छन् । 

यी सबै कुराको सम्बन्ध भाषाको किचलोलाई सम्बोधन गर्नुसँग छ । जनजाती र नेपालका अरु समुदाय र जातजातीमा निहित बौद्धिक र सृजनशील क्षमतालाई एकै ठाँउमा उभ्याउनु छ भने भाषामा रहेको अप्ठ्याराकोे न्युनीकरण र निराकरण गर्नु जरुरी छ । यसो गर्न अघिनै भनझैं हामी सृजना र संगीतको साहरा लिन सक्छौं र पढाई ,  बुझाई , सम्झाई , सिकाई र लेखाईको स्तर नेपाली भाषामानै बढाउन सक्छौं्र । नेपाली भाषालाई नै प्राथमिकतामा राख्नुको कारण के हो भने सारा नेपालीले बोलिराखेको र बुझिराखेको यस भाषाको सिकाईको लागि थोरै अर्थ र समयको मात्र लगानी चाहिन्छ र यस भाषामानै धेरै अनुसन्धान भईसकेकाले वैज्ञनिक पनि हुन जान्छ । हो अरु धेरै राष्ट्रिय भाषा र भाषिकाहरुमा पनि यस्ता गहन अनुसन्धानहरु भएका छन् । 

फेरी जानकारीमा राख्नुपर्ने कुरा के छ भने नेपाली भाषा आफैमा सम्पूर्ण भाषा भने होईन । नेपाली भाषामा धेरै भाषाहरुबाट शब्दहरु ल्याईएका छन् । त्यसमा पनि विज्ञानका अंग्रेजी प्राविधिक ९तभअजलष्अब०ि शब्दहरु र संस्कृतका शब्दहरुको  बाहुल्यता नेपाली शब्दकोषमा धेरैनैै छ ।  अंगे्रजीका यी प्राविधिक शब्दहरुको नेपालीकरण गर्नु त्यती सहज पनि छैन । फेरि नेपालीकरण गर्दा आउने मर्म र अर्थ पनि फरक हुन जान्छ । 

जस्तै , सिजोफ्रेनीया (Schizophrenia) एउटा यस्तो मानसिक रोग हो जसमा रोगी मानिस नभएको कुरा देख्छ या सुन्छ  ( Hallucination)  र हुन नसक्ने कुरामा विश्वास (Delusion) राख्छ । सामान्यतया यस रोगलाई नेपालीमा खण्डित मष्तिष्क भनिदो रहेछ । तर सामान्य मान्छेले यस रोगलाई बुझ्ने र सम्बोधन गर्ने शब्द हो पागलपन या खुश्केको । फेरी सामान्य मान्छेलाई यस्ता मानसिक रोगहरुको भेद र पागल भन्दा रोगी माथि परेको मानसिक असर पनि थाहा हुने कुरा भएन । यसरी एउटा मानसिक रोग र रोगी विना निषकर्ष र उपचार अलग्याईएको हुनेभयो । तर्क के हो भने , छोटा र अत्याधिक प्रयोगमा आएका र सजीलै अथ्र्याईने शब्दहरु यस्ता रोगहरुको नाम हुनुपर्छ ताकी विभेद , पहिचान र उपचार सजिलै होस् । 

देशमा भएका राष्ट्रिय भाषा र भाषिकाहरुबाट यस्ता प्राविधिक र अरु धेरै शब्दहरुको माग र भार पुरा गर्न सकिन्छ । आफ्नो भाषाबाट आएका शब्दहरु अभिब्यक्त हुन पाउँदा पे्रसित हुने कुरा पनि सिक्ने , बोल्ने र सुन्ने सबैलाई सहज हुन्छ । मान्छेले शब्दहरु अनुसार मर्म ल्याउन सक्छन् र ज्ञानको परिधि पनि ठुलो हुन्छ । 

हो देशमा भएका बिभिन्न राष्ट्रिय भाषा र भाषिकाहरु र त्यसमा भएको शब्दको भण्डार र शब्दकोष नेपाली राष्ट्रभाषामा समायोजीत गरिनु जरुरी छ । नेपाली भाषाको एउटा भाषिक Encyclopedia (समग्र मानव ज्ञान वा केही निश्चित बिषयमा बर्णानुक्रम अनुसार लेखहरु समेटीएको र धेरै अध्यायहरुमा प्रकासित हुने बृहत्तरज्ञानकोष) बनाँउ । नेपालका भएका अरु राष्ट्रिय भाषा र भाषिकाहरुले स्वत त्याहाँ आफ्नो ठाउँ लिन्छन् । त्यसपछि नेपाली भाषा एउटा समुदाय विषेशको होईन कि नेपाली माटोको भाषा हुनेछ । यो समायोजनले नेपाली भाषालाई आत्मीय र सम्मानीत बनाएर हरेक भाषी माझ प्रवर्धन त गर्छ नै र नेपालीहरुको एकताको एउटा कडी पनि बन्छ । एउटै नेपाली भाषा अझै धेरै धनी हुन्छ ।
भाषा आफुलाई प्रेसित गर्ने माध्यम त हो नै र यसका अलावा जीन्दगीका बुझाईहरुलाई पनि परिभाषित गर्ने एउटा ठुलो वृत्त हो । फेरी भाषा सिकाइ मात्र बोल्नु सँग सम्बन्धित छैन , यो त विज्ञान , अर्थ र राजनिती भित्रको बौद्धिक आयाम जाँच्ने मापक हो र ज्ञानको परिधिलाई एउटा उँचाईमा लैजाने आधार पनि हो । जती धेरै शब्दहरुको प्रयोग भाषामा हुन्छ त्यही अनुपातमा मान्छेको  बौद्धिकता र बुझाईको परिधि बढ्दै जान्छ र कलान्तरमा भाषा पनि सम्पन्न हुँदै जान्छ । भाषाको सम्पन्नताले सिधै गुणत्मक वा संख्यात्मा बौद्धिक जमातको चिनारी सम्झाउँछ । यस्तोमा सारा नेपालीले बुझ्ने आत्मीय र सम्मानीत नेपाली भाषालाई संसारले हेर्ने दृष्टीकोण नै उच्च हुन्छ ।

यो भुमण्लीकरणको समयमा एउटै सर्वसम्पत्र भाषाले अन्तराष्ट्रिय समुदायलाई पनि आकर्षित गर्न सकिन्छ । TOEFL र IELTS पढ्नका लागि जस्तै नेपाली पढ्नका लागि त्यो जमात जम्मा हुन सक्छ किनकी अघि भनिएझै भाषिक सर्वसम्पत्रता नै विज्ञान , अर्थ र राजनिती भित्रको बौद्धिक आयाम जाँच्ने मापक हो । फेरी भाषा सिकाई बोलाई विचारको आदानप्रदान मात्र होईनकी यो त अन्तराष्ट्रिय समुदायमा आफ्नो ब्यपार र ब्यवसाय बढाउने माध्यम पनि हो ।

के थाहा कुनै दिन TONIL ( Test of Nepali as International Language ) को पनि शरुवात हुन्छ कि रु यो TONIL देशको अर्थतन्त्रलाई बढवा दिने टनिक पनि हुन सक्छ है । बिदेशको पढाईमा खर्च हुने अरबौंको डलर र सस्तोमा बिकेको नेपाली श्रमको बचत नेपालको विकासका लागि हुन सक्छ । तर यो उँचाईमा पुग्नको लागि यस समस्या माथि अनवरत काम हुुनु आवश्यक छ । 

त्यसो भएमा यसै बृहत्तर भाषा भित्रका अरु भाषा र भाषिकाको संरक्षण र सम्र्बधन गर्नमा पनि टेवा पुग्नेछ । गौंण गर्नुपर्ने कुरा के छ भने , बितेको ५० बर्षमा संसारभर भएका २७०० भाषाहरु हराएका वा लोप भएका छन् । हाल आएर ५००० को हाराहारीमा मात्र संसारभर भाषाहरु बोलीने र शायद त्यसभन्दा पनि थोरै लेखिने गरिन्छन् । शायद भाषाको ठूलो खेतमा अल्पसंख्यक जनताले बोल्ने भाषाको बिउ जोगाउन सकियो भने मात्र पनि कलान्तरमा नेपाली भाषिक शब्दकोषलाई धेरैनै फाइदा पुग्नेछ । शायद हामी नयाँ कोंणमा भाषाको अण्वेषण र अनुसन्धान पनि गर्न सक्नेछौं । यसो गर्न सकेमा हाम्रा राष्ट्रिय भाषा र भाषिकाको नियती लोप भएका ती भाषाहरुको जस्तो हँुदैन होला ।

भाषा सम्बन्धि बिवादलाई यसरी विज्ञान , सृजना र सम्र्बधनको बाटोमा हिंडाएपछि एउटा झगडा खत्तम हुन्छ र मानसिक र जुझारु शक्ति , अर्थ र समय सबैको वचत हुन जान्छ । वचत भएका कुराहरु आय हुन्छन् र यो आयलाई देश विकासमा सदुपयोग गर्न सकिन्छ । 

अब केहि समस्याहरु माथि दृष्टिगोचर गरौं र ती माथि काम गर्न सकिने सम्भावनाहरु माथि विचार गरौं । 

केहि समय अघि एउटा टेलीभिजन च्यानलमा सभासद सुरेस आलेमगरले , धेरै बर्ष पहिले कुनै क्यामपसमा अध्यापकका लागि भएको अन्र्तवार्ता पछि आफुलाई शैक्षिक जागीर नदिईएको गुनासो गर्नुभयो । उहाँ अनुसार त्यसको कारण थियो जातीय थिचोमिचो । तर यस्तो पनि हुनसक्छ कि मगर उहाँको मातृभाषा र नेपाली चाहीँ उहाँको दोस्रो भाषा भएकाले नेपालीमा अन्र्तवार्ता दिंदा उहाँको प्रस्तुती सहज भएन । दक्षता र विज्ञता हँुदाहँुदै पनि शायद प्रेसित गर्ने शब्दहरुको अभावले शायद प्रस्तुती स्वतस्फुर्त भएन होला । 

यसरीनै ज्ञान भएर पनि आफुलाई ब्यक्त गर्न नसक्दा धेरैलाई धेरै ठाउँमा यस्ता समस्याहरु आईपरेका छन् र सबैभन्दा यस समस्याले जनजातीलाई पिरोलेको छ । स्नायुविज्ञानमा भएका अनुसन्धानहरुले के सकरात्मक तर्क अगाडि सारेका छन् भने जनजातीमा संगीत श्रवण तथा विन्यास गर्न सक्ने क्षमता अरु जात-जातीमा भन्दा धेरै छ । संगीत सृजना हो र अगाडि नै भनिए जस्तै सृजनाको केन्द्र दायाँ मगज हो र दायाँ मगजले सिकाईमा (शैक्षिक वा अरु) सहजीकरण र सम्बर्धनको भुमिका खेल्छ । 

यहाँ अगाडि सार्न खोजिएको तर्क के हो भने , संगीत सिकाईलाई शैक्षिक विकासमा अनिवार्य किन नगर्ने रु  तपाँई हामीले देखे बुझेको कुरा हो पूर्वका किंरातीहरुको नेपाली संगीत उधोगमा कति वर्चश्व छ भनेर । त्यसो भने संगीत र सृजनामा मात्र प्रयोग भएको हाम्रो दायाँ मगजलाई शैक्षिक विकासमा प्रयोग किन नगर्ने रु आखिर भाषा सुत्रे कामको अख्तियारी त दायाँ मगजलाई ( right auditory cortex) पनि त छ ।

तपाँई हामी जस्ता लर्बराउने , बर्बराउने र अभिब्यक्त हुन नसकेका सबैलाई यो एउटाMusical therapy पनि हुनसक्छ र अभिब्यक्ति भाषाको एउटा समस्या हल हुनसक्छ । मात्र संगीत होईन कि सृजना र कलाका अरु आयामलाई पनि लिएर हामी अगाडि बढ्न सक्छौं ।

धेरै भाषा र भाषिकाहरुको सिकाईले पनि भाषा सम्बन्धि अप्ठ्याराहरु निम्त्याएका छन् । जस्तै कुनै भाषा वा भाषिका आफ्नो मातृ भाषा भएकाले त “ विश्व एक गाँउको” यस समयमा अंगे्रजीलाई अनिवार्य रुपमा तेस्रो भाषाको (मातृभाषा र राष्ट्रभाषा बाहेक) रुपमा सिक्न परेको छ । यस्तोमा न मातृ भाषाको , न राष्ट्रभाषा नेपालीको , न अंगे्रजी भाषाको नै राम्रो सिकाई र बुझाई नै हुनसकेको छ  । यहाँ यसरी नेपाली भाषा पहिले सिकेकाले पछि सिकेको अंगे्रजी भाषाको दुरुस्त सिकाई र स्मरण गाह्रो भएको छ भने (Proactive interference)  त्यही अनुपातमा भर्खरै सिकेको अंगे्रजी भाषाले गर्दा पहिले सिकेको नेपाली भाषाको दुरुस्त र मर्म सहितको सिकाई र स्मरण पनि त्यती सजिलो छैन (Retroactive interference)

फेरी अंगे्रजी भाषामा शिक्षा लिएका र नलिएकाहरुको प्राबिधिक र अरु शब्दहरुको बुझाई र प्रयोग पनि फरक छ । यसकारण पनि सिकेको कुरा पे्रसित गर्ने काम झन् असहज भएको छ । त्यसकारण होला , बोर्डिङ्ग स्कुलका बिधार्थीहरुले अंगे्रजी भाषामा पढेको कुरालाई नेपालीमा उल्था गर्न गाह्रो मानेका छन् र सरकारी स्कुलका बिधार्थीहरुले नेपाली भाषामा पढेको कुरालाई अंगे्रजीकरण गर्न सकेका छैनन् । कारण स्पस्ट छ , कुनै पनि  भाषामा बोलेका , लेखेका , पढेका र सुनेका कुराहरुको अथ्र्याई र बुझाई फरक हुन्छ र ठेट उल्था गर्न सम्भव पनि छैन । यस्तोमा शब्दहरु भित्रको मर्म (semantics) र मनोविज्ञान बुझ्नु परको कुरा हो । तपाँई आफै भत्रुहोस् यस्तोमा हाम्रो शिक्षाको स्तर के छ होला रु हो यस समस्या माथि संगीतको प्रयोग धेरै फलदायी हुनसक्छ किनकी सिकेर यत्रतत्र छरिएका ज्ञानलाई संगीतले एकै ठाउँमा ल्याउने प्रयत्न गर्छ (defragmentation of memory schema) र असमन्जसलाई पनि हटाउँछ । ज्ञानलाई एउटै मालामा उन्ने धागो हुन सक्छ संगीत ।


फेरी त्यहि प्रश्न अगाडि तेर्सिन्छ , सिजोफ्रेनीयालाई (Schizophrenia) के भन्ने रु खण्डित मष्तिष्क अथवा कुनै तीन बर्ण भएको शब्द खोजी गर्ने ताकी बुझाई र सिकाई सहज होस् र हरेक मानसीक रोगलाई पागलपन वा खुश्केको भत्रु नपरोस् । यस्ता दुई या तीन बर्णका छोटा र चाहिएको अथ्र्याउने शब्दहरु हाम्रो देशमा भएका राष्ट्रिय भाषा र भाषिकाहरुमा अनगिन्ती भेट्टाईन्छ होला । यस्ता दुई या तीन बर्णका शब्दहरु  सम्झन र बिर्सन पनि सजिला हुन्छन्  । यसतर्फ भाषा विज्ञहरुको ध्यान जानु जरुरी छ । 

हो केही समस्याहरु र अनगिन्ति सम्भावनाहरु छन् । होईन , नेपाली भाषामा होईन कि अरु कुनै भाषामा यो प्रयोग गरौं भत्रे कुरा आउँछ भने पनि त्यसमा विभित्र राष्ट्रिय भाषा र भाषिका बोल्ने नेपालीहरुले सहयोग पुर्याउनु कर्तब्य हो । कारण , सारा नेपालीलाई भावनात्मक रुपमा जोड्ने  समायोजीत र एककृत भाषा पनि  देश बिकासको महान यात्रामा अपरिहार्य छ । यात्राको लक्ष्य एउटै हो , विकास र गरिवी बिरुद्धको युद्ध , तर समय र आवश्यकता अनुसार बाटाहरु र कार्यनितीहरु परिवर्तन गर्न सकिन्छ , लक्ष्य प्राप्तिको लागि । तर अहिलेका लागि भने , आफ्नो भाषालाई अहिलेनै , बन्न सक्ने प्रदेशमा केन्द्रीयता वा अग्रता दिन्छु भत्रु त्यती किफाएती देखित्र किनकी यो पद्धतीमा जानु अघि एउटा वैज्ञानिक गृहकार्यको आवश्यकता छ , कुरा अर्थको आउँछ र यसैपनि भाषा सिकाई र बुनाई एउटा लामो प्रक्रिया हो । हो आवाज उठाउने जात(जाती , सम्प्रदाय , समुह या मान्छेले भाषाको संरक्षण र विकासमा पहिलो अग्रसरता देखाउन सके , भाषा कुनै जाती बिशेषको समस्या रहने छैन ।

भाषा विज्ञान र मनोविज्ञान सम्बन्धि लेखीएका धेरै शोध पत्रहरु नेपालका विश्वविधालयका पुस्तकालयहरुमा प्रयोगविहिन भएर यसै थन्किएका छन् । भाषाको किचलो सम्बोधन गर्न ती शोध पत्रहरुले धेरै सघाउन सक्छन् । तीनीहरुको खोजी र प्रयोग यस समयमा हुनसकेन भने कहिल्यै हुनेवाला छैन । हामीले बुझ्नु के जरुरी छ भने बिद्धानहरु र कर्मद्धारा संसार प्राप्त गर्न चाहनेहरु प्रतिकुल परिस्थीतिमा सबैभन्दा धेरै काम गर्छन् । यस तर्फ संविधानसभा तथा सम्बनिधत निकायको ध्यान जाओस् । 

यसरीनै प्रक्रिया संगत तरिकले काम गर्ने हो भने शायद जातीयताको आधारमा प्रदेशको निर्माणका बारेमा उठेको बिवादलाई वैज्ञानिक विचारहरु ल्याएर र समस्या माथि काम गरेर समाधान तर्फ लैजान सकिन्छ होला । यहाँ जातीयताको सिधा सम्बन्ध भाषाको किचलोसँग पनि जोडिएको छ । हामीलाई लाग्नु पर्छ र बुझ्नु के जरुरी छ भने जातीयताको शरुवात बुवाबाट आएको कर्म गर्ने आँट र शक्तिबाट र आमाबाट आएको प्रेम गर्न सक्ने र सिकाउने क्षमताबाट मिसिएर बन्ने संस्कारबाट हुन्छ । हो आजै देखि हामीले समस्या माथि काम गर्ने थालनी र ज्यँुदा मान्छेहरुलाई प्रेम गर्न सक्ने क्षमताको संस्कारको थालनी गर्नुपर्यो । समाजीक बेकम्मा र अधबैंसे हुल्लडबाजको जमात हुनबाट युवापक्ष र देशलाई रोक्नुुपर्यो ।

लेखक  –  राज बश्याल
अध्यापक – मनोबिज्ञान , त्रिभुवन बिश्वबिधालय
Dated : April 2010
Republished:18th December 2015

You can "Like" and comment at our Facebook page : Klub Psychology: सेतोघोडा
As this article is based on many neuropsychoogical aspects of Human Brain, if not able to catch up with different terminologies, you can refer to the Wikipedia or consult us for the definition and meanings.










Saturday, December 5, 2015

जनहितका लागी जारी सुचना – भुकम्प पिडितका लागी न्यानो कपडा


संसारभर एक डिग्री सेल्सीयसले तापक्रम बढ्ने कुरा भईरहेको छ , तर काठमाडौंको जाडो ५ डिग्री सेल्सीयसले घटेको अनुभव हुन्छ । भुकम्पको महाबिपत्ति , त्यसपछिको भारतीय नाकाबन्दी र उर्जा संकट अनि शीत सहितको शरीर काँप्ने जाडो । पालमा , झुप्रोमा बसेका स साना नानीहरु , भर्खरै गर्भवति भएका तिनका आमाहरु , बुढा बुढीहरु भेट्न तपाईहरु पुग्नुभयो भने तपाईहरुलाई मान्छे हुनुमा र नेपाली हुनुमा टिठ लाग्छ ।


 गरीबको ठाउँमा बिद्रोह नपुगोस् , मिसीनरी आफ्नो खोक्रो धार्मीक प्रवचन लिएर नपुगोस् , पहिल्यै नेपाली पुगुन – सदिच्छा हाम्रो । तपाई देशको जुनै जील्लामा भए पनि सकिन्छ भने देखेका भुकम्प पिडितका लागी एक जोडा न्यानो कपाडा लिएर पुग्नुहोला । आखिर दान गरेर को गरीब भएको छ र ??

हामीहरु पनि तपाईकै साथमा छौं ।

पुनश्च – हामीसँग मिलेर पनि तपाई यो सहयोग गर्न सक्नुहुन्छ ।
क्लब साईकोलोजी , काठमाडौं ।
फोन नं – ९८६१२४३४४१
email: klubpsychology@gmail.com

http://klubpsychology.blogspot.com

Sunday, November 8, 2015

जनहितका लागी जारी सुचना – चिसोले भूकम्पपीडित बिरामी


२०७२ सालको भुकम्प पछिको महाबिपत्ति , नाकाबन्दी र ईतरका घटनाहरुले भुकम्प पिडितको दिनहुँको दिनचर्या झनै कष्टकर बनेको छ । मुख्यतय घरबार भत्कीएर छाप्रोको बास भएका अत्यन्तै गरीब परीवारहरुलाई काठमाडौंको जाडोले अत्यन्तै कष्ट दिएको स्पष्ट भएको छ । सो कुरा देशका अरु भुकम्प पिडित जील्लाहरुमा पनि पक्कै अनुभुत भएको होला । नेपाली हुनु र मानवीयताको हिसाबले पनि यी पिडितहरुको जाडो छेक्न तपाईहरुले कम्बल , ब्ल्याङकेट , सीरक , डसना , ज्याकेट , स्वीटर के कति सहयोग गर्न सक्नुहुन्छ , भुकम्प पिडित बसोबास गरीरहेको क्याम्प , छाप्रोमा गएर समस्या र अभावमामा परेकाहरुलाई यी सामाग्रीहरु बितरण गरेर सहयोग गर्न अनुरोध गर्दछौं ।

हामीहरु पनि तपाईकै साथमा छौं ।

पुनश्च – हामीसँग मिलेर पनि तपाई यो सहयोग गर्न सक्नुहुन्छ ।
क्लब साईकोलोजी , काठमाडौं ।
फोन नं – ९८६१२४३४४१
email: klubpsychology@gmail.com
http://klubpsychology.blogspot.com/

तपाईहरुको यो पवित्र कार्यको लागी मनैदेखी आभार ब्यक्त गर्न चाहन्छौ ।

यस सम्बन्धी अरु सुचनाहरुका लागी तलका लिंकहरुमा जान अनुरोध गर्दछौं ।


Friday, November 6, 2015

जनहितका लागी जारी सुचना - दुब्र्यसन र मनोपरामर्ष


जनहितका लागी जारी सुचना -

२०७२ को भुकम्प पछिको महाबिपत्ति र त्यसपछिका संबिधान ईतरका जटिल परस्थीतिहरु , भारतीय नाकाबन्दी , त्यसले जनतामा पारेको प्रतक्ष्य प्रभाव र जन जीबिकाको समस्या, अधिकारका नाममा भनिएका बिभिन्न आन्दोलनहरु , त्यस घटना श्रृखंलाहमा मारीएका निर्दोष नेपालीहरु र बस दुर्घटनामा मरेका पिडतहरु र अन्त्यहिन अरु घटनाहरुले गर्दा जो बिषम परीस्थीति देशमा सृजना भएको छ त्यस्तै कारणहरुले गर्दा अहिले नेपाली माझ मद्दपान र अरु दुब्र्यसनहरु बढेको देखीएको छ । यस्ता समस्याहरु तपाईमा , आफन्तहरुमा या छिमेकी साथी भाईहरु  बिच बढेको छ भने हामीका मनोपरामर्ष र अरु सहयोगका लागी सम्पर्क गर्नुहोला ।

क्लब साईकोलोजी (Klub Psychology: Seto Ghoda)
काठमाडौं
email: klubpsychology@gmail.com
http://www.klubpsychology.blogspot.com/


PS: 
Alcohol Consumption in Nepal has increase after earthquake of Magnitude 7.8 which took lifes of more then 8700 people. After this natural disaster alcohol Consumption increases by hung in Nepal according to the recent study. Asking people about their typical alcohol consumption fails to take account of a major increase in their drinking on holidays and special occasions, and this atypical drinking may add an extra 40% to their total alcohol intake, a survey of adults in Nepal has shown. - See more at: 
https://youtu.be/vCOVklP3MSk

Friday, October 30, 2015

यक्ष प्रश्नहरु


प्रारम्भ

सहयोग लिऔं , सहयोग दिऔं । चोरी र बईमानी गर्नुभन्दा माग्नु उत्तम बिकल्प हो । जसले सहयोग माग्न जान्दैन , त्यसले सहयोग दिन पनि जान्दैन । चाहे सुदुर पूर्व होस् या काठमाडौं होस् या सुदुर पश्चिम , सहयोग लिन , दिन नचाहेर मानवता र नेपालीपन सहितको ईमान्दारीता हराएको छ । यो देशमा ईमान्दार नभएका होईनन् तर कोही ईमान्दार भए पनि बेईमान हुने मौका नपाएकाले ईमान्दार भएका होलान् भन्ने ठान्न सक्छौं ।

देश यस्तो संकटमा परेको बेलामा जाग्ने बेला भएको छ । दशैं र तिहारमा कोही भोको नरहोस् । एक छाक भएपनि देशका लागी ख्वाईदिनु होला । देशको जयगान हुनेछ ।

बिजयादशमी तथा तिहारको मंगलमय शुभकामना । हामी भित्र भएको बईमानी माथि देशभक्तिले बिजय पाओस् ।


जसको देशभक्ति खरो छ ,
अघि बढ्ने , दौडने जसको खुट्टा दरो छ ?।
नेपाली, नेपाली , नेपाली !

एक भट्टीको परीदृश्य 

यो एक मदिरालय या भनौ न रक्सी भट्टीको परीदृश्य हो । यहाँ मदिरा बाहेक पूर्व सूचना दिंदा खानाको पनि ब्यवस्था हुन्छ । तामाङ्ग आन्टी , जसलाई सबै नाना (दिदी) भनेर बोलाउँछन् यो उनकै चमेना गृहका (रेष्टुँरा) परिदृश्यहरु हुन् । खासमा निम्न मध्यम बर्गीयहरु , दैनिक मजदुरहरु र काठमाडौंमा घरबार या भान्सा चुलो जोड्न नसक्नेहरुको लागी खाना खाने , रम्ने र झुम्ने चमेना गृह हो यो भट्टी । भदौ ७ गतको टिकापुर घटना र संबिधान जारी हुनु पूर्व तराईमा भएका बिभिन्न प्रकृतीका घटनाहरुको बारेमा बिभिन्न समुदायका मान्छेहरु (खासगरी मदिराप्रेमी) बिचको कुराकानी उनीहरुकै शारीरीक मुद्रा र ठेट नेपालीपनमा चलचीत्रका दृश्यहरुझैं चलिरहेको छ । झुल्न ,भुल्न र खुल्न यहाँ उपस्थीत सबैले मदिरा भने पिएकै हुन् । धरोधर्म ।

चना भट्टमास , कुखुराको खुट्टा टाउको , अ‍ैराग , छ्याङ्ग , निगार आदिको रमरममा अनि चुरोटको धुवाँले निकालेको धमिलो कोलाजमा मदिराप्रेमीहरु मस्त छन् । बाहुन क्षेत्री , तामाङ्ग , मगर , थारु , दलित , मध्य तराई बासी, आदिको क्रमिक आगमन भईरहेको छ र भिन्न भिन्न बिचारहरु गुन्जयमान भईरहेका छन् । तर देश बाँडिएको छ र मन पनि ।

दारुको झोंकमा एउटा थारु भन्छ , “चाहे भने मैले काठमाडौंमा १००० जना थारुहरु भेला गरेर यहि आन्दोलन गराईदिन सक्छु ।” तर उसका साथीहरु भने चिसा आँखाले मात्र प्रतिकृया दिन्छन् । हालसालैको घटना उनीहरुले सुनेको हुनुपर्छ र त्यसैले आफ्ना बिचारहरु पनि स्पष्ट पोख्न डराईरहेका हुनुपर्छ । हो केही उच्श्रृंखलहरुले घटाएको घटनाको मनोबैज्ञानीक जीम्मेवारी उनीहरुले अकारण लिएको जस्तो भान हुन्छ । उनीहरुको रक्सी माथिको निर्भरता र सधैंको शुन्य भावबिहिन आँखा तर सोझो र ईमान्दार प्रबृती सबैले यहाँ देखेकै हो । हो जसरी उनीहरु युगौं देखी पिल्सीए , शायद उनीहरुले ईमान्दार हुनुको बिकल्प भेटेनन् । उनीहरुले अरु जान्दा पनि जान्दैनन् , जानेनन् । एउटा भिड टिकापुरमा उद्देलित हुनुमा बषौं देखीको दमित मनको बाँध फुटेको हुनुपर्छ । यसैपनि भिडको मनोबिज्ञान अराजक हुन्छ नै । भिडको बिवेक हुँदैन ।

यता २२ चौबिसका जस्ता देखीने केही पहाडका युवा (अचेल पहाडि र मेधेशी  या धोती र टोपि भनेर राष्ट्रि«यता दुई फ्याँकमा बाँडिएको छ , गहुँगोरो राष्ट्रि«यता र गाढा खैरो राष्ट्रि«यता) रोष प्रकट गर्दै छन् , “साला धोतीहरुले गर्दा अहिले यस्तो समस्या भोग्नुपर्यो । हिटरमा खाना पकाईरहेको छु ग्याँस सिद्दिएर । उनीहरुले सित्तैमा दिएका हुन् र ? हाम्रो बाटो हामीलाई छोडीदेउ , तेल हामी जहाँबाट पनि ल्याउन सक्छौं । लाईन लगाएर गोली ठोक्नुपर्छ सालाहरुलाई । श्रृतिक रोशन काण्डमा र ईराक काण्डमा ठमेलमा कति धोतीहरु कुटे कति ? उनीहरुको सामान बोकेर पनि हिंडियो । मामाघर जनकपुर बस्दा पनि बजारका पसले धोतीहरुलाई तर्साएर राखेको थिए ।” उ सगर्ब आफ्नो प्रस्तुती दिन्छ । उसले धोती शब्दले घृणा पोखेको मधेशीहरुलाई हो या भारतीयहरु स्पष्ट छैन । सिमा रेखा नकोरीएको सीमाका बासीन्दाहरुलाई एउटै चस्माले हेरीएको छ ।

अर्को जीज्ञासु दौतरी फयाट्ट सोधिहाल्छ उहि निन्दा गर्ने शैलीमा , “६४ साल भन्दा अघि कुटेको हुनुपर्छ । अहिले त भैयाहरुलाई छोईसक्नु छैन । हैन तँलाई भेलेहरु पिटेर ठिक गरे जस्तो लाग्छ ?”

“त्यतीखेरको उरण्ठेउलो जोश । तर पनि अहिले गल्ती गरेछु भनेर थकथकी लाग्छ । बिना फक्क कोही माथि पनि अन्याय गर्नु हुँदैन ।” उ अलि परीपक्क भए जस्तो सुनीन्छ । सँधै एउटैको हालिमुहाली हुन्न भन्ने पनि उसले बुझिसकेको छ ।

केही छिन पछि दुइ मध्य तराई बासीहरुको आगमन हुन्छ र उनीहरु पनि माग्छन् एक माना लोकल रक्सी र उहि गरीबको खान्की कुखुराको खुट्टा र टाउको । 

अधिकार नामको फिला र छाती यी कुनै गरीबहरुले खान पाएका छैनन् ।

देशको झण्डाले होईन एक माना लोकल रक्सीले भट्टीमा मनहरु जोडिन्छन्् । उनीहरु सबैले यस्तै बुझेका छन् । मातेपछि जड्याहँहरु बिच समावसीता र समानता पनि बनिहाल्छ भलै त्यो संबिधानको लिखितम् अधिकारमा नहोला । नजीकैको टेवलमा बसेर फ्राई राईस (भुटेको भात) खाईरहेको एक अधबैंसेसँग उ साखुल्य बन्न खोज्छ , “मैले सल्काएको चुरोटले दाईलाई पिरलो भयो कि ? खाना खाने ठाउँमा चुरोट खान हुन्न हगी ।”

बोक्सी र झाँक्री दुबै जस्तो कुरा उ आफै गर्छ । हो उसले पनि यस समयको जटीलता बुझेको छ । काठमाडौंमा कतैबाट आउन सक्ने प्रहारलाई छेक्न उसले साईनो गाँस्न सिकेको छ । सायद धेरै ठाउँमा जस्तै उसले यस खाल्डोमा पनि नेपाली स्वाभीमानमा बाँच्न पाएको छैन । उसले डराउनु परेको छ । उ साँच्चै कस्तो मान्छे हो शायदै कसैले थाहा पाएका होलान् । उ प्रश्नहरुमा बाँचेको र उत्तरहरु नभेटाएको मान्छे हो । उसका राम्रा पक्षहरु, नराम्रा पक्षहरु गोप्य छन् । उसले नेपाली बन्न पाएको छैन । 

केही क्षणमा तीन जना अधबैंसेहरु जस्ता देखीने , काठमाडौं शहरीया तामझामका बेखर्ची बेरोजगारहरुको प्रवेश मदिरालयमा हुन्छ । एक कप चिया र एक खील्ली चुरोटमा केही घण्टा उनीहरु अरुलाई हेप्ने होच्याउने २२ सत्ताईस गफहरु चुट्ने छन् , गर्छन् । त्यसै मध्य एक जना जुंगे आउनसाथ मधेशीहरु माथी फयाट्ट फुकिहाल्छ – “होईन ए मोदीहरु के यहाँ कुखुराको नङ्गा्र चुसेर बसीरहेका छौ ? फ्याट्ट मधेश छिर्ने , फ्याट्ट गोली खाने अनि हातमा पचास लाख । परीवारलाई मोजै मोज ।” लाग्छ उनीहरु बोईलर कुखुरा हुन् र किलो किलोमा उनीहरुको मोल हुन्छ । उसको कुरा सुन्दा यस्तो पनि लाग्छ कि यि मध्य तराई बासीहरुलेनै तराईमा मधेश आन्दोलनको आगो लगाएर आएका हुन् र उनैका आदेशमा भारतले नेपालमा नाकाबन्दी लगाएको हो ।

यो स्थीतिमा दुबै मध्य तराई बासीहरु निच्च हाँसेर स्थीतिलाई सहजता दिने प्रयास गर्छन् । अघिसम्म मौन बसेको एक मधेशी चाही रातो पिरो देखीन्छ । उ डराएको हो या रीसाएको हो स्पष्ट छुटिदैन । तर स्थीतिलाई सम्हाल्ने प्रयासमा अर्को टेवलमा मदिरामा मस्त एक तामाङ्गसँग , शायद संगै काम गर्ने सहकर्मि हुनुपर्छ , यस्तो प्रस्ताब राख्छ , “यस पालीको दशैंमा फुर्सद भए जनकपुर जाउँ , माछा र मिठो मसीनो खाउँला , गाउँ घुमौला ।” उसले आफ्नो सहृदयता पोखीहाल्यो तर उसले कुखुराको खुट्टा र टाउकोबाट चिहाउन मिल्ने गरीबिमा , आफ्नै दशैंको छाक कसरी टार्ने भन्ने अन्योलमा पहाडबाट आएको संगीलाई कसरी मिठोमसीनो ख्वाउने हो स्पष्ट पारेन । कि त उ मनको राजा हुनुपर्छ कि त औपचारीकता पुरा गर्न झुट बोलेको हुनुपर्छ । यसै पनि दशैं भन्दा छठ पर्वको रौनकता तराईमा हुन्छ भन्ने सुनिन्छ ।

एउटा बेरोजगार फेरी ठोकीहाल्छ र दुबै मधेशीलाई अवाक् , पिलपिल बनाईदिन्छ , छोरी पाएको झोंकमा बुहारी रुवाउने सासु झैं , “माडे र मधेशीलाई दया गर्नु तर बिश्वास नगर्नु । प्रयोग गर र फाल यीनिहरुको जीन्दगीको अभिष्ट , आदर्श हो ।”

किन ? के सत्य हो , होईन हामी त बुझ्दैनौ । संगत गर र मान्छेहरुका बारेमा थाहा पाउ । जीन्दगीमा सम्बन्धहरु बारे मुल आदर्श यही हुनुपर्छ भन्ने लाग्छ ।

हो यी दुई जटिल पात्रहरुले पनि आफ्नो राष्ट्रि«यता धेरै रुप , रंगमा र धेरै धेरै पटक क्यामाफ्ल्याज (Camouflage) गर्नुपरेको जस्तो लाग्छ । यस्तो बाध्यतामा धकेल्ने र घसिट्नेहरुले , उनीहरु आफैलाई आप्रवासी सोच्न बाध्य बनाईदिएका छन् ।

बिना देश कोही बाँच्न नपरोस् । देश भित्रै कोही पनि बिदेशी भनिनु नपरोस् । सदिक्षा र पशुपतिनाथसँग प्रार्थना ।

पुनश्च ः लेखमा मध्य तराई बासीहरु भन्नाले त्यहाँका जनताहरु बुझाउँछ ।
यता मधेशी भन्नाले पृथकता (जातीय, राजनितिक) खोजीरहेको क्षेत्रीय राजनैतिक समुह मात्र भन्ने बुझाउँछ ।

ईतिहासमा आज हामी नेपाली

२०७२ सालको पहिलो ६ महिना नेपालका लागी धेरै अभिसाफ सिद्ध भयो । भुकम्प र त्यसको शीलशीलामा आएको प्रकृतीक बिपत्तिले ९ हजार जतिको ज्यान लियो । संबिधानमा आफ्नो पहिचान र अधिकार लेखाउने नाममा भएको आन्दोलनमा सुरक्षकर्मी र आम जनता गरेर ४९ जनाको ज्यान गायो । संबिधान त आयो तर लुलो , लंगडो र बहिरो जसले अत्याधीक जनमतले सुझाब दिएको कुनै पनि कुरा संबिधानमा समेट्न सकेन । यता बुढा खाँडा नेतृत्वले न त संबिधानमै आफुले राजनितिबाट कहिले सन्यास लिने भन्ने तिथी मिति लेख्न सके न त संघियता , धर्म र शासन प्रणालीबारे बहुमत जनतालाई चित्तबुझ्दो जवाफ नै दिन सके । तर स्पष्ट रुपमै ब्यवस्थापिका संसदमा आफ्नो आयु अझ साढे २ बर्ष रहेको स्पष्ट पारे । जे जसो गरे आफ्नै लागी मात्र गरे ।

यता ईतिहासमै नभएको घटना घट्यो । संबिधान जारी भएको दिनदेखी नै शान्तीपूर्ण भनिएको आन्दोलन त्यागेर आफ्नै देश बिरुद्ध भनौं न काठमाडौंलाई तर्साउन , सीमापार बसेर मधेशी नेतृत्वको एक समुहले , भारतकै खटनपटनमा र मध्यतराई बासी जनतालाई आफ्नो स्वार्थसीद्धिका लागी उक्साएर , प्रयोग गरेर , आफै जोकर बन्दै , अघोषित (आर्थिक) नाकाबन्दी लगायो । नाकाबन्दीले गर्दा कालो बजारीमा खरीद गरेर लुकाएरै ल्याएको पेट्रोल पोखीदा दशैंमा बसमा आगो लागेर ८ जानको मृत्यु भयो । उनीहरु लगाएत ४९ जनाहरुको आत्माले चीर शान्ती पाओस् ।

बितेका ४० दिनका नाकाबन्दीमा आम जनताको दिनचर्यानै पेट्रोलीयम र अन्य उर्जा जन्य कुराको चर्चा र खोजीमै बित्यो । दशैं निरस बन्यो । कति मानीसहरु त गाडीको अभावमा टिका लगाउन आफ्नो थातथलो पुग्ने आँटसम्म गर्न सकेनन् , धेरै जसोहरु दशैंको टिकाको दिनसम्म पनि बिच बाटाोमै अल्झीए । 

तर हो आत्मनिर्भरता बारे सकरात्मक बहस पनि चल्यो । पेट्रोल खानी र अरु प्रकृतीक उर्जा र बिशेष त जल उर्जाको बारेमा ब्यापक खोजतलास हुन थाल्यो । तर पनि देशमा हुनसक्ने आर्थिक कारोबार , बिधालय , ब्यवसाय र कलकारखानाहरु ठप्प जस्तो नै रह्यो । गरीबले र दैनिक ज्याला मजदुरी गर्नेले के खाए होला भन्ने सोचनिय बिषय नै बन्यो  । यसैबिच नेकपा एमालेका के पी शर्मा ओली , माओबादी र भनिए जस्तो अरु राष्ट्राबादी शक्तिको मतको सहाराले , प्रधानमन्त्री पनि बन्न सफल भए । उनीलाई र एमाओबादीका प्रचण्डलाई राष्ट्राबादीको पगडी पनि भिराउने प्रयास भयो ।

तर साँच्चैनै भन्ने हो भन्ने यो नाकाबन्दी र त्यस ईतरका अरु घटनाहरुले न त नेपालको अर्थतन्त्र उकालो लाग्यो न त ओरालो , न त यो अर्थिक संकटनै थियो । कुरा स्पष्ट छ नेपालको अर्थतन्त्रको स्पष्ट खाका कोरीईसकेको छैन । जसो तसो भईरहेको कृषि उत्पादन , खाडीको पसिना यानीकि रेमीट्यान्स र निर्यात भन्दा पनि आयातमा आधारीत राजश्व प्रणली र यसैको बलबुतामा आधारीत “परनिर्भरतन्त्र” जसलाई हामीले अर्थतन्त्र मान्ने भुल गरीरहेका छौ । राजश्व उठाएका करमन्त्रीहरुलाई हामीले नमुना अर्थमन्त्री मान्ने पनि भुल गरीरहेका छौं । 

तर २०७२ सालको आधा बर्षमा सबैभन्दा ठुलो संकट त नैतीक संकट भएर आयो र नेपालीपनको आत्मबोध र अहंम नै चसक्क भएर गयो । हुन त यी घटनाहरु अघिका परीघटनाकै निरन्तरताहरु मात्र हुन् । यसलाई रोक्न सकिनन्थ्यो तर आत्मालोचना अवश्य गर्न सकिन्छ । भुकम्प पिडितको लागी जम्मा भएको अर्थ र राहतको दुरुपयोग र राहत बितरणमा भएको लुक्षाचुँडी , पूर्ननिमार्ण आयोगको बेहाल , हिजो बर्षा र आज चिसो च्याप्न बाध्य भुकम्प पिडितहरु, महिला , बाल बालीका र सुत्केरीहरु , आन्दोलनको नाममा भएका अराजक र अन्यायीक हत्याहरु , राजनैतिक प्रतिबद्धता बिरोधी सुसील कोईरालाको प्रधामन्त्रीको उमेद्वारी , र फुटबल जस्तो नेपाली प्यारो र गरीमामय खेलमा मिलोमतो र सट्टाबाजीले सबै नेपालीको मन थिलोथिलो नै भयो । 

हामी त नैतीक खाडलमा यसरी चुर्लुम्म डुबेका रहेछौ कि यस बाट उत्रिन वा पार नै पाउन धेरैनै समय अवश्य लाग्नेछ । भारतको मिचाहापनसँग त कि लडिएला कि प्रतिष्पर्दा गरेर उनहिरुलाई पछारीएला तर पनि युद्ध जीत्न सामरीक बल कम र नैतीक बल ज्यादा चाहीन्छ । ईतिहासले त्यसै तर्फ ईंगीत गर्छ ।

मधेश र मध्य तराई बासीहरु

तराई नेपालको कुल क्षेत्रफलको जम्मा १७ प्रतिशत भुगोल ओगत्छ । २०११ को जनगणना अनुसार ५१ प्रतिशत मान्छेहरुको बसोबास यहाँ छ । 

तर मधेश भनेर कुनै भुभाग नेपालीहरुले चर्चेका छन् या छैनन् त्यो बहसको बिषय छ । के त्यहाँ बस्नेहरुलाई मधेसी भन्न उपयुक्त होला ? त्यो पनि बहसको अर्को बिषय र तपाईहरुको लागी एउटा यक्ष प्रश्न हो ।


नेपालको कुल जनसंख्याको १८ प्रतिशत को हाराहारीमा रहेका मध्य तराई बासीहरुले मध्य तराईलाई आफ्नो पुख्र्यौली थलोको रुपमा हेर्छन् । तर स्मरणीय कुरा के छ भने मध्य तराई बासीहरुको कुल जनसंख्याको ३५ प्रतिशतको मात्र बसोबास मध्य तराईमा छ । बाँकी रहेका अरु ६५ प्रतिशतहरु जनताहरु छरीएर , धेरै ठाउँमा बिभिन्न ब्यवसायहरु गर्दै , धेरै समुदायहरुसँग मिलेरै नेपालमा बसोबास गर्छन् । यो समुहको एउटा उल्लेख्य संख्या अरबको मरभुमीमा खरब कमाउने झिनो आशामा बाँचीरहेको छ , तातो छिचोल्दै , पसीना चुहाउँदै । जुन रेमीटेन्स उनीहरुले पठाएका छन् त्यसले सामाजीक बिखण्डन पनि ल्याएको कहिले काँही सुनीन्छ । 

यो १८ प्रतिशतको जनसंख्या पनि राजबंशी , धिमाल , दलित  या मुस्लीम जोडेर  हुन आउँछ जो आफुलाई मधेशीको पहिचान दिईएकोमा रुष्ट छन् । 

अचम्मको कुरा त के छ भने राजनिति गर्ने नाममा ५१ प्रतिशतको हाराहारीमा मधेशीको जनसंख्या रहेको झुटो तथ्याङ्क मधेशी नेतृत्व र उनीहरुको मागसंग एक्यबद्धता गरेको भन्ने भारतीय राजनिति तन्त्र प्रचार गरीरहेको छ । झुटो तथ्याङ्कले शायद सहि बिकास रोकिरहेको छ । तराईबाट बगेको नेपाली जल , चुरे भावर क्षेत्रबाट दोहन गरीने गीट्टि र बालुवा जसका आधारमा उसले बिहारमा बिकासका संरचनाहरु र सडक सन्जालहरु खडा गरीरहेको छ । भारतले यस्तै स्वार्थ र सरोकारमा सिमित भएर नाकाबन्दीको राजनिति गरीरहेको छ भलै हालका लागी उसले बिहारको चुनाबलाई आफ्नो राजनैतिक दाउपेच बनाएको देखीन्छ । उ हाम्रो मझौलो खालको अर्थतन्त्र उलटफेर गर्न उद्दत देखीन्छ ।

बास्तबमा मध्य तराईबासी जो अहिले आफुलाई मधेशी भन्छन् या त्यो बिल्ला भिराईएको छ , उनीहरु हजारौं बर्षदेखीनै यही पावन भुमी नेपालमा बसोबास गर्दै आएका हुन् , एउटा निश्चित बर्ण , मिथिला , भोजपुरी र अवध संस्कृती अनि हिन्दु रीतिरीवाज अंगाल्दै । उनीहरु भारतबाट आएका आप्रवासी होईनन् । मधेशीहरु बिचनै धेरै भिन्नताहरु छन् र त्यहाँ पनि बर्णश्रममा आधारीत बिभन्न जात जातीको सह अस्तीत्व छ । यो कुरालाई हेक्का राखौं ।

बास्तवमा जब तराईको औलो थारुहरुले पचाउन थाले र १९५० पछि तराईमा क्रमिक औलो उन्मुलन भयो भारतीय देहात क्षेत्र यानी कि बिहार र उत्तर प्रदेशबाट क्रमिक रुपमा आप्रबासीहरुको नेपाल बसाई सराई बढ्यो । बास्तवमा नेपाल भारत खुला सीमाना , उस्तै रहन सहन , माटो , मौसम र रीतिरीवाजले गर्दा शरुमा रोटी बेटीको सम्बन्ध गाँसेर अनि पछि बिभिन्न बाहना र कारणहरुले उनीहरुको नेपाल बसाईसराई बढेको थियो । मानव बसाईसराई एउटा निरन्तरको प्रकृया हो तर १८१६ को नेपाल र ब्रिटिस ईण्डिया सन्धी पछि ति आप्रबासीहरु रोजगारीको शिलशीलामा (तराईको जंगल फँडानी गर्न) र आश्रय खोज्दै नेपाल पसेका थिए । यहीको मध्य तराई बासीहरुको उदार र सोझो समुदायमा घुलमिल भएर मिसीन पुगेका थिए । ब्रिटिस राजबाट उन्मुक्ती पाउन पनि उनीहरु यहाँको माटो अनि बंसाणुमा मिसीन धेरै अघि देखी नै आईपुगेका थिए । तर बसाई सराईको त्यो शीलशीला अहिले पनि टुङ्गिन पुगेको छैन । बिभिन्न राजनैतिक हतकण्ठा लगाउँदै अंगीकृत नागरीकता लिएर उनीहरु नेपालमा बसाई सरीरहेका छन् र त्यसको प्रत्यक्ष मार यहीका साँच्चीकैका बंशजका आधारका नेपाली नागरीकहरुलाई जल , जमीन , अरु प्रकृतीक सम्पदाहरुको अभाव सृजना गरीरहेका छन् ।

भिन्न भिन्न बिभेदहरु
ए बाहुन (च्याँठीएर) , ए काठा , चुच्चे , थेप्चे , ए धोती , ए मोदी (हालसालै प्रचलनमा आएको भारत ( भारतीय बिरोधि र भारत परस्तलाई बुझाउने गाली) , ए मधेशी (च्याठीएर) , ए भेले , ए पहाडे (च्याठीएर) , ए टोपी , ए टपरे , ए सिदे बाहुन , ए बाजे (आफै भन्दा सानो उमेरकालाई जात सहित चिढ्याउने गाली) ए भोटे , ए लेंडे , ए कोदे , ए जीम्मु , ए दमाई (च्याठीएर) , ए कामी (च्याठीएर), ए सार्की (च्याठीएर), ए ढोली , ए चमार , ए मुसहर , ए तेली , ए छिनाल (भारतमा दलित महिलालाई गरीने गाली) , ए कसाई , ए पोडे , आदि ईत्यादी जातीबाचक गालीहरु आमाकै मुख बाट सुनेर , एउटा बच्चाले सिकेर आउने हो । यसैले आमा , महिला र नारीलाई शिक्षित बनाउँ । अझ त्यो भन्दा धेरै चेतनशील र बिवेकशिल बन्न मद्दत गरौं । सूचनाको क्रान्ति भईरहेको यस समयमा शिक्षाको नाममा लाईक र कमेन्ट पाउने फेसबुके स्यलफीधारी पढाई मात्र आर्जन भयो भने न त महिलाले संघर्ष सिक्छन्  , न त मानवता , समानता र सम्मान नै बुझ्छन् । महिलाको उँधोगति शरु भयो भने देशको पनि उँधोगति शुरु हुन थाल्छ । शायद यस्तै देखीरहनु परेको छ ।

फेरी बाल बालीकाको स्याहार सुसार , भरणपोषण सबैको जीम्मेवारी र अपजस पनि महिलालाई मात्र आईपर्यो भने कामको थकानले उनीहरु चीढ्चीढे हुन्छन् र त्यो बिरक्तता , तिक्तता बालबालीकालाई पिट्पाट जस्ता शारीरीक र अरु मानसीक दुब्र्यभारहरु गरेर पुरा गर्छन् । अनि त्यो बच्चाको बाल मनोबिज्ञानले बदला लिन्छ अर्काका बच्चाहरुलाई आमा चाकरी गाली गरेर । त्यसैले बच्चाहरुलाई अकारण दण्ड सजाय त गर्नै हुन्न । 

सि के राउत जस्ता मानिसहरु यस्तै समाजीक बिकार बृत्तीका उत्पादनहरु हुन् । आफ्नी आमा र दिदी बहिनीहरु माथि सम्मान नभएपछि अर्काकी आमा र दिदी बहिनीहरुलाई नै मान्छेहरु गाली गर्छन् । 

जब दुई जनाको मनोरन्जन र कसरतमै बच्चा जन्माईन्छ भने , स्याहार सुसार र भरणपोषण पनि मिलेरै गर्नु पर्छ । त्यसैले घर घरमा घरायसी काममा पनि महिलाहरुलाई सहयोग गर्ने बाताबरण बसालौं । चुल्होमा आगो कम र धुँवा ज्यादा भईरहेको यो परस्थीतिमा त महिलाहरुलाई सहयोग र साथ दिनै पर्छ ।

माथीका धेरै जसो जातीवाचक गालीहरु यी कानहरुले र तपाईका कानहरुले पनि सुन्ने अहोभाग्य त पक्कै पाएका होलान् । आफु त शहर नभईसकेको शहरोन्मुख नगरको बजारमा हुर्केको मान्छे । मान्छेले “के खाएको छ ? के लाएको छ ? कहाँ गएको छ ? के गरेको छ ? कसरी हगेको छ ?” भने जस्तो सँधै चियो चर्चो हुने नगरको पाखे र असभ्य बासीन्दा भएर हुर्केको प्रतिकृयात्मक पात्र । तर यहाँ पनि मान्छेहरु आफ्ना अभावहरु लुकाउन ( उनीहरुलाई जागीरले दिएको तलब मन पर्दैन , बुढो भएको जस्तो लागेर हो या किन उमेर ढाँट्नु पर्छ , आफ्नै रुप , रंग र ब्यवहार मन पर्दैन , सबै कुरा खोजे जति पुग्दा पनि जीन्दगी र भावना खाली खाली लाग्छ र अब के गर्ने त भन्ने प्रश्नमा घोत्लीन आईपुग्दा “गाईको के जाती कन्याउने” भने जस्तै , आफु भन्दा मनग्य जीन्दगी बाँचेकाहरुलाई गाली गर्ने , चिढ्याउने , नाम काट्ने , र आदि ईत्यादी गरेर रमाउने । 

यो देशको समस्या नै के भयो भने मान्छेहरुले आफु राम्रो बन्ने प्रयास गरेनन् र राम्राको खोजीमा सँधै भौंतारीई रहे । यहाँका सबै मान्छेहरुलाई रेडी मेड भगवान् चाहीएको छ । आफै असल भईदिए त त्यो अन्तहिन यात्रा र त्यसको कष्ट भोग्नु पर्दैनथ्यो त , होईन र ? कुनै हैसीयत नभएका मान्छेहरुले पनि ए बाहुन , टपरे , बाजे , ए काठा , चुच्चे भनेर कति चिढ्याय कति । देश त बाहुनहरुलेनै बिगारेका हुन् , भ्रष्ट , छुच्चो , चोर र बेईमान त बाहुन बाहेक कोही होईनन् भन्ने आशयका कुरा गर्नेहरुको अर्घेलाई त कति पचाईयो कति । तर स्वाभीमानमा बाँचीयो । हँुदा हँुदा त क्षेत्रीहरुले पनि देश बिगारेको त बाहुनहरुले नै हो भन्न थाले । यो प्रश्न सोध्न मन लाग्छ , त्यसो भने उनीहरु के हेरेर बसेका थिए त ? देश सपार्नका लागी उनीहरुको योगदान के रह््रयो त ? आफुले सिन्को नभाँच्ने र दोष बाहुनहरुलाई दिने । ? 

स्पष्ट कुरा के भने साना तिना जातीय र अरु संकिर्णता छोडेर यो देशको अग्रगमनमा दलित , जनजाती र तराईबासी जसले नेतृत्व गे पनि हुन्छ । अरुलाई ताकेर नबस्दा हुन्छ ।

अहिले त जनजाती होस् या अरु सम्प्रदाय वा समुदाय , सबै मधेशी र मध्य तराईबासीसँग चिढिन पाएका छन् , खनिन र खोईरो खन्न पाएका छन् त्यसैले बाहुनहरुलाई दोष कम आईरहेको छ । तर तराईको समस्या भोली समाधान होस् , फेरी पर्सीदेखी बाहुनहरुको खोईरो खनीन थालीनेछ यस देशमा । उसले गरेको देश सेवाको अबमुल्यन हुनेछ । उसलाई बिरोध गरेर बुर्जुवा क्रान्तिहरुको जग राखीनेछ । बाहुनहरुको दोष के भयो भने उनीहरुले हरेक मिचाहा र अवमुल्यन हुने कुरामा प्रतिकृया दिने या जवाफ फर्काउने गरेनन् । त्यही मौनतालाई निरीहता मानेर बाहुनबादको लेप्चे लगाईयो । 

फेरी जेठो बाठो त्यसै हुन पनि पाईदैन होला  यो देश नेपालमा । 

डोरबाहादुर बिष्टले भने झै पछौटेपन बिकासका लागी घातक हो र हाम्रो बुझाईमा जीम्मेवारी नलिनु देशका लागी घातक । मात्र बाहुनहरुले देश बिगारेका या मधेशीहरुले राष्ट्रियतालाई भिरमा लगेर राखेका होईनन् । तपाईहरुबाट कहाँ चुक भएको थियो , त्यो पनि लेखाजोखा राख्नुहोला । अरुलाई दोष दिएर मुक्ति पाईन्न । यो त हामी सबैले गरेको गलत काम र निर्णयहरुको शीलशीलाको एउटा परीणाम थियो कि मोदीको बरद बाहुलीबाट एउटा नाकाबन्दी देशमा लागीपर्यो । केही दिनमै हामीलाई पेट्रोल बिनाको यस्तो सुकेनाशले छोप्यो कि हामीबाट राष्ट्रियता जंगीएर निस्क्यो । 

धन्यबाद मोदी र भारतलाई अब आत्मनिर्भर हुने , जीम्मेवार हुने चेत पो आउँछ कि नेपालीहरुलाई ।

त्यसैले मध्य तराई बासीहरु हो यस देशमा खोईरो खन्नेहरुको कमि छैन , धेरैनै छन् । उनीहरुले तिमीहरुलाई धोती भनुन् या कालो मोति भनुन् तिमी प्रतिकृयाहिन भएर सुनीदेउ । भरसक भोलीदेखी तिमीलाई त्यही नामले चिढ्याउने प्रयास कसैले गर्ने छैनन् । आफ्नो जीम्मेवारी पुरा गर्दै जाने हो । के भो त ढिलै भए पनि राष्ट्रिय पहिचानमा मिसिने हो । सबैले देश पाउँछन् , तिमिहरुले पनि कुनै दिन यही देशको नागरीक बोध सहितको राष्ट्रियता अवश्य भोग्न पाउनेछौ ।

एउटा यक्ष प्रश्न – यस देशको अग्रगमन , बिकास , शान्ती र समृद्दी र राष्ट्रियता सम्बर्धन गर्न तपाईहरुको योगदान के रह्योे ? के त्यागेर यो योगदान गर्नु भएको थियो ? सारमा , देशका लागी के छोड्नु भयो ? देशलाई के दिनु भयो ?

सोचौं । अब चिन्ता होईन चिन्तन गरौं ।

रोजेर लिन नपाईने छिमेकी र आफन्त अनि हाम्रै आफ्नै भारत र चीन


चीनको नियत पनि त्यती नेपाल मैत्री देखीदैन भलै उनीहरु कसैलाई चिढ्याउने र अरुहरुको आन्तरीक मामलामा हस्तछेप गर्दैनन् । उनीहरुको त्यही साधुबादका लागी धन्यबाद । चीनसँगको मित्रता त्यती स्ष्ष्ट नहुनमा हाम्रै नेतृत्व ज्यादा जीम्मेवार देखीन्छ । चीनले बाटो खनिदेला र मनग्य तेल ल्याउँला , भारतसँग लड्न चीनको जतिपनि सहयोग आउला , आदि अपरीपक्क कुराहरु बजारमा चलाउँदै चीनलाई नायकत्व प्रदान गरेर आम जनमानसमा एक किसीमको भ्रमको खेती भईरहेको छ । कहिले काही त यही मृगतृष्णामा नै हाम्रो नेतृत्व अल्झिएको जस्तो देखीन्छ । एक किसीमले ४ असोजमा शुरु भएको नाकाबन्दी र तेलजन्य र अरु अतिआवस्क बस्तुरुको अभाव र आँगनमा आईसकेको दशैं तिहारलाई ख्याल गर्दै जुन तत्परताका साथ काम गरीनुपथ्र्यो हाम्रो राजनिति तन्त्रले त्यसमा त्यती तदारुकता नदेखाएको जस्तो देखीन्छ । सरकारले कानमा तेल हालेर बसको आभाष हुन्छ ।

चीन नेपालसँग भन्दा धेरै ब्यपार भारतसँग गर्छ । करीब करीब ७१ अर्ब डलर बराबरको ब्यपार यी दुई बिच सन् २०१४ मा भएको थियो र भारतले ३७ अर्ब डलर बराबरको ब्यपार घाटा ब्यहोरेको थियो । चीनले करीब ५४ अर्ब डलर बराबरको निर्यात भारत तर्फ गरेको थियो भने भारतले जम्मा जम्मी १६ अर्ब डलर बराबरको निर्यात चीन तर्फ गरेको थियो । अब फाईदा छोडेर चीन भारतलाई चिढ्याउला त ? पक्कै पनि अहिलेको स्थीतिमा उ भारतलाई चीढाएर ब्यपारीक घाटा खान चाहँदैन । चीन जस्तो देशले चाह्यो भने कुनै पनि नाका एक हप्ता भित्र खोलीदिन सक्छ , र उ सँग त्यो प्रबिधि र सामथ्र्य पनि छ । हालको लागी उ पनि हेर र कदम चाल भन्नेमा रणनिति लिएर बसेको छ । चीनमा मात्र्र भर पर्नु भनेको पनि भोली उसलाई हेपाहा साँढे बनाईदिनु हो । सबै छिमेकीहरुसँग समदुरी बनाउनुनै आजको उत्तम परराष्ट्र निति हो ।

तर उ नाकाहरु खेल्नका लागी दशैंसम्म पर्ख भन्छ । बाबा , चीन माथि नेपालको भन्दा भारतको धेरै प्रभाव छ , भलै केही स साना मुद्दाहरु पनि उनीहरु अल्झिएका छन् । तर उनीहरुको ब्यपारलाई त्यसले खासै असर पार्दैन । हालको चीन निति लड्नु भन्दा “एक क्षेत्र एक मार्ग” निति अनरुप ६० जति एसीया र युरोपका देशहरुलाई “पुरानो रेशम मार्ग“ अन्र्तगत जोडेर ब्यपार गर्न चाहन्छ । यता “टिब्बत आफ्नो अभिभाज्य भुमी” केन्द्रीत नितिलाई अलि पर सारेर ब्यपार र छिमेकी राष्ट्रसँगको संबादलाई चीनले प्राथमिकतामा राखेको देखीन्छ । उ भारतसँग सामारीक भन्दा पनि ब्यपार र अरु क्षेत्रमा प्रतिष्पर्दा गर्ने जोडमा देखीन्छ । नेपालमा उ त्यती ठूलो बजार र खर्चन सक्ने क्रेता देख्दैन जती भारतमा उ त्यहाँको मध्यमा बर्गका लागी समान ओसार्न आतुर छ । आजको बैश्यहरुको युगमा हामी त भुगोल र जनसंख्या दुबैले ठगीएका निम्न बर्गीय क्रेताहरु हौं । 

अब नेपाल र नेपाली मनोबिज्ञानले पनि ब्यापार र प्रतिष्प्रर्दालाई नै गरीबि र पछौटेपन बिरुद्धको बिजय शास्त्रको रुपमा बुझ्नु आवश्य देखीन्छ ।

भारत र चीनलाई हामी चाहिएको होईन , नेपाललाई उनीहरु चाहिएको हो । हामी परनिर्भर र निरह भएर छट्पटिएको मनोबिज्ञान अझ उद्देलित बनाएर उनीहरु रमाउन चाहन्छन् । पेट्रोल राजनितिले च्याप्दै नेपाली नेपाली बिच बिष सार्नेकाम जो भारतले गर्यो त्यो कुनै पनि जीम्मेवार छिमेकीको लागी शोभनिय काम भने होईन । तर त्यसैमा उनीहरुले रमाएका पनि छन् । अब क्यालकुलेटर लिएर सामानको मोलमलाई गर्ने ब्यपारीहरुले नेपालको राष्ट्रियताको झिनो अहं बाचई देलान् भन्नु र सोच्नु मुर्खता सीवाय केही होईन । 

चीनको भर नपर्न र आत्म निर्भर अनि अन्तरनिर्भर कसरी हुन सकिन्छ भन्नेमा हामीले कदम चाल्नुमा बुद्धिमानी देखीन्छ । केटौले पारामा कहिले भारतीय च्यानल बन्द गर्नु त कहिले नेपालीको यो नैतिक युद्धमा चीनले सहयोग गर्ला भनेर ठिङ्ग उभिनुु हाम्रो निरह मनोबिज्ञानको बुद्धिबिलास मात्र हो । यसैपनि चाईनाको परराष्ट्र निति अरु देशको आन्तरीक मामलामा हस्तछेप नगर्ने भन्ने स्पष्ट छ नै । भारतको बल मिचाई बिरुद्धको युद्ध केवल हामी नेपाली मात्रको समस्या हो ।

हो भुपरेवेष्ठित राष्ट्रिको हिसाबले ब्यपार र ओसार पसारको लागी पाउनु पर्ने समुन्द्रसम्मको निवार्ध मार्ग र पारवहन सुबिधा नेपालले पाउनुपर्छ । तर संयुक्त राष्ट्र संघले पनि यो मुद्दालाई भारतीय चस्माले हेर्ने निश्चित प्राय छ किनकी भारतले राष्ट्र संघमा हामीले भन्दा धेरै खर्च गर्छ भलै राष्ट्र संघिय शान्ती सेनामा नेपालको भारतको भन्दा ठुलो साख छ । तर जे होस् यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्नु पर्ने बेला भईसकेको छ । भुपरेवेष्ठित राष्ट्रको समस्या माथी भारतले खेलाची गर्न मिल्दैन । भारतसँग सीधा कुरा गर्ने र दब्ने होईन । उसका पनि हाम्रा भन्दा धेरै समस्याहरु छन् र हामी पनि उसलाई चेप्न सक्ने धेरै कोंणहरुमा छौं । हाम्रो शान्ती प्रतिको आस्थालाई उनीहरुले कमजोरी नसम्झिंदा राम्रो हुन्छ । 

फेरी सल्लाह र सहयोग मागे पछि मात्र दिनुपर्छ भन्ने हेक्का भारतले नगर्दा जसरी पनि आफै पराजीत हुने युद्धमा उ फसेको छ । भारत नेपाललाई आफ्नो बलबुताले भ्याएसम्म सुक्ष्म ब्यवस्थापन (Micro Management) गरेर परनिर्भर बनाउने गरी चंगुलमा राख्न चाहन्छ । यसै र यस्तै गलत बुझाइमा आधारीत उसले आफ्ना सुरक्षा नितिहरु बनाएको छ । आफ्नो हरेक कुराहरु उसकै जीद्दि र अड्डीमा चल्नुपर्छ भन्ने हुल्याह मानसीकता उसमा छ । अहिले लाग्न थालेको छ मानसीक र ब्यक्तिगत रुपमा भारतीयहरु काला बेलायतिहरु हुन् र बेलायतिहरु गौरा भारतीयहर र दुबै उस्तै मिचाह र हुल्याहा ।

नेपाली नेताहरुलाई लगाम लगाउने हामीहरुले नै हो , सिमाना कोर्ने या नकोर्ने हामीले नैे हो । नेपालीहरु त्यसमा सार्भभौम छन् र शक्तिशाली पनि । 

यसलाई नाकाबन्दी भन्नु भन्दा पनि डाँकाबन्दी भन्नु उपयुक्त देखीन्छ किनकी संसारमा कहिं नभएको , आफ्नै देशलाई बिदेशीको सहयोगमा नाकाबन्दी गर्ने दुष्साहस मधेशबादी दलहरुले गरेका छन् । स्पष्ट छ नेपाली समाजमा यो दुर्घटनाको तुष लामो समयसम्म रहिरहनेछ , छिट्टैनै सद्भाव बृद्धि गर्ने कुनै घटना या कार्यक्रम नघटेमा । आम मधेशी जनतालाई यसले झन् पिरलो पार्ने देखीन्छ । राष्ट्रिय पहिचानमा समाहित हुने उनीहरुको आकांक्षा झन् पर पर पुर्याईएको जस्तो भान हुन्छ । 

फेरी भन्नुपर्छ , यता चीनसंग धेरै साखुल्य हुन खोज्नु पनि भोलीका लागी अर्को हेपाहा जन्माउने एउटा गलत रणनिति हो । हामीले आफ्नौ स्रोत साधनको अधिकतम प्रयोग गर्नुपर्ने देखीन्छ , चाहे उर्जामा होस् या प्रजामा । यता दुबै छिमेकीसँग समदुरी राखेकै बेस । अहिलेसम्म भएको के हो भने नेपालले जबदेखी आर्थीक र सामाजीक सम्बन्ध भारतीयहरुसँग र गणतन्त्र भारतको स्थापना पछि दौंत्य सम्बन्ध भारतको शासक बर्गसंँग राख्न थाल्यो तब देखीनै नेपाल घाटामा र भारत फाईदाको साझेदारीमा देखीएको छ । हामी उनीहरुलाई सुरक्षा दिन्छौं , पानी दिन्छौ र परेको बेलामा सदासयता तर उनीहरुले किनेरै पनि एक मानो तेल दिंदैनन् । भुपरीवेष्ठीत यस देशलाई आयातका लागी बाटो दिदैनन् बरु बिभिन्न सन्धिहरु तेर्साउँछन् । अन्तराष्ट्रीय सन्धी र सम्झौताको उलङ्गघन गर्न कसैले भारतबाट सिकोस् , बंगलादेशसँग होस् या पाकिस्तानसँग होस् या नेपालसँग । फेरी यस्तै यस्तै कारणले त होला उसले दुष्मन कमाउने ।

अब नयाँ नेपालमा सबै छिमेकीहरुसँग नयाँ हिसाब किताब हुनुपर्ने देखीन्छ । भारतसँग समानतामा आधारीत भएर साजेदारी , भागेदारी र हिस्सेदारीको मैत्रीय सम्बन्ध बन्छ भने ठिकै छ , नत्र भने सीमानामा काँडेतार लगाउने हो र दुइ देश बिच खुला सीमाना र सम्बन्ध बन्द गरेर भिजा प्रणाली शुरु गरीदिने हो । उनीहरुले आप्mनै दम्भ र मिचाहा प्रबृतीले कामाएका आतंकबादीहरुबाट सुरक्षित र हामीहरु उनीहरुको हेपाहा प्रवृतीबाट सुरक्षित । 

उनीहरुले सदियौं देखी नै नेपालीहरुको ठुल्दाई बन्ने असफल प्रयास गरेको देखीन्छ तर भारतले यो बुझन पनि जरुरी छ कि कालखण्डले हामी उनीहरुका बडा हजुरबुवा हौं । 

ब्रिटेनको उपनिवेशबाट अमेरीका उम्कनु आठ बर्ष पुर्वनै बनेको , पाँच हजार बर्ष पुरानो ईतिहास भएको यो देश नेपाल संसारका १७ प्राचीनतम् राष्ट्रहरुमा पर्दछ । हाँसो उठ्दो कुरो जम्मा जम्मी ७८ बर्ष पुरानो उपनिवेशबाट स्वतन्त्र एउटा राष्ट्र हाम्रो दाई बन्न खोज्दछ । निश्चयनै हाम्रा पनि आफ्ना गल्ती र कमि कमजोरीहरु छन् ।

साँच्चैनै भारत दक्षिण एसीयामा शान्ती चाहन्छ भने उसकै घृणा , हेपाहा प्रबृती र धार्मीक संकुचनले उमारेका अनगीन्ती आतंकबादी पाठशालाहरु बन्द गरोस् र पाकिस्तानलाई आतंकबादी कलकारखानाहरु बन्द गर्न मनाओस् , लगाओस् । दुष्मन उसले कमाउँछ हामीले किन लडिदिने । 

भारतीयहरुले नेपालीहरुलाई भाई भाई हौ र एउटै धर्म संस्कृतीमा बाँच्छौं भनेर फुस्लाउनु भन्दा कसरी असल छिमेकी र मित्र बन्न सकिन्छ भनेर घोत्लीन जरुरी छ । उनीहरुको स्वार्थको लागी नाम मात्रको भाई या मित्र अब हामी बनिदिने छैनौ । यसै पनि हामी प्रकृतीको धेरै पूजा गछौं , उनीहरु मुर्ति र मुढाको (नायक , भ्रष्टचारी र क्रिकेटर / Cricket, Cinema and Corruption) । हामीहरु उनीहरु भन्दा धरैनै सहिष्णु पनि छौं । ठ्याक्कै भन्ने हो भने रुपमा नेपाली र भारतीयहरुको धर्म एउटै हो तर सारमा धेरैनै फरक । 

हामी जहाँ गएपनि साथीहरु बनाउँछौं उनीहरु दुष्मन कमाउँछन् ।

फेरी यो पनि हो कि , युद्ध जीत्न गोला , बारुद र तोप भन्दा पनि नैतिक बल धेरै नै चाहीन्छ , चाहींदोरहेछ । भारत र भारतीयहरुलाई हामीले घृणा गर्यौ भने परनिर्भरता , हुल्यापन र गरीबि बिरुद्धको युद्धमा पहिलो मोर्चामा नै हामी नेपालीहरुको पराजय हुनेछ । शत्रुलाई त झ प्रेम गर्ने हो द्वेष र क्लेष दुबै नराखी । शान्त मनले मार हान्न सजीलो पनि त हुन्छ ।

मध्य तराई बासीको पिडा र स्पष्ट कुरा
पन्चायत कालमा मण्डले राष्ट्र«बादले मध्य तराईबासीलाई बर्ण , भाषा र संस्कृती , रहनसहन आदी ईत्यादीको आधारमा बर्षौं सम्म जे जति पनि दुख यी नेपालीहरुलाई दिए त्यो अघोरै अन्यायपूर्ण थियो तर त्यसको बदलामा बईमानी सहितको भारतीय साखुल्यबादले आम नेपालीलाई कम दुख दिएको छैन । एउटै तराजुमा राखेर सबैतिरको अन्यायको लेखाजोखा हुनुपर्छ । स्पष्ट भनिदिंदा बितेको १० बर्षमा तपाईहरुलाई दुखको भुमरीमा झोंस्ने पहाडे राष्ट्र«बाद र अहंकारबाद (मधेशी नेतृत्व भनिबक्सन्छ) भन्दा पनि तपाईका मौसुफ नेताहरु भ्रष्टचार , ठालुबाद , परिवारबाद र स्वार्थबाद ज्यादा जीम्मेवार देखीन्छ । त्यसैले थारु या जनजाती या भारतकै काँधमा बन्दुक राखेर आम दुखी नेपालीमाथि त्रासको गोली हान्न छोडिदिनुस् ।

केही हदसम्म मध्य तराई बासीहरु पिडित हुन् । तर फेरी अर्को पाटो के हो भने , उनीहरुको समाज र समुदाय धेरैनै गोलबद्ध छ त्यसैले मधेशी नेतृत्वले भने जस्तो बाहिरीया पहाडेहरुले भन्दा पनि भित्रैकाले ज्यादा शोषण र दमन गरेको देखीन्छ । सबै जात जातीकालाई सबैभन्दा धेरै आफ्नैले नै दुख दिएका हुन्छन् । जमिन्दारहरुको हैकम र शोषणमा र उनीहरुले पाउने आरक्षणको सुनौलो टिकटमा पहाडीया या अरु कुनै समुदायका मान्छेहरुलाई गलत देखेर हुँदैन । त्यहाँका दलितहरुको स्थीति , समाजमा भएका कुरीतिहरु के , कसले र कसका लागी ? 

अरुलाई औंला ठड्याउनु बेतुक हो । बाहुनलाई सबैभन्दा धेरै थिचोमिचो बाहुनलेनै गरेका हुन् । यो भन्दा भन्दै पनि देखीएको र भएको अन्यायमा आँखा चिम्लन मिल्दैन र त्यसैले के भन्न उचित लाग्छ भने थारुहरु र दलितहरु माथि अन्याय भएकै हो र थारु , दलित र तामाङ्गहरु पछाडि पारीएका नैै हुन् । राज्य संयन्त्रले समान स्तरमा अधिकार त्यो भन्दा पनि बिकास बाँड्न नसकेकै हो । अझ दलित र तामाङ्गहरुमा धर्म परीवर्तनको जालोले नराम्ररी छोपेर उनीहरुलाई सामाजीक सम्बन्धहरु बिच्छेद गर्न उक्साई रहेको छ । पूर्वतिरका किराँतहरु , बिस्तारै थारु र मधेशी दलितहरुमा पनि यो आस्था बिरोधी ब्यापार सल्काउने दुष्प्रयत्नहरु भईरहेका छन् ।

तर यति भन्दा भन्दै पनि कुनै पनि टिकापुर या जलेश्वरमा या बिरगन्जमा कसैले पनि घटाउन सकने बर्रबरता र हत्यालाई किमार्थ जातीय या शासकको जामा लगाएर दन्ड मुक्त गर्न मिल्दैन । तर एउटा ब्यक्तिबाट भएको अपराधमा कुनै पनि समुदाय या सम्प्रदायलाई जोड्न मिल्दैन । नत्र त देशमा दन्ड हिनताको शीलशीला चलिरहन्छ र देशको राजनिति र सामाजीक बिकास कहिल्यै स्थीर रहँदैन । समाज सँधै द्वन्दमा रुमलीईरहन्छ ।

पहिचानको कुरा जो मध्य तराईमा उठिरहेको छ त्यसलाई पचाउनै नसकिने “हक” भन्दा पनि “ज्गनर अंकमाल”े ले सुल्झउन सजिलो होला । राज्यले तपाईहरुलाई हक दिने बहानामा कानुन बनाईदिन्छ तर समानताको प्रत्याभुती भने तपाईहरुलेनै ट्याग भिराईदिएको पहाडेहरु सहितको समुदायमानै आफ्नो समस्या र आशा दुबै खुलस्त राखेर , उनीहरुलाई आफ्नो मिचाहपन हो या ठालुपन हो या मधेशी प्रतिको अबिश्वास हो छोड्न लगाएर आफुले पनि पछौटेपन र पिडित मानसीकता दुबै छोड्दा तपाइहरुको अधिकार पनि सुनिश्चित हुन्छ नै । नत्र नाकाबन्दिले भिराएको तुषले आज हामीलाई नभएपनि भोलीका दिनमा हाम्रा सन्ततीहरुलाई अन्तहिन दुख दिनेछ । पहाडमा बस्दा ज्वाँई बन्न खोज्ने तर भारत पस्नसाथ भाई बन्न खोज्ने प्रबृती तपाईहरुले त्यागनै पर्छ । भारत हाम्रो दुस्मन होईन तर खरानी घसेको जोगी जस्तो , भारतीय भन्दा पनि ठुलो भारतीय नेपालमा बन्न खोज्दा कसैले रुचाएका छैनन् । 

यता तराई भनेको बिहार हो भनेर दुनियालाई उल्लु बनाउने भारतीय फट्याँई , नेपालमा बनेका र जन्मीएका हरेक कुरालाई भारतीय लेप लगाउने उनीहरुको दरीद्रताले मध्यतराई बासीहरु धेरैनै पिडित हुनुपर्छ । नेपाल र नेपालीपनलाई हामी सारा नेपालीलेनै जगेर्ना र सम्बर्धन गर्नुपर्ने देखिन्छ ।

नेपालमा कोही पनि आप्रबासी होईनन् । यो त समीश्रणहरुको बृहत फुलबारी हो । धेरै भुगोलका बंसाणुहरु आएर यहाँको समुदायमा प्राकृत रुपमै मिसीएका छन् । त्यो हाम्रो भन्दा पनि प्रकृतीकै चाहना हो र सुन्दरम् श्रृङ्गार हो । नत नेपाल जर्मनी या जापन जस्तो एकल जातीय समुदाय हो न त यो संयुक्त राज्य अमेरीका जस्तो आप्रबासीहरुको देश नै हो । यो त बिबिधताहरुको देश हो । सुन्दर देश हो । यो हातेमालोलाई हामीले अबिछिन्न राख्नै पर्छ । नेपालमा कोही आप्रबासी छैन ।

तर चुनाबी हारजीतका लागी जथाभावी नागरीकताको बितरण अहिलेको राजनिति तन्त्रले ल्याएको ठुलो समस्या र गल्ती हो । संबिधानसभा चुनाब ईतर ३८ लाख आधिकारीक भारतीय जनतालाई नागरीकता बाँड्नुले समस्याको चुरो स्पष्ट हुन्छ । हाम्रो सिमित प्रकृतीक स्रोत साधन बिरुद्ध नयाँ आप्रबासी हुलले हजारौं बर्ष देखी यहि माटोमा श्रम र पसिना पोखेकालाई बिस्थापित गर्ने हो कि भन्ने राष्ट्रि«य चिन्तन हुनुपर्ने बिषय हो । चाहे त्यो आफुलाइ जनजाती देखाउँदै नागरीकता हडप्ने उत्तर तिरबाट नेपाल छिरेका रसुवा या सोलखुम्बु तीरका अंगीकृतहरु हुन् या दक्षिणतिरका रोटी बेटीको साईनो गाँस्न आउने बिहारी या उत्तर प्रदेशीया नै किन नहुन् । सबैलाई उस्तै निति र नियम लागु हुनुपर्छ । राष्ट्रि«य सुरक्षा , भौगोलीक अखण्डता सार्भभौमीकता सबै नेपालीका लागी उत्तिकै चासोको बिषय हुनुपर्छ । तर नेपाली बन्न चाहने सबैलाई नेपाली बन्न छुट पाउनै पर्छ , एउटा सीमा र परिधि भित्र बसेर, नियममा बाँधिएर । नेपालीको मन सानो छैन , यहाँ जसले पनि आश्रय पाउन सक्छ । तर देशको बिशिष्टता र अखण्डतामा कसैसँग सम्झौता गर्न सकिंदैन , पाउँदैनन् । 

नागरीकतालाई होईन सदिच्छा र सद्बिचारलाई अंगीकृत गरौं । देशको भलो हुन्छ , नेपालीको जय हुन्छ ।

यो माटो फिजी , भुटान या सिक्कीम होईन । सदा स्वतन्त्र रहेको हाम्रो मन पराधिनता कति पनि सहँदैन । स्वतन्त्रता दिवस बिनाको यो देश भारतको लागी सदैब ईष्र्याको देश भएको छ । भारतमा स्वतन्त्रता एउटा प्यानडोरा बक्स हो ।

तराईबाट सबैलाई लखेट्न सक्छु भन्ने भुत्रो हुँकार पनि छोडीदिनुस् । किनमेलमा गएका मान्छेहरुको अंग काटेर या घाईते पुलीसलाई थुतेर मारेर बदला लिन्छु भन्ने सोच आफुमा या आन्दोलनको लागी उक्साउनेमा छ भने तुरुन्त सुरक्षा निकाएका खबर गर्नुस् ।  सुरक्षा बलले कुनै पनि शान्ती पूर्ण आन्दोलन भएको ठाउँमा अत्याधीक बल लागाएको छ भने नागरीक समाज र समुदायमा राख्नुस् । देशलाई सहयाृग गर्नुस । यो भिन्न भिन्न हुने समय होईन । अहिलेको समयमा नेपाली नेपाली बिचको एकताको बिकल्प छैन । बितेको २४० बर्षमा नेपालमा कसैले पनि पूर्ण , चाहे जस्तै सफा र शुद्ध न्याय पाएको छैन । सबै नेपाली जनता असफल नेतृत्वले गर्दा आर्थिक सामाजीक रुपमा उत्तिकै पिडित छन् ।

चेतना रहोस् आश्रय दिएका माथि जातीबाद , आतंकबाद र पृथकताबादको राजनैतिक हतियार प्रयोग गर्न खोज्ने कुनियत देश द्रोहीहरुलाई यस देशका जनताले सदियौं देखिनै सीमाना कटाईदिने चलन चलाएका छन् । हाम्रो न्याय प्रेमी चाहनालाई कतै पनि लाचारीपन नसम्झीईयोस् ।

नया शक्तिको बहसमा , राष्ट्रि«य पहिचानमा नआएका , नपाएका मध्य तराई बासीहरुलाई बाबुरामले सत् राजनितिमा समेट्न सके र जातीबादी बिष हटाउन सके सारा नेपालीको कल्याण हुन्थ्यो । तर फल पाक्ने बेलाम नेप्रिएर हिंड्ने उनको प्रबृतीले त्यस्तो हुन देला जस्तो त लाग्दैन । पार्टी छोड्नुको साटो त्यही संघर्ष गरेर , केही नभएपनि प्रत्यक्ष निर्वाचन प्रणालीलाई स्थापन गरेको भए उनी साँच्चैनै एउटा बैज्ञानिक राजनेतामा दरिन्थे र राष्ट्र«पतिको चुनाबमा सारा मत उनकै नाममा खस्थ्यो । तर उनीले चलाएको नयाँ शक्तिको बहसले पनि एक समयमा आएर लक्ष्य प्राप्त गर्न सक्यो भने पनि फेरी उनी यसरीनै नेप्रिएर हिंड्ने पो हुन् कि ? अस्थीर मान्छेको के भर ? 

के गर्नु ? सतिले सरापेको देश भन्छन् ।

ठुलो भागमा आँखा लगाउनेहरु बढदैनन् रे । थारुहरु यस्तै बुझ्छन् । मधेशी नेतृत्वलाई सुझाब छ, अधिकारको पुलाउ धेरै नखाउ, वाकिएला । मध्य तराई बासीको आर्थिक समाजीक पक्ष बामे पनि नसर्ला यस कथित संघियतामा । मधेशी नेतृत्वको हबिगत पनि “आँखाले देखेजति पाईलाले छोएजति सबै जमिन डकार्छु भन्दा भन्दै सास रोकिएर मरेको लोभी जमिनदारको” जस्तो देखीन्छ । पाएको अधिकारहरुलाई संस्थागत र सम बितरण गर , गर्दै जाउ । दलितहरुलाई पनि मुलधारमा ल्याउ । 

आज लाग्छ तुईन र संघियता उस्तै पो हो कि , दुबैको भर नहुने ।

बाईबल सुनाउन मरीहत्ते गर्नेहरुले पहाडको धर्म निरीपेक्षता र  दलितहरुलाई लेखेट्न खोज्नेहरुले तराईको संघियतालाई कहिल्यै नेपाली समाजमा सुनश्चीत हुन दिने छैनन् । यसै पनि जनताको बुझाई र आवश्यकता बिकेन्द्रीकरण थियो । स्थानीय निकाएको स्थापनाबाट सुरु हुने बिकेन्द्रीकरण हुदै संघियतामा जाने बाटो सजीलो , बैज्ञानीक र सार्थक हुन्थ्यो । तर संघियताको नाममा जुन बिग्रह बितेका केही महिनाहरुमा देखीयो लगभग सतप्रतिशत नेपाली जनता नै संघियता बिरोधि भईसकेको आवाज गुन्जायमान छ ।

दुइटा यक्ष प्रश्न ः के ओलीको सरकारले संघियतालाई संस्थागत गर्न सक्ला ? र के यो संबिधान लागु होला ?

आजका दिनहरुमा अधिकार र पहिचानको नाममा हुने आन्दोलनले युद्धका लस्करहरु मात्र बढाउने खेलो गरेको देखीन्छ । पाएका अधिकारहरु मात्र बचाउन सकिएमा भोलीका दिनहरुमा अधिकारका अरु आम्दानीहरु पनि हुनेछन्, समय र सन्धर्भ सहित । अधिकार पचाउन पनि मान्छे बिस्तारै अभ्यस्त हुँदै जानुपर्छ नत्र छाडापन र स्वतन्त्रता बिचको सिमारेखा धुमील हुन जान्छ । तर हालसालै समसामयीकिमा त्यस्तो केही पनि सकरात्मक स्थीतिहरु देखीएका छैनन् ।

हुन के सक्छ भने , पहाडेहरुले एक कदम पछाडी फर्किदिए र मध्य तराई बासीहरुले दुई कदम अघि सारीदिए भने राष्ट्रि«य पहिचानमा उनीहरु सजिलै समाहित पनि हुनेछन् । पहाडका मान्छेहरु लखेट्छौं र बदला लिन्छौं भन्ने मानसीकता बोक्यौ भने उनीहरु आफै मासिनेछन् । क्षेत्रीयता , जातीयता, भारतीय नाकाबन्दीको तुष मेटाउन पनि मध्य तराई बासीहरु आफै नै अग्रसर हुनुपर्ने देखीन्छ । जब सद्भाव रहन्छ मधेशीहरुका जायज मागहरुमा सारा नेपालीहरुको एक्यबद्धता बढ्दै जानेछ । 

केही यक्ष प्रश्न हरुको पनि उत्तर खोज्नुपर्ने देखीन्छ – मधेशीहरुको मागसँग अरु नेपालीहरुको एक्यबद्धता किन छैन त ? मधेशीहरुको देशभक्ति प्रतिको अविश्वास र संसय के कारणले हो त ?

अधिकार त कलान्तरमा मधेशीहरुले मात्र होईन सबै नेपालीलेनै पाउने नै छन् , भलै पूर्ण न्याय कसैले नपाउलान् । तर अग्रीम रुपमा , मधेशी समुदायका अगुवाको पगरी गुथेकाहरु , अधिकारबादीहरु र समाजीक रुपमा गन्यमान्य भएकाले एकलकाटे सोच , दम्भ र “भारतीय भ्याकुताले फुलेर साँढे जत्रो हुन्छु” भन्ने जस्तो सोच छोड्नु पर्ने बेला भईसकेको छ । अधिकार मात्र थुपारेर केही हुनेवाला छैन , समय सापेक्ष सोच र ब्यवहार पनि परिवर्तन गर्नुपर्ने बेला आईसकेको छ । कि त अरुलाई समेट्न पर्यो , होईन त आफु समेटीन तयार हुनुपर्यो । नेता पनि आफै र कार्यकर्ता पनि आफै हुन पाईंदैन ।

हामी सारा नेपालीहरुले यो शुभकार्यमा साथ दिने हो , हात दिने हो तर अलिकति उँभो लागेपछि हामीलाई लात दिन पाईन्न । सारा पिछाडीएकाहरुलाई यसरी नै अघि सार्ने हो र राष्ट्रि«य पहिचानमा एकाकार गरीदिने हो । ईमानदारीता आजको खाँचो हो । फेरी मध्य तराई बासीहरु नेपाली हुन् र उनीहरुले भारतीय संस्कृतीको अभिनय गर्नुपर्ने देखीदैन । 

नेपाली हूनुमा जुन आत्मसम्मान छ त्यो भारतीय बन्नुमा छैन भन्ने भोगाई मध्य तराईका पिडितहरु या भारत प्रवास बसेका अरु नेपाली नेताहरुसँग सोध्दा राम्रो ।

२०७२ साल भदौ ७ गतेको टिकापुरको घटनाले मधेशी नेतृत्व माथिनै औला ठड्याएको छ । थारुको अधिकारका लागी मधेशीले बोल्नु पर्ने या लड्नुपर्ने होईन । उनीहरु आफै सक्षम छन् । यसैले माटोले नेतृत्व जन्माउला भनेर कुर्नु भन्दा पनि त्यही समुदाय बिचबाटै एउटा नेतृत्व झुल्कनु पर्नेछ जसले आम राष्ट्रि«य सहमति , सद्भाव र आर्थिक समाजीक बिकास अगाडी सार्न सकोस् । मिलेरनै देश बनाउने हो । 
यसका अलावा राजेन्द्र महतो प्रबृतीलाई सीमानामा लगेर छोडिदिए मधेशको राजनिति आफै संग्लो हुन्छ ।

नाकाबन्दी लगाउनेहरुले या लगाएको भन्नेहरुले – लगभग ७५ भन्दा धेरै दिन देखीको मधेश आन्दोलनलाई र त्यहाँको ठप्प जनजीबिकालाई नबुझ्ने काठामाडौंका बासीन्दाहरुलाई (या शासक बर्गलाई) चेताउन पनि आन्दोलन गर्नुपर्ने जस्तो आशयको कुरा जो सारेका छन् , त्यो सरासर अनुचीत देखीन्छ । हो मध्यतराई बासीहरुका कुराहरु सुनेर , जायज मागहरु सम्बोधन हुनुपर्दथ्यो र जुन जुन मागहरु पुरा गर्न सकिन्नथ्यो त्यो स्पष्ट भनि दिनुपर्दथ्यो । समयमानै यस पाटोको सुनवाई हुन सकेन । यसका अतिरीक्त मध्य तराई बासीहरुका खास खास मागहरु के हुन् भनेर पनि मधेशी नेतृत्वबाट खाका आएन भलै भारतीय पक्षबाट ७ बुँदे संसोदनको  प्रस्ताब आएको थियो । तर मन्द बुद्धिहरुको सरकारी नेतृत्वले दिर्घकालीन आशयको समस्या देख्न चाहेन र खाली भारतीय घुसपैठलाई राष्ट्रीयताको जामा लगाईदिएर पन्छीन खोज्यो । 

देशमा भारत बिरोधी आम भावना उम्लीहाल्यो । तीन दलले संबिधान बनाउँदा गरेको गल्ती ढाक्ने सुअवसर पायो भने उता मधेशी नेतृत्वले आफुहरु भारतीय स्वार्थको लागी प्रयोग भईरहेको थाहा पाएन । मधेशी नेतृत्व र नेपाल सरकारले खनेको अर्कमण्यतालाई अहिले मध्य तराईबासीहरुको थाप्लोमा झुण्ड्याउने प्रयास भईरहेको छ । मान्छेहरुले के सम्म भन्न थालीसकेका छन् भने नाकाबन्दीमा देखीएको मध्य तराई बासीहरुको सहभागीताले उनीहरुको नेपाली हुनुको बिश्वासनियता गुमेको छ । यता नाकाबन्दीमा दक्षिणतिरका बिहार र यु पीका घुसपैठ र नेपालकै जनतालाई जबरजस्ती आन्दोलनमा सहभागी गराउन धम्की सम्म दिने काम भएको छ ।

यसका अतिरीक्त नाकालाई ठप्प पारेर आफ्ना उचित अनुचित माग पुरा गराउने प्रबृतीलाई राष्ट्रि«य स्तरबाटनै आलोचना भएको छ । संबिधान थोपर्न भएको तिन दलको हुल्याहा प्रबृती या सिमाङ्कनको लागी भनेर नाकाबन्दी गर्ने मधेशबादी प्रबृती एउटै तराजुमा राखेर जोख्नुपर्ने भएको छ ।


तराईमा भएका सबै आन्दोलनहरुमा सबै पक्षका मान्छेहरु मरेका छन् । सुरक्षा तन्त्रले धेरैनै बल प्रयोग गरेको आरोप छ । आन्दोलनकर्ताले पनि शान्तीपुर्ण हुने भनीएको आन्दोलनमा जातीबादी हो या बर्णबादी मानसीकताका साथ अतिनै अमानवीय तरीकाले मान्छेहरुको ज्यान लिनेसम्मको अपराध भएको छ । यस्तो परस्थीतिले अधिकार सुनस्चीत हुने होईन , मध्य तराई बासीहरुलाई अपराधिको बिल्ला भिराईदिने स्पष्ट छ । अंगकृत नागरीकता धारीहरुलाई मुख्य पद दिने र मधेशलाई स्वायत्तता दिने बाहेकका लगभग सबै मागहरु पुरा भएकै अवस्था छ , र यस्तो स्थीतिमा भाला , लाठी र बन्दुक लिएर आन्दोलनको नाममा तोडफेड र बर्बरता मच्चाउनेहरुलाई सुरक्षा फौजले फुल बर्साउने त कुरा पक्कै हुनेछैन । त्यहाँ त पक्कै बन्दुक नै चल्छ । अब यस्तो परस्थीतिमा आन्दोलमा जाने कि नजाने निर्णय मध्य तराई बासीहरुले नै गर्ने हो ।

मध्य तराईबासीहरुको रहन सहन , धर्म संस्कृती , भेषभुषा र रीतिरीवाज के हो र नेपाल देशमा त्यसले कहाँ र कति महत्व राख्छ भन्ने कुरा अरु नेपालीहरुलाई पनि सम्झाउन र बुझउन सके उनीहरुको जायज मागहरुमा सबै नेपालीहरुको एक्यबद्धता हुन्थयो र अधिकारको नाममा हुने उच्श्रृंखलता पनि बन्द हुन्थयो । एउटा शान्ती र बिकास प्रेरीत संस्कारको थालनी पनि नेपालमा हुन्थयो ।


दुई जीब्रे नेपाली नेता , तीन टाउके भारतीय नेता, उनीहरुको मनोबिज्ञान र हाम्रो मौनता

मध्य तराईका बासीन्दाको नेतृत्व गरेका भनाउँदाहरु यता स्वाभीमानको कुरा गर्छन् उता ठुलो राजनैतिक भागको । जनतामा संबिधानको कालो किताबमा लेखीएका अधिकारका अक्षरहरु पुगुन या नपुगुन् उनीहरुलाई सत्ताको न्यानो ताप्नै पर्छ । २०४७ साल पछिको शायदै कुनै मन्त्रीमण्डलमा छुटेनन् होलान् बिजय कुमार गच्छदार र हरेक परीवर्तनमा आफ्नो भाग खोज्न थाल ठटाएरै आएका हुन् मधेशबादी चरीत्र । भारतका निबृत कर्मचारी एस डि मुनी त हाकाहाकी नै भन्छन् कि मधेशी नेतृत्वहरु अवसर बादी र सत्ता लोभी छन् र शायद उनीहरु सत्ता प्राप्तीको लागी सँधै कसै न कसैको गोटी भईरहन्छन् । एउटा नेपालीको बारेमा यस्तो सुन्दा लज्जाबोध र नमज्जा त सारा नेपालीलाईनै हुने भयो ।

यस्ता दुई जीब्रेहरुबाट दुई ध्रुबका कुराहरु । जातीयताको राग , जसले संसार भरीका अधिकारका लागी भएका आन्दोलनलाई तुहाउने र अधिकार मागेकाहरुलाई अधिकार बिहिन र कुण्ठित बनाउने मात्र काम गरेको छ , त्यसैले ल्याएको खैलाबैला अहिले नेपालमा छाएको छ । संघियता शायद भारतलाई मात्र सामारीक फलिफाप हुने राजनैतिक अस्त्र जस्तो देखीन्छ । उनीहरु नेपाललाई आफ्नो प्रेमी ठान्छन् कि के हो चाईनाले यसो मसुक्क मुस्काएको पनि भारतलाई आफ्नै सिमाना मिचेजस्तै असह्य हुन्छ । “सौताको रीसले पोईको काखामा मुत्ने”े भने जस्तै भारतले नेपालमा नाकाबन्दी लगाईहल्यो । 

तर अचम्मको कुरा के छ भने आफुहरुलाई राष्ट्रीय पहिचानमा समाहित गरीयोस् र अरु नेपाली बराबर अधिकार दिईयोस् भनेर आम जनताले साथ र शुरु गरीदिएको यो आन्दोलन नेपालीहरु माथिनै नाकाबन्दी गर्न प्रायोजीत भयो । दोष आन्दोलन कर्ताको मात्र होईन राष्ट्रिय राजनितिका नेतृत्वकर्ताहरु जो देशको लागी एउटा सानो भन्दा सानो निर्णय लिन , राजनैतिक साथ र सहयोग पाउन पनि भारत धाउने प्रबृतीले गर्दा आज भारतीय नेतृत्वले आफ्ना उचीत अनुचीत माग र सल्लाहहरुको चेपुवामा नेपाललाई पारेकोमा कसैको बिमती छैन । बिदेशी निर्भर अर्थतन्त्र त्यसैको सुचकको रुपमा देखीन्छ । एक किसिमले मधेशीहरुको यो आन्दोलन र भारतीय नाकाबन्दीले हाम्रो परनिर्भतलाई उजागर गरीदिएका हुन् । धन्यबाद दुबै पक्षलाई । 

तर सावधान । मुठिभरका मान्छेहरुलाई राजनैतिक फाईदा हुने असम्भव प्राय माग र भारतबाट सामानहरु र तेलको ब्यपार सुचारु गर्न अब कुनै पनि सन्धी या सम्झौता न त मधेशी दल न त भारतीय संस्थापन पक्षसँग होस् । तराईमा दुईवटा प्रदेश बनाउनु भनेको संघियताको नौटंकिको चाबी अवतारी भारतलाई दिनु हो । उ सोच्छ , थारुहरु सोझा छन् र मधेशीहरुलाई प्रयोग गर्न सकिन्छ । अनि त्यहाँको जलसम्पदालाई खर्चने एकाधिकार आफ्नो बिर्ता बनाउन सकिन्छ ।

बेईमानीमा भारतीयहरु त अब्बल नै छन् । तर दुनिया आँखा चिम्लिन्छ । हुँदा हुदा युरोपियन युनिएन र संयुक्त राष्ट्रसंघलाई समेत नेपालमा नाकाबन्दी नगरेको भनेर अन्तराष्ट्रीय कानुनलाई आफ्नो बिरोधमा प्रयोग नहोस् भनेर पक्षपोषण सम्म गर्न भ्याएछन् ।

नेपाल आउँदा मोदीले भनेका कुराहरुको आज बिवेचना हुनुपरेको छ । उनी तिन टाउके न परे । “नेपाल एक सम्प्रभु , सार्भभौम  राष्ट्र हो । नेपाल भारत सीमा नाकाहरु ब्यवधान होईनन् कि दुई देशबिच पुल हुन् र आफु ऋषिमनले नेपालको भलो चीताउने” जस्ता कुराहरु संबिधानसभाको सम्बोधनमा ब्यक्त गरेर नेपाली जनमन , पत्रपत्रिका र राजनैतिक नेतृत्वबाट बाहवाही र ताली खाएको मोदी अभिनय हिट “ज्क्ष्त्” भएको एक बर्षको पनि भएको छैन । ठुला ठुला युद्धमा पनि चाडपर्वको बेलामा पनि शान्ती बहाल हुन्छ । नेपाली नेतृत्वलाई कहिले तेल लिन आईजा भनेर त कहिले बार्ताको लालीपप देखाएर उल्याउने जो प्रयास भारतीयहरु गर्दै छन् , स्पष्ट छ उनीहरुले नाकाबन्दीलाई आफ्नो कुत्सीत माग पुरा गराउने अस्त्रको रुपमा प्रयोग गरीरहेका छन् । 

गुजरातीहरु हरेक खानेकुरामा गुलीयो मिसाएर खान्छन् र गुलीया , रमाईला हुन्छन् । तर पनि अचम्म छ मोदी किन किन नेपालीहरु बिरुद्ध अमलिो बमन गर्न खोजीरहेका छन् ? कि त उनी भ्रममा छन् कि त गुजरात दंगाको अमिलो द्वेष अझ उनको मनमा बाँकीनै छ । उनीलाई बिपश्यना गर्ने सल्लाह दिईन सक्छ । उनीलाई मुख्यमन्त्री र प्रधानमन्त्री हुनु बिचको फरक त पक्कै थाहा होला ।

मधेशी नेतृत्व पनि दशैंमा आन्दोलन जारी रहने भन्ने डम्फु बजाएर हिंडिरहेको छ । उसलाई नेपालको माया कहाँ छ र ? राष्ट्रीय स्तरको राजनिति छोडेर उ सिमित क्षेत्रमा पहिचानको सानो राजनितिमा समेटएको छ । तर निष्तेज नेपाली नेतृत्व धेरै अगाडीनै सकृय हुन नसक्दा आज यस्तो महान चाडको मेशोमा देश उर्जा बिहिन भएर बसेको छ । जसरी उधोग , कलकारखाना र बन्द ब्यपार पनि ग्याँस र पेट्रोलीयम पदार्थको अभावमा दशै भन्दा एक हप्ता अघिनै बन्द भएका छन् , त्यसले नाकाबन्दीको आर्थिक पाटो स्पष्ट गराउँछ । यो संकटले हामीलाई दिर्घकालीन रुपमा पिरोल्ने देखीन्छ ।

त्यसैले अब नेपालले आत्मनिर्भरता शुरु गर्नै पर्छ । भारतीयहरुले पनि यो स्पष्टसँग बुझ्नुपर्छ कि स्वाभीमानी नेपाली जनताले कुनै पनि लाभ सित्तैमा मागेका होईनन् । अर्थको बदलामानै सामान आउने हो , भारतले बेच्दैन त अरु कसैसँग ब्यपार गरीन्छ । तर बिडम्बना यत्तिको स्वाभीमान हाम्रा अल्पज्ञानी नेताहरुबाट आशा गर्नु ब्यर्थ छ । चीनसंग पेट्रोलीयम पदार्थको लागी कागजी काम शुरु गर्नुपर्ने भनेर जनताले आवाज उठाउँदा पनि अलि अलि भएको तेल कानमा हालेर , भारतसंग हुने कारोबारमा आउने कमिसन पर्खेर बस्ने नेपाल आयल निगम र आपूतिै मन्त्रालय पनि दोषि देखिन्छ ।

भारतमा माराठीहरुको अग्रअधिकारको लागी गठन भएका महाराष्ट्रका बिभिन्न दलहरुले अहिलेसम्म मराठीलाई बनाएको भनेको गरीब हो । हो अन्य प्रदेशका जनताहरु जो बिभिन्न सामाजीक छोईछिटो , भ्रम र अहम्मा पर्दैनन् उनीहरु त आर्थिक रुपमा सबल भएका नै छन् । जब कुनै प्रदेशमा अग्र अधिकार पाएको त्यो जाती आफुलाई पृथक र मौसुफ देखाउन सबै चुरीफुरी गर्छ भने कहाँबाट बनोस् त उसको समाजीक आर्थिक सम्बन्ध । जब जातीयताको कुरो निस्कन्छ तब बन्द ब्यपार , ब्यवसाय र आर्थीक सामाजीक पक्षमा मान्छेहरु उनीहरुलाई साझेदार र भागेदार बनाउन हिच्किचाउँछन् । अनि आउन थाल्छ छाक टार्ने समस्या र बिभिन्न सामाजीक दुर्गतिहरु । मान्छेहरु अनेक किसिमका प्रलोभन र अपराधमा लाग्न थाल्छन् । अधिकार माग्ने या अग्राधिकार पाएको त्यो जाती एक्लो र दिनहिन हुन पुग्छ । गरीबिले उनीहरुलाई परस्पर पछ्याईरहन्छ । अधिकार दिएर मात्र हुँदैन , अधिकार पाउने मान्छेले त्यो अधिकार कसरी प्रयोग गर्ने भन्ने पनि जानेको हुनुपर्छ । अधिकार भनेको बाँदरको पुच्छर लौरो न हतियार हुनुहँदैन ।

फेरी भारतका २९ प्रान्त मध्ये बिहार, उत्तर प्रदेश , झारखण्ड , उडीसा , महाराष्ट्र , मध्यप्रदेश , आदिमा उच निच , तल्लो जाती , उपल्लो जाती ,  यो धर्म , त्यो धर्मका नाममा दिनहु जनताहरु बीच कलह बढेको देखीन्छ । कश्मीर , अरुणान्चल , नागाल्याण्ड , पन्जाब , हरीयणा , बेस्ट बंगाल , सिक्किमका पनि आ आफ्नै समस्याहरु छन् । उनीहरुले पनि पृथकता खोजीरहेका छन् । 

यस्ता सामाजीक आर्थिक समस्याहरुलाई भारतीय सरकार कसरी सल्ट्याउँछ । हुन त यो प्रष्ट छ भारतीयहरुको आदर्शबादी एउटा टाउको छ , छिमेकीसँग मोलतोल, अर्घेलो गर्ने अर्को टाउको र अफ्ना जनताहरुसँग जुध्ने फेरी अर्को टाउको । भारत हुन्छ एउटा , बोल्छ एउटा र गर्छ एउटा । यस मानेमा भारतीय जनताहरु पनि साह्रै नै पिडित छन् भलै संसारको महाशक्ति हुनलागेको भनेर उ डंका फुकिरहेको छ । 

आधुनिकताको नामले त्यहाँ पनि नेपाल र अरु दक्षिण एसीयाली देशहरुमा जस्तै खोक्रोपन बढेको छ । महङ्गा स्मार्टफोन र सस्ता अर्थहिन टेलीसीरियलले महिलालाई र पेट्रोल र पिडित मानसीकताले पुरुषहरुलाई त्यहाँ पनि अर्धपागल बनाएको छ । समस्या उस्तै हुन् भुगोल मात्र फरक हो ।

दश टाउके त रामायणमा भेटीन्छ र भारतमा तिन टाउकेकरु प्रस्सतै भेटीन्छन् । राजनैतीक रुपमा यो पनि बहुब्यक्तित्व (Multiple Personality Disorder) बिकार हो जहाँ मान्छेहरु बिभिन्न प्रबृतीको रुपमा आफुलाई पेश गर्छन तर उनीहरु साँच्चै के हुन् या होईनन् त्यो खुट्टाउन गाह्रो हुन्छ । उनीहरु आफै पनि के गर्ने भनेर अलमलमा हुन्छन् । आफ्ना बाचाहरु भुल्नु (amnesia) र आफु के हुँ होईन भनेर नजान्नु र एउटा ब्यक्तित्वले अर्को ब्यक्तित्वको आलोचना गर्नु नै यसका प्रमुख समस्याहरु हुन् । भारतको एउटा पक्ष नाकाबन्दीको आलोचना गर्छ त अर्को पक्ष पक्षपोषण गर्दछ ।

हालसालैका भारतकै समस्याहरुमा गौण गरौ न । कांग्रेस आईको सरकारको पालामा मुस्लीम अतिबादीहरुको दबदबा थियो जो कसै माथि पनि फतवा जारी गर्न सक्दथ्यो । अहिले आएर भारतीय जनता पार्टीको सरकारमा हिन्दु अतिबादीहरुको दबदबा उम्लीएको छ । अल्पसंख्यकहरु त्यहाँ बाँच्नै गाह्रो भएको छ । जनताहरु जहिले पनि त्रसीत मानसीकतामा बाँच्नु परेको छ । अतिबादीहरुको निशानामा अहिले सहित्यकारहरु पेरका छन् । डाक्टर मल्लेसप्पा कालबुर्गी जस्ता बिचारक , साहित्यकारहरु मारीएका छन् । हिन्दुत्व बिरुद्धमा बोल्नेको जीब्रो काटिने कुरा चलेको छ । दण्डहिनताको प्रतिकार र भर्तसना गर्दै सहित्कारहरुले आफुले पाएका प्राज्ञिक पुरस्कारहरु फिर्ता गर्न थालेका छन् । यो अतिबादलाई बि जे पि सरकारले कसरी सम्बोधन र बिर्सजन गर्छ त्यो हेर्न लाएक हुनेछ । हिन्दु हुनु र हिन्दुत्वको नारा फरक कुरा हुन् । यो कुरा भारतको अहिलेको संस्थापन पक्षले बुझ्छ कि बुझ्दैन ।

भारत सँधै गान्धीको कुरा अघि सारेर  आफुलाई शान्तीको बहाकको रुपमा संसारमा चिनाउन चाहन्छ तर जुन पूजीबाद र उदार अर्थतन्त्र भारतले अंगीकार गरेको छ त्यसमा गान्धीको अस्तीत्व भारतको नोटमा मात्र सिमित देखीन्छ । बिडम्बना यो हो कि गान्धीको राजनितिको लागी उर्वर भुमी रहेको महाराष्ट्र मा मराठीहरुको एउटा तब्का होस् या उत्तर र उत्तर पूर्वी भारतको मुस्लीम जनता अझसम्म पनि गान्धीलाई भारत पाकिस्तान बिभाजनको कारक ठान्छ । यसमा पनि सम्पूर्ण भारतीय मुस्लीम जनता त भारत पाकिस्तान बिभाजन नहुँदो हो त भारतमा आफुहरु अलग देखीनुपर्ने थिएन भनेर एकमत जाहेर गर्छन् । गुजराती गान्धी र गुजराती मोदीमा कहाँनिर सीमानाहरु छुट्टिन्छन््् त्यो भेउ पाउन गाह्रो छ । 

भारतको एउटा पन्थ त के सम्म भन्छ भने गान्धी नमारीएको भए भारतमा अझ १२ तेह्रवटा पाकिस्तान जन्मीन्थ्यो रे । सत्य के हो , होईन त्यो थाहा पाउने भारतीयहरुको सार्भभौम ईच्छामा निर्भर कुरा हो । मोदीको मधेश मोह मधेशलाई पाकिस्तान बनाउने जसरी उन्मत्त देखीन्छ । ईन्दीरा र राजीब गान्धीको कालखण्डबाट उनले पाठ सिक्नुपर्ने देखीन्छ । फेरी ध्यान दिनुपर्ने कुरा के छ भने नेपाल भारत होईन । जस्तै बिषम परीस्थीतिमा पनि यो एक जुट हुन सक्ने असीम शक्ति सिंचित गरेर राख्छ । यो देश कसैको निगाहमा बनेको होईन , एक उद्देश्यका लागी बनेको हो ।

यस बाहेक भारतीय कर्मचारी तन्त्रको आडम्बर (कि एउटा दुतावासको कर्मचारीले नेपालमा जे पनि गर्न गराउन सक्छ भन्ने भ्रम । उनीहरुले नेपालीको देशभक्तिलाई सीमित सम्भ्रान्तहरुको आँखाबाट मात्र हेरे र गलत तरीकाले बुझे) , बिहार चुनाबमा मधेशीको भावनात्मक आन्दोलनलाई भोट बटुल्ने माध्यमको रुपमा प्रयोग र मधेशी नेतृत्वलाई हुकुमको एक्काको रुपमा प्रयोग गरेर नेपालको दक्षिणी भेगलाई आफ्नो सामरीक र जल स्वार्थको लागी प्रयोग गर्ने चाहनाले उद्दत यो नाकाबन्दीको कदम हो भने , मध्य तराई बासी जनतालाई त्यती जोकर नठान्दा हुन्छ । उनीहरुले पनि आफ्नो को पराई को चिनेका छन् ।

जसरी भारत र मधेशी नेतृत्वले मध्य तराई बासीलाई भारतीय मुलको भनेर भ्रमको जालाहरुमा अल्मल्याउने ्प्रयास गरेका छन् , कथम कदाचीत यी नेपाली जनताहरुले भारत घुम्ने र बाँच्ने मौका पाए भने थाहा पाउनेछन् कि संसारमा सबैभन्दा धेरै काला बर्णका मान्छेहरु बसोबास गर्ने भारतलाई काला (अंग्रेज उन्मुख) बाबुसाहेबहरुको कर्मचारी तन्त्रले शासन गरीरहेको र निचोरीरहेको छ । त्यहाँ कालोलाई सुन्दरता होईनकी हेय र अभिसाफको दृष्टीबाट हेरीन्छ । सौन्दर्यका प्रसाधन मध्ये छाला गोरो बनाउने लिप पोत क्रिम संसारमा सबै भन्दा धेरै भारतमानै खपत गराईन्छ । कालो बर्णको हुनु भारतीय हुनु होईन । मध्य तराई बासीले अब यो बुझ्नु स्पष्ट जरुरी छ – तिनै पुराना नेताको आडभरोसामा त्यही भ्रष्टचार , गुन्डाराज , यो जात , त्यो जात , पहाडी , मधेशी आदि बिग्रहमा त्यो क्षेत्र चल्ने हो भने पाँचै बर्षमा मध्यतराई पुरानो बिहार या उत्तर प्रदेश बन्ने निश्चित छ । अब जागौं , नेपाली स्वभीमानमा बाँचौ र भएकाहरुबाटै असल मान्छेहरु चुनौं । अन्यथा ठुलो चुकको मुल्य ठुलै हुनेछ र कसैलाई दोष लगाउने परस्थीति पनि नबन्ला ।

हाम्रा दुई जीब्रेहरुमा भएका ब्यक्तित्व बिकार

नेपालका गन्यमान्य नेताहरुको शाररीक लवज (Body Language) पढ्दा यस्तो लाग्छ उनीहरुले बोलेका कुराहरु र भित्री मनसाय बिच गहिरो खाडल छ । त्यही खाडलहरु पुर्न उनीहरु बिभिन्न कथा र भ्रमहरु छर्ने काम गर्छन् ९ऋयलाबदगबितष्यल० । यसलाई हामी खण्डीत मष्तिष्क या स्कीजोफ्रेनीयाको ९क्अजष्शयउजचभलष्ब० एउटा लक्षण भनेर पनि बुझ्छौं । यस्ता मान्छेलाई भ्रम (Delusion) र भ्रान्ती (Hallucination) दुबैले छोपेको हुन्छ । 

हाम्रा प्यारा मौसुफ नेताहरु आफ्ना गल्तीहरु ढाकछोप गर्न भारत बिरोधि आम नेपाली मानसीकतालाई प्रयोग गररहेका हुन्छन् । राष्ट्रियता र देशभक्तिको नसुहाउँदो राग भारतको बिरोधामा अलापिरहेका उनीहरु बडो राष्ट्रिबादी हुने प्रयत्नमा देखीन्छन् । उनीहरुको राष्ट्रियता र देशभक्ति साँच्चैनै बिश्वासीलो हुदो हुन्थ्यो भने धार्मीक निरपेक्षता र जातीय संघियताको बकालत उनीहरु कदापि गर्दैनथे या अन्तिम क्षणमा आएर भए पनि संसोधन गर्थे । निरपेक्षता आम नेपाली भावना बिरोधी थियो र संघियता साँच्चै प्रकृयागत छैन । जनताको पेट र टाउको काटेर (Cesarean) बाट प्राप्त गण्तन्त्र कसरी संस्थागत गर्ने भन्ने त हेक्का छैन तर मिति सकिएको आफ्नो एजेण्डा गन्हाउँदा पनि उनीहरु त्यसलाई छोड्न डेग चलेनन् । कमसेकम सक्रिय अंगहरु भएको संबिधान जन्माउन सकिन्थ्यो ।

प्रचण्ड भन्छन् कि अरु ६ प्रदेशलाई पहिचान र जातियताको आधारमा सिमाङ्कन नगरीएपनि प्रदेश नंबर दुईलाई स्पष्ट रुपमा मधेशी क्षेत्रीयता (कल्ष्टरलाई) र पहिचानलाई यथावत राखेर सिमाङ्कन गरीएको छ र उनीहरुको संघियताको एजेण्डा बिजयी भएको छ । निश्चयनै यो पनि एउटा मुख्य कारण हो थारुहरु आन्दोलमा उर्तिनुको । केही दशक अगाडी मात्र नेपालमा आश्रय पाएका अंगीकृतहरुले लुट्न पाउने अधिकार र अस्पष्ट पहिचानको एउटा सिङ्गो प्रदेश पाउनु तर शताब्दीयौं देखी यो पबित्र भुमीलाई मानव बसोबास तुल्य बनाउन अथक प्रयास गरेर जीवन उत्सर्ग गर्नेहरु हिस्स पर्नु । यस्तै हो भने नेपालमा सुचिकृत १२५ जात जातीलाई पहिचान सहितको एक एक प्रदेश दिनु पर्ने हुन्छ जो सम्भव छैन । यस्तो परस्थीतिले अन्त्यहिन द्वन्द ल्याउने मात्र काम गर्दछ । तर कानमा बासी तेल हलेर बहिरो र आँखामा पट्टी बाँधेर अन्धोको अभिनय गरीरहेकाहरुले यो कुरा कसरी बुझुन् । यो नेपाल जस्तो बहुजातीय , बहुभाषिक र बहुसांस्कृतीक देशलाई द्वन्दको दलदलमा फसाउने पहिलो प्रयास हो ।

प्रचण्ड र उनी जस्ताहरुमा केही परस्थीतिजन्य सुझबुझ र थोरै ईमानदारीता र धेरै स्पष्टता हुँदो हो त देशको यो हालत हुने नै थिएन । भएका संरचनाहरु भत्काएर नयाँ बिकास र नयाँ नेपाल बनाउँछु भन्ने उनीहरु जस्ता नै हुन् । आज हिजोका संरचनाहरु हुन्थे त मध्य तराईको बिकासमा नयाँ संरचनाहरु खडा गर्न सजिलै सकिन्थ्यो र पुराना संरचनाहरुलाई बिस्तारै हटाएर अरु ठाउँमा बिकासका नयाँ संरचनाहरु पुर्नस्थापित गर्न धरै सजिलो हुन्थ्यो । यसै पनि मधेशलाई चाहिएको शिक्षा , संस्कार र हरेक समुदायमा घुलमील हुन् सक्ने अधिकार मात्र हो । सम्पन्न हुन लम्कने सक्ने क्षमता त उनीहरु आफै राख्दछन् ।

प्रचण्ड सतहमा बुझ्ने मान्छेहरुका लागी चतुर देखीन्छन् । परीस्थीति हेरेर , जसलाई जे मनपर्छ त्यही बोलिदिन्छन् र फुरुक्क फुरक्याई दिन्छन् ।  अहिले भारतको बिरोध गरेर जुन खोक्रो राष्ट्रबादको वकालत उनी गर्दैछन् , हिजोका दिनमा भारतमै बसेर मासु भात खाँदै १७००० नेपालीको ईहलिलामा करौंति चलाउने उनीनै हुन् । भोका मधेशबादीहरुले बिहारमा भात खानु र दिल्लीमा बसेर उनीले डिनर गर्नुमा राष्ट्रघाती को हो होईन एउटै तराजुमा राखेर जोखीनुपर्ने भएको छ । 

कुनै पनि राष्ट्रिय सरोकारका बिषयहरुमा बोल्दा उनी मुखमा आए जति सबै बोलिदिन्छन् । सोचे जति कुराहरु बोल्न सकिन्न र बोले जति कुराहरु पुरा गर्न सकिंदैन भन्ने उनी भेउ पाउँदैनन् । दुई जीब्रे न परे यनी । खासमा उनी हरेक कुराहरुलाई हल्का लिईदिन्छन् र प्रयाप्त बिष्लेषण र अभ्यास नगरीकन प्याच्च बोलिदिन्छन् । फेरी बोले जत्तिको सामथ्र्य र पुरा गर्न सक्ने हुति पनि उनमा देखीएको छैन । 

प्रचण्ड भाव बिवह्ल पनि हुन्छन् र उनीमा भाषणबाजी तुल्य जोश पनि छ तर भावनात्मक जोश या भनौं प्यासन (Passion) छैन । हो उनी आबेगी भने छन् । संसारको राजनैतिक ईतिहास हेर्ने हो भने राजनेताहरुमा सँधै देश , देशबासी , समाज र मानवताबादी प्यासन पाईएको छ । जसरी उनी आफ्ना बाद र बिचारहरु हिज्जेमा जस्तै सच्चाईरहन्छन् र समय समयमा एउटा अमुक दुष्मन तेर्साईरहन्छन् उनी प्यासनेट कम र मानसीक रोगी ज्यादा बुझिन्छन् । जंगलको एकाङ्कीमा गुथेको स्वैर कल्पनाहरु संसारीक जीवनमा काम लाग्दैन भन्ने उनी बुझ्न चाहँदैनन् । उनी आफुलाई परम शक्तिशाली , अमेध्य प्रचण्ड ठान्छन् भलै अरु धेरै परस्थीतिमा भिजेको बिरालो झैं लुगलुग काम्छन् र मान्छेले बुझे भन्दा ज्यादा हतास हुन सक्छन् । 

उनीलाई प्रचण्ड ब्यक्तित्व बिकार (Paranoid Personality Disorder) छ । अहिले उनी हतास मनस्थीतिमा छन् किनकी उनका मुख्य सहयोगी र ग्य्राण्ड डिजाईनर बाबुराम पार्टी छाडेर नयाँ शक्तिको भौंता मा लागेकाछन् । उनीले माओबादीको सौता मात्र ल्याउने हुन् या कन्या कुमारी बिचारको नयाँ पार्टी भित्राउने हुन त्यो पार्टिको जनै सु्पारी भएपछि मात्र थाहा पाउने कुरा हो । यो हतास मनस्थीतमिा प्रचण्डले माओबादीलाई एमालेमा बिर्सजन गरेर राष्ट्रपति पद पड्काउन बेर लाग्दैन भलै राष्ट्रपतिका लागी उनीले बिधा भण्डारीको लबिङ्ग गर्ने सुनिन्छ । अहिले त उनी प्रस्ताबक पनि भईसके भण्डारीको उमेद्वारीका लागी ।

यो बिकारमा झैं उनीको ब्यवहार कुनै बेला पनि अकल्पनिय हुनसक्छ । फेरी आखीर नेपालको राजनिति गणितकै खेल त हो । नेताहरु नै त्यसै भन्छन् । सत्य , निष्ठा र सत्कामको राजनिति हुँदो हो त नेपाल कहाँको कहाँ पुग्थ्यो । यत्तिका प्राकृतीक स्रोत साधन कजाएर देश बिकास गर्न पनि नसक्ने कस्तो हाम्रो राजनिति तन्त्र ?

के हामी सुगौली सन्धिबाट बिच्किन डराईरहेका छौं ? किन ? केही यक्ष प्रश्नहरु !


प्रचण्डका सेगेण्ड म्यान बाबुराम त नेतृत्व लिन जन्मेकानै होईनन् । धेरैमा धेरै गरे उनी अरुले गरेका काम र बोलेका कुराहरुलाई बिरोध पनि गरीदिन्छन् तर आफ्ना एजेण्डाहरुमा लेंडे ढिपी कसीरहन्छन् । अकडो हुनु , ईष्र्यालु हुनु , बिर्सेको अभिनय गर्नु र जीम्मेवारीहरुलाई पछि सार्दै गएर आफ्ना तुष मेटाउनुले उनीमा Passive-Aggressive Personality Disorder (निष्कृय–अराजक ब्यक्तित्व बिकार) बाट ग्रसीत छन् भन्ने लाग्छ । फेरी उनी बहाबको संधै उल्टो  (against the current) बग्नमा सीपालु छन् । शायद त्यसैले होला उनी धेरै पढेका तर भ्रमित मान्छेहरुको दायरामा पर्छन् , तराईका चन्द्रकान्त राउत जस्तै । 

उनी पनि मान्छेको नजरमा १६ बर्षे ठिटि सरह परिरहन चाहन्छन् , केही न केही लेखीरहन्छन् , जनमानसको ध्यान आकृष्ट गरीरहन चाहन्छन् । शायद उनी पनि मन्द मन्द Attention Seeker हुन् । करको दायरा फराकीलो गरेर या धेरै राजश्व उठेर त्यसका आधारमा सफल अर्थमन्त्री र बिकास बहाकको पगरी गुथ्ने उनी , ध्यान आकृष्ट गर्न सफल पात्र बाहेक केही होईनन् । 

तर हो उनीले चाहे भने केही दिर्घकालीन काम भने गर्न सक्छन् । तर पहिले मन त स्थीर हुनुपर्यो ।

जो समाज भन्दा भिन्न देखीने उत्कण्ठामा सदैब रहन्छ , धर्म र त्यसका संस्कृती र रीतिरीवाज पटक्कै मान्दैन , अनि जनयुद्धको नाममा रगतको खोलो बगाउनेले , जातीयताको बिष रोप्नेले , पाप धर्मको डरले निरीपेक्षताको जामा नेपाली समाजलाई लगाउन चाहन्छ , उसैले समाजबादी आर्थिक क्रान्ति गर्ने भनेर ह्याउ दिन्छ । हाँसो उठ्दो कुरा । उनै दिग्भ्रमीत बाबुभ्रमले बनाउने नयाँ शक्ति तर उही पुराना , धृष्टताहरुले चाउरीएका अनुहारहरुको परेड । यस्तै हुने देखिन्छ । 

पुँजीबाद पहिले कि समाजबाद पहिले त्यो नै स्पष्ट नभईकन कुनै क्रान्ती गर्छु या गरीयो भन्नु पनि मुर्खता हो । क्रान्ती एैतिहासीक आवश्यकता हो भन्ने उनी प्रकृया र शीलशीला बुझ्न चाहँदैनन् । पहिचान र अधिकार मात्र ठेगो हुने उनका कुराहरु सुन्दा यस्तो लाग्छ , बिना फल प्राप्तको कर्म यानीकि “निस्काम” हामी नेपालीले सीकेका नै छैनौ । हाम्रा पुर्खाहरुको निस्काम सेवाले यो देश बनेको हो भन्ने उनी बुझ्न चाहँदैनन् । उनी जीन्दगीलाई खाली कारण (cause) र असर / उत्पादन (effect) मा बुझ्ने प्रयास गर्छन् , उत्प्रेरक (catalyst) र प्रत्युत्पादन (byproduct) उनी बुझ्न खोज्दैनन् । राजनिति गर्ने मान्छेले चमत्कार (Miracle) को पनि संभवना देख्नुपर्ने । बाबुराम यस्तै धृष्टता र अल्पज्ञानका पर्यायी हुन् । तर यो पनि प्रष्ट हो “मानव” नामको अबिछिन्न ब्यक्तित्वले उनीलाई हामी जस्तो हुन र सोच्न दिंदैन । उनी पक्कै पनि फरक छन् , हुनुपर्छ ।

जातीय राजनिति , जो मुढो मतिवाला बाबुराम गर्न खोजीरहेका छन् , त्यो पद र शक्तिको लोभ भन्दा पनि  उनी र दाहाल बिचको को ठुलो भन्ने अहं , पृथक देखीने उनको अनन्य चाहना र जीद्दि र कम्युनिष्टहरुले भने जस्तो जडसूत्रबादी आचरणले उक्साएको र प्रतिबिम्बित भएको कृयाकलाप मात्र जस्तो देखीन्छ । तर यसै भन्न सकिन्न किनकी उनी आफ्नो समस्या लिएर हामी कहाँ आईपुगेका छैनन् । उनी पनि शायद देशको भलो बिचार गर्दा हुन् तर बिचार गर्नुमा , अर्कै कुरा बोल्नुमा र आफुले मानेका सद्बिचारमा काम नगर्नुमा ठुलो खाडल देखीन्छ । उनको ब्यक्तित्वमा बिरोधभाष छ । कहिले २४ घण्टैमा नेपाल टुक्रिन्छ भन्छन् त कहिले पहिचानबादी क्षेत्रीय राजनिति गर्न जनकपुर पुग्छन् । 

उनी नवनिर्माण प्रधिकरणको अध्यक्ष भईदिए , जानेको काम पनि गर्थे र नेपालको समाज र राजनितिलाई हाईसन्चो हुन्थ्यो । नेपाल उँभोगति लाग्दथ्यो होला ।

शायदै कम्युनिष्टहरुलाई पाप धर्मको कुराले छोला । तर अनुभव के हो भने प्रकृतीलेनै यमलोकको चरीत्र निर्वाह गरीदिन्छ । जबसम्म मुक्ति प्रसाद , कृष्ण  प्रसाद र नन्द प्रसाद आदि अधिकार माग्ने अधिकारीहरुको रगतको बाछीटा पखालीन्न , सति गंगामायाको मनले न्याय र आँखाले ओभानो भेट्दैन तबसम्म हेरौं माओबादी कति टुक्रामा बिभाजीत हुन्छ । गंगा माया अधिकारीको श्रापले यो देशलाई के के अनिष्ट हुने हो । गोर्खाकै ले न्याय नपाएपछि अरुले त के पाउलन् त ? फेरी अर्को यक्ष प्रश्न ! 

मैना सुनार र उनी जस्तै कि आमाले पनि न्याय पाउनुपर्छ । आमाहरुको आँशुले पिरोल्छ ।

सत्तामा पुगेपछि कम्युनिष्ट फेरी कम्युनिष्ट रहँदैन । उ त्यसपछि शासक बन्छ र जसको बिरोधमा सबैलाई आनन्द नै आउँछ । यो बुझ्नुपर्छ राजनिति कहिल्यै सर्वस्वीकार्य भएको थिएन र हुने पनि छैन । अब नयाँ शीक्तको बहस बामपन्थि बिचार त्यागेरनै गर्दा ईमानदारी होला । सुत्र (फर्मुला) र बाद वाला बिचार त्यागेर नयाँ राजनितिक गठबन्धन गर्दा नेपालको भुगोल , ईतिहास र संस्कृती सुहाउँदो होला । सबैलाई हित हुने र सबैलाई सुख हुने राजनिति गर्न बिज्ञानलाई आत्मसाथ गर्नु र साथ साथ लिनु त पर्छ तर बिज्ञान पुरा सत्य हुँदै होईन । यो त सत्यहरुको निरन्तर उत्खनन् हो ।

यता हेरौं न , जनबादको प्रारम्भको लागी जुन बहुदलिय जनबाद नामको बैचारकि रुख रोपेको भनेर मदन भण्डारी ईतिहासमा दर्ता भए त्यो बहुदलिय जनबादको रुख नभएर बहुदलिय समाजबादको रुख थियो जसको फल अहिलेसम्म नेकपा एमालेले टिपिरहेको छ । दुखको कुरा के भने उसले यो रुखलाई न त अहिलेसम्म पहिचन गर्न सक्यो , न त्यसको स्याहार सुसारमा लाग्यो । कुन दिन यस रुखले फल दिन छाड्छ अनि यो दल त्यसकै छायामा बिलाएर जानेछ । अहिलेका एमालेहरु कम्युनिष्ट त हुदै होईनन् तर उनीहरुका किस्सा र कथनी र कृत्य सुन्दा र देख्दा लाग्छ यिनीहरु छिट्टैनै एक “मण्डली” हुनेछन् । एउटा मण्डली मिलेर सभासद जस्तो पद गोल्छाहरुलाई बेच्छ भने अब उनीहरुको गति के हुने हो प्रश्न सोध्नै पर्दैन । जे होस् उनीहरुलाई बेलैमा चेतना आउनुपर्छ । 

बहुदलीय प्रतिष्पर्दामा जति नै धेरै दल , त्यतीनै दरो लोकतन्त्रको खम्बा अनि राजनैतिक अभ्यास ।

फुर्तिफार्ती र राष्ट्रबादी चेतका साथ केपि ओली प्रधानमन्त्री पदमा सत्तारोहण गर्न भ्याए पनि देशको स्वाभीमान , शासन र प्रशासन कता डोरयाउँछन् त्यसमा राखेर उनको राजनैतिक जीवनलाई जोखीनेछ । करौति जस्तो बोलीलाई बन्द गरेर बोल्ने कम र सुन्ने ज्यादा मात्र गरेभने पनि हालको डेडलकमा बुलडोजर लगाउन उनी सक्षम हुनेछन् । चरी र घैंटेको अन्यायीक हत्याकाण्डमा मुछिएका उनी र उनको दलले कसरी पापमोचन गर्दछ त्यो पनि हेर्न लाएक छ । नेपालको कानुनमै नभएको फासीबादी सुटआउट बन्द हुनुपर्छ । अपराधी भन्दा पनि अपराधीक मानसीकता मारीनुपर्छ । 

आगामी दिनहरुमा राजनैतीक बृतका नाटकहरु दिनहु प्रर्दशन हुनेछन् । हामीहरुले बिना टिकट अवलोकन गर्न पाउनेछौं । बधाई छ सारा नेपालीलाई , हिन्दी टिभि च्यानल बन्द भएपनि रमाईलो नेपाली राजनिति मन्चको धारबाहिक चलिरहने छ । सबैभन्दा हेर्न लाएक के हुनेछ भने राष्ट्रबादको खेती जो अहिले गाँजा जसरी नेपालमा मौलाएको छ , के त्यसले नेपाललाई आत्मनिर्भर बनाउन मद्दत देला ? कि यि नेताहरुको खोक्रो ताक परे तिवारी नत्र गोतामे प्रवृतीको चटक मात्र हो ? यक्ष प्रश्नहरु ।

यता काँग्रेसलाई सुकेनाश हो कि सुको नाश लागेको छ । दुई चार जना हुल्याहहरु , एउटा ८० बर्षको सुसील कोईराला नामको राजनिति बुढोेलाई , च्याँखे थापेर अराजनिति गर्न मस्त देखीन्छन् । आम मानीसको दलबाट बेकाम मानीसको दल हुने चेष्टामा लागीपरेको छ काँग्रेस । हँुदाहुँदा त दल छोडुवाहरुलाई राष्ट्रपति बनाउन उद्दत देखिन्थ्यो नेपाली काँग्रेस । ९ बर्ष अगाडी काँग्रेससँग नेप्रिएर जाती बादी दल खोल्न नहिडेको भए महन्थ ठाकुर उहिल्यै ७ बर्ष अगाडिनै राष्ट्रपति हुन्थे । अब “भारतको फिक्सीङ्गमा” महन्त ठाकुर राष्ट्रपति भएको भए काँग्रेस जरैदेखी उखेलीएर हराउनेथ्यो । धन्य समाजलाई जोड्ने तर्फ के बि गुरुङ्गको उमेद्वारी पर्यो भलै उनीले चुनाब जीत्ने सम्भावना न्युन देखीएको छ ।

के एमालेले गठबन्धन शक्तिको बलमा सबै मुख्य पदहरु आफ्नो पोल्टामा पारेर , तानासाह प्रबृती जन्माउने ध्यमा छ ? नेम्वाङ्गलाई पन्क्षाएता पनि काँग्रेसलाई केही भाग दिएर उ राजनिति मिलाउन सक्थ्यो , राजनितिमा सदासयता बढाउन सक्थ्यो । तर प्रतिष्पर्दा हुनेछ र सबैभन्दा राम्रो मान्छेले राष्ट्रपतिको पद पाउने छ । आशा राखौं ।

सर्वोत्तम बिकल्प नै सुवास नेम्वाङ्ग हुन सक्थे किनकी उनीले भलाद्मीपन र जनजाती दुबै जोड्छन् , प्रतिनिधित्व गर्छन् । तर बिधा भण्डारीलाई अघि सारीसकेको एमालेले , अब पनि २०६५ सालकै जस्तो सहाना प्रधानलाई झैं उमेद्वारी फिर्ता गर्न लगाएर फेरी नेम्वाङ्गलाई (अघिल्लो पटक राम बरण यादबलाई) अघि सार्छन् कि भन्ने खासखुस पनि चलीरहेको थियो । 

क्षीण हुनलागेको उहि सम्भावना तर देश प्रति माया ।
फेरी बधाई छ पहिलो महिला राष्ट्रपति बिधा भण्डारीलाई ।।

यता उपराष्ट्रपतिमा दलित या तामाङ्ग या थारु महिला मध्य एक भएमा देश एकदमै समावेशी हुन जान्थ्यो । तर महिला राष्ट्रपति भएपछि एक पुरुष उपराष्ट्रपति हुने पक्का पक्की भएको छ । तर पनि यस्तो गरीमामय पदमा जातीय आधार खोज्नु या राख्नु भन्दा पनि कसले जीम्मेवारी बहन गर्न सक्छ त्यसैलाई नेतृत्व दिने हो ।

बास्तबमा काँग्रेस मनलाई Obsessive Compulsive Personality Disorder को समस्या छ । असुरक्षित हुनु , आफ्नै बारे अलमल पर्नु , निर्णय क्षमता क्षिंण भएर जानु , जडसुत्र बादी , अकडो र खोक्रो प्रकियाको राग अलापेर परीवर्तन नस्वीकार्नु , आफ्नो सोचाई र ब्यवहारहरु मात्र सहि थियो भनेर नेप्रिनु , आफुले खनेको बाटो या लिएका नैतिकता र आदर्शमा एकोहोरीएर एक्लै हिंड्ने प्रयास गर्नु नै यो बिकारका समस्याहरु हुन् । हिजोका जंगलबासका दिनहरुमा माओबादीले अंगालेको असामाजीक ब्यक्तित्व बिकार (Antisocial Personality Disorder) को ठ्याक्कै उल्टो लक्षणहरु यसमा देखीन्छन् । बास्तबमा अराजक , अबेगी , नियम कानुनसँग सधै समस्यारत , र आत्मघाती लक्षणहरुनै असामाजीक ब्यक्तित्व बिकारका प्रमुख लक्षणहरु हुन् ।

उता मधेशबादी दलहरुलाई Attention Seeking Disorder या Histrionic Personality Disorder ले ग्रस्त पारेको छ । घरी नाँङ्गीएर त घरी बाँङ्गीएर उ मान्छेको ध्यान खीच्न चाहन्छ । उसको हेरक कृयाकलापमा समर्थन जनाउने या हेरीदिने हो भने भोलीका हरेक दिनहरुमा आफ्नो माग पुरा गराउन उसले अझ राष्ट्रघाती कृयाकलापलाई अघि तेर्साउने छ । मध्य तराई बासी माझ गएर उनीहरुले के के अधिकार पाए र के माग पुरा हुन सक्दैन भनेर स्पष्ट पारीदिनुनै अहिलेको लागी अति उत्तम उपचार (Therapy) हुनेछ । उसका तामसीक कृयाकलाप पनि बन्द हुन्छ र पृथ्कताबादी परकाष्टाले पनि आत्महत्या गर्छ । देशको भलो हुन्छ ।

हो साँच्चै नेपालका र छिमेकी भारतका नेताहरुमा पनि ब्यक्तित्व सम्बन्धी धेरै बिकारहरु छन् । यसै पनि अबिकसीत मुलुकहरुका नेताहरुको बिडम्बनानै यो हो कि धेरै भन्दा धेरै नेताहरुलाई ब्यक्तित्व सम्बन्धि समस्या हुन्छ । देश त्यही समस्यामा जकडीएको हुन्छ ।


राजनितिले समाजलाई जोड्नुपर्छ र धर्मले मानवता र सद्बिचारलाई 

माटो जसले हामीलाई बनयो र माउ बिउ जसबाट हामी उब्जीयौं त्यो सबै नेपाली हो र  नेपाली पनको हो । नेपालको प्राकृती संधै उर्जाजन्य छ र यसमा अनेक बर्ण प्रजनन गर्नसक्ने क्षमता असीमित छ । त्यसैले कुनै पनि जात जातीले नेपालमा आफुलाई आप्रवासी ठान्नु जरुरी छैन । हो यो पनि सत्य हो धेरै कलान्तरहरुमा धेरै संस्कृती र सभ्याताहरु यहाँ आएर मिसिएका हुन् जसरी मध्य तराईको मैथील र भोजपुरी सभ्यतामा केही पँखेटा लगाएका भारतीय संस्कृती मिसीएकै हो । यो पबित्र भुमी नेपालले , शिब र बुद्ध भुमी नेपालले , धेरै संस्कृती र सभ्याताहरुलाई आश्रय दिएकै हो । यहाँ कोही पराई छईन । नेपाल बिभिन्न जात जाती , बहुधर्म र बहुसंस्कृतीको समिश्रण हो ।

कुनै एक छुद्रको छुचोमुखले गरेको अर्घेलो ब्यवहारलाई कसैले बिभेद भनेर नलिउँ र त्यसैले आधार बनाएर साम्प्रदायीकता नबढाउँ । भैया भनेको नेपाली समाजमा प्रेमिल सम्बोधन भाई हो , यसलाई गालीको रुपमा कसैले नलिउँ । हामी एक हुनुको बिकल्प छैन ।

हाम्रो राजनितिले समाज जोड्न सकेको छैन किनकी बिभिन्न पहिचानको खड्को थापेर , जातीयताको वकालत गर्दै सामाजीक मन्चमा हिंडिरहेका छौं । हाम्रो धर्मले पाखण्ड , छुवाछुत र भेदभावको मिचाई भित्र मानवता र सद्बिचारलाई पारेको छ । धर्म कर्तब्य हो , जीम्मेवारी हो , सबैले पुरा गर्नैपर्छ ।
एउटा यक्ष प्रश्न – धर्म र राजनितिलाई मानवता र समाजसंग जोड्न र एक अर्काको परीपुक बनाउन के गर्न सकिएला ?

द्वन्द , समाजीक अस्थीरता र राजनेताको खोजी

संबिधान जारी भए पछि सबै कुराको हल आउँछ , एकै चोटी राजनितिक स्थीरता र बिकास आउँछ , भन्ने जस्तो आशयको कुराले जनतालाई भ्रमित पारीयो । जनताले पनि बुझेनन् या बुझ्ने प्रयास गरेनन् । लोकतान्त्रीक पद्दति तातो तातो मम होईन , छिटो छिटो पाक्ने र फ्याट्ट खान मिल्न् । समय  सन्दर्भ मिल्दै जानु पर्छ । तर एउटा कुरा स्पष्ट हो , जनताले स्वीकारीदिएको संबिधानलाई राम्रो–हाम्रो संबिधान भनेर नेपाली जनतालाई उल्लु बनाउने काम नगरीयोस् । साँढेहरुलाई नियम कानुनमा ल्याउन जनताले संबिधान रुपी दाम्लो बाँधिदिएका मात्र हुन् । यही दाम्लोमा बाँधिएर के के गर्न सकिन्छ र देशलाई अग्रगमन तर्फ लैजान सकिन्छ त्यो चेत नेताहरुमा पलाउन जरुरी छ ।

देशमा चलीरहेका बिभिन्न किसीमका द्वन्दहरु सुरक्षीत अवतरण गराउन सक्ने क्षमता भएको कोही नेता पनि यहाँ देखीएको छैन । त्यसैले संबिधानको कार्यान्वयन कसरी हुन्छ , संघियताका बिवादीत बिषयहरु कसरी हल हुन्छन् त्यो बुझ्न हामीले समय पाउने नै छौं । यस्तो नहोस् कि आउने त्रिसंखु समयमा अझ जटील द्वन्दका बिउ र निउँ उम्रिएर आउन् र कार्यान्वयन पक्षमा अझ धेरै मान्छेहरुले ज्यान गुमाउनु नपारोस् । ओलीको चर्चा प्रधान मन्त्री हुने भनेर चुलिएको थियो र देशको जटील मोडमा उनी प्रधानमन्त्री भए पनि । राजनैतिक बाहेकको शैक्षिक र नैतिक उपलब्धी ( अन्यायीक तवरले चरी या घैंटे मारीनु) उनमा शुन्य देखीन्छ । तापनी पटक पटक उपप्रधानमन्त्री र गृहमन्त्रीको अनुभव बटुलेका उनीले सामजीक द्वन्दहरुलाई न्युनीकरण गर्दै गणतन्त्र र अरु उपलब्धीहरुलाई संस्थागत गर्ने छन् भन्नेमा नेपाली आम जनताको सदासयता रहनेछ ।

सर्वजन हिताय , सर्वजन सुखाए । सबैलाई हित गर्नुपर्ने र सबैलाई सुख दिनुपर्ने यो संबिधान निश्चय पनि राजनैतिक भागबण्डाको दस्ताबेज मात्र भएको छ । यसलाई संसोधन गर्नु भनेको यहाँ लेखीएका ९० प्रतिशत भन्दा ज्यादा कुराहरु फेर्नुनै हो । तर यो संबिधान लचिलो देखीन्छ र हालको लागी यसले नेपालको कानुनी राज्यको लागी मार्ग प्रसस्त गरेको छ । केही सकरात्मक ढोकाहरु खोलीएका छन् ।

नेपालमा अगामी दिनमा राजनेताको खोजी अवश्य हुनेनै छ । एउटा यस्तो राजनेता जसले नेपाल र नेपाली बिच जातीय र बर्गीय चेतना भर्नुको साटो , सामुदायीक चेत जनतामा घोल्न सकोस् , नियम र कानुनको पालनालाई ठाउँमा ल्याएर राखोस् र नेपाली हुनुको गर्ब र आत्मसम्मान फर्काउन चेष्टा गरोस् । मानवीय मुल्य जानेको हिटलर नै भएपनि केही फरक छैन । यस्तो हुन सकेमा देशले एकता र बिकासको गति छिटो च्याप्छ ।

फेरी जनताको राजनैतिक स्वाद पनि निरन्तर परिवर्तन भईरहेको छ जसको हेक्का सबैलाई हुनुपर्छ ।

नेपालीको प्रतिरोधात्मक क्षमता र भारतीय कचकच
दश बर्षे ससस्त्र गृह युद्ध , राजाको एक तन्त्री शासन , नेपाली नेतृत्वले जनतालाई दिएको पटक पटकको धोखा , निवार्हमुखी र बिदेशी निर्भर अर्थतन्त्रले पेलेको दुख र घटाएको आत्मस्वाभीमान , २०५८ सालको राजदरबार हत्याकाण्ड , २०७२ सालको भुकम्पले ल्याएको महाबिपत्ति , छेउ न टुप्पोको तर जनताले स्वीकारीदिएको संबिधान आदि ईत्यादीले बितेको २५ बर्षमा नेपालीहरुको प्रतिरोधात्मक क्षमता कति बढेको छ भन्ने नबुझि , भारतले गरेको नाकाबन्दी , उसैका लागी प्रत्युत्पादक भएको छ । अब कुनै पनि नेपाली भारतीय साँढेमिचाईसँग झुक्ने छैन । तर धन्यबाद भारतलाई कि नेपाली आत्मनिर्भर हुन सक्छन् र नेता देखी चप्पलको फिता सम्म भारत मुखी ब्यवहारलाई बदल्न पनि सक्छन् भनेर यो झिङ्गाबन्दीले देखाईदिएकोछ ।

भारतबाट सिपाही बिद्रोह दमन गरेर बक्सीस पाएको होईन यो मध्य तराई । त्यो हाम्रै थियो र हाम्रै हो । भलै ईष्ट ईण्यिासँग हारेको बाँके , बर्दिया , कन्चनपुर र कैलाली नेपालले सुगौली सन्धी पछि फिर्ता पाएको थियो किनकी ति ठाउँको अर्गानीक मलेरीयालाई पचाउन सक्ने जनता बेलायति भारतले कजाउन सकेको थिएन । अरु नेपथ्यभित्रका कारणहरु प्नि थिए होलान् । दुईचार जना नेपाली नेताहरु भरत परस्त होलान् तर नेपालको जनमन भारत प्रभावीत छैन । हाम्रो आफ्नै स्वाभीमान छ , स्वतन्त्र भएर बाँचेको ईतिहास छ । नेताहरुले पनि केही गर्ने बेला भएको भनेर धारणाहरु ब्यक्त गरीरहेका छन । सबै कुरा एकै मेशोमा ठिक पनि हुनेवाला छैन ।

युद्ध जीत्न गोला , बारुद र तोप भन्दा पनि नैतिक बल धेरैनै चाहीन्छ । भारत र भारतीयहरुलाई घृणा गर्यौ भने परनिर्भरता , हुल्याहपन र गरीबि बिरुद्धको युद्धमा पहिलो मोर्चामानै हामी नेपाली हार्ने छौ । शत्रुलाई त अझ प्रेम गर । द्वेष र क्लेष दुबै नराख ।

फेरी सारमा कुरोको चुरो नेपालीले नै समात्नु पर्ने छ । राष्ट्रले आफ्नो सोच , गरिमा र स्वाभिमानमा बाँच्न सीक्नुपर्दो रहेछ । अक्टोबर २६ २०१५ को भुकम्प पछि बिदेशी सहयोग माग्न नपर्ने पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफको भनाईले स्पष्ट हुन सकिन्छ । उनी पनि परीपक्क हुँदै गएका रहेछन् ।


अबको नेपालको बाटो र सम्भावनाहरु के के हुन् त ? आत्मनिर्भरता अनि अन्तरनिर्भरता के र कसरी ?

१) अहिलेको संकट मोचन गर्न पहिले बिकल्पहरु हेरौं । 

ट्याङ्कर गुड्न चाहिने पेट्रोल र ईन्जिनका पाट पूर्जा नै खर्च गरेर छिमेकी देशहरुबाट पोट्रोलियम पदार्थ आयत गर्नुको साटो  (जो महङ्गो र खर्चिलो पक्कै छ) जुन देशबाट यी भित्राउने हो त्यहीबाट एउटा भुमीगत पाइपलाईन बिछ्याएर (अझ सकिन्छ भने त्यसैमा रेल सेवा पनि सन्चालन गरेर) यो समस्यालाई दिर्घकालीन रुपमा सुल्झाउन मिल्दैन र ? एक पटकको लगानी बषौसम्म ढुक्क ढुवानी । हो यसमा समय लाग्छ र नेतृत्व स्पष्ट हुनुपर्छ । यी बिकल्पहरुको सम्भावना हुदाहुदै पनि हाम्रै जलबिधुत बिकासलाई नै सफा र सस्तो उर्जाको स्रोतको रुपमा निर्बिबाद अगाडी सार्नु श्रेयकर देखिन्छ । भारतसँग झुक्ने र भारतीय पोट्रोलको लागी ढुक्ने होईन । बिकल्पहरु खोतली हाल्ने हो ।

मकैका ढोंढ , पात पतिङ्गर , भुकम्पले भत्काएका संरचनाबाट निस्कीएको काठ , आदि ईत्यादीले जो नौलो दशै , २०७२ मा मानियो , त्यसले सर सफाईमा पनि मद्दत गर्यो भने अरु सम्भावनाहरुमा सोच्ने समय पनि दियो ।

फेरी आत्मनिर्भर हुने तर्फको पाठ जो यो नाकाबन्धीले सिकाएको छ , बितेका कयौं दशकमा नेपालीले सिकेको अमुल्य कुरा हो यो । धन्यबाद मोदि र भारतलाई । शासकको एउटा दोधारे चरीत्रको र अराजनैतीक प्रबृतीको बारेमा पनि नेपाली जनताले स्पष्ट हुने मौका पाएका छन् । हिजोका दिनमा प्रजातन्त्रीक भनिने आन्दोलमा साथ र सहयोग गरेको भारतले अहिलेको नचाहिंदो चासोलाई स्वाभावीक ठान्छ । तर हामी नेपालीलाई झिझो लागीसकेको छ ।

अब नेपालले भारत नितिमा आमुल परीवर्तन गर्ने बेला आएको छ र यो उसलाई पनि स्पष्ट बुझाईदिनुपर्ने बेला आएको छ । अब कर्मचारीतन्त्रमा भन्दा पनि जन भावना र सामाजीक बिकासमा , जनस्तरमा आधारीत परराष्ट्र निति अंगीकार गरीनुपर्छ । जस्तै कि जनताहरु भारतका मान्छेहरुसँग सामाजीक–अर्थिक सम्बन्ध राख्न चाहन्छन् कि चाहदैनन् । चाहदैनन् भने दुतावासको खर्च किन गर्ने । भलै यस्तो सम्भावना अहिले पक्कै छैन किनकी सम्बन्ध त्यती बिग्रीसकेको पनि छैन । तर पनि कालन्तरमा यो पनि सोचनिय बिषय हुनसक्छ ।

२) हामीले आफ्नै स्रोत , साधन र संस्कृतीमा सम्भावनाहरु खोज्नुपर्ने देखीन्छ । पानी नेपालको सेतो सुन हो । भारतको बाटो तेल ल्याउनुको साटो अरब देशहरुसँग पानीसँग तेल साट्नुपर्ने देखिन्छ । यो पनि संभावना नै हो । प्रकृती हरियो डलर भित्राउने माध्यम र संस्कृती नेपालीको लागी ट्राभल चेक , जो संसारमा कुनै कुनामा पनि साट्न मिल्छ , सम्मान पाईन्छ । हिन्दु , बौद्ध र किराँतहरुको रहन सहन, रीतिरीवाज ,भेष भुष , भाषामा यो सटही स्रोत जति पनि छ , नेपालीहरु चिनिने र नेपाल चिनाउने । 

१२३ भाषाहरु जो नेपालमा बोलिन्छन् र केही कम भाषा लेखीन्छन् , तिनीहरुको एउटा समग्र शब्दकोष बनाउने हो भने बिश्व ज्ञान , बिज्ञान र मनोबिज्ञान सबैलाई फाईदा हुन्छ । नेपालको शिक्षा भित्रको अर्थतन्त्रलाई उकास्न सकिन्छ , प्रबिधि बिकास गर्न सकिन्छ । सस्तो श्रममा , महङ्गो अर्थमा जो युवा जनशक्ति पढाई र कामको बाहनामा बिदेशीन बाध्य छ , त्यसलाई रोक्न सकिन्छ । बिदेशको पढाईमा सिकेर आएको प्रबिधिलाई नेपाल अनुकुल बनाएर (प्रबिधि प्रयोग गर्ने , जुन अनुकुल हुँदैन त्यसलाई परीवर्तन गरी हाल्ने – ज्ष्त बलम त्चष्ब)ि , सस्तो जनशक्ति लगाएर , कल कारखाना उधोग धन्धाहरु नेपालमै खोल्न सकिन्छ । अनि अर्थतन्त्रको साँचो नेपाली हातमा । परनिर्भरता बिस्तारै कम ।

बिकासका र भौतिक संरचनाहरु यसरी बनाईनुपर्छ कि आगमी समयमा हुनसक्ने कुनै पनि दैबी बिपत्ती , बाढी , पहिरो , भुकम्प सबै ठेग्न सकोस् । १९९० र २०७२ को भुकम्पबाट पाठ सिक्नै पर्छ ।

३) जुन किसिमको अराजकता अहिले प्रदेश निमार्ण र सीमाङ्कनमा देखीयो  त्यसले यो प्रष्ट पार्छ हामीले संघियता बारे केही पनि गृहकार्य नगरीकन हावादारी निर्णय लिईरहेका छौं । कहि नपुग्ने बेटुङ्गो बाटोमा हिंडिरहेका छौ । आम नेपाली मानसीकता बुझ्ने प्रयासनै गर्ने हो भने एउटा जनमत संग्रह गरेर केही फरक पर्नेवाला छैन । जनमतले संघियतामा जा नै भन्यो भने पनि पहिले स्थानीय निकायको चुनाब र स्थानीय रुपमा जनप्रतिनिधि र बिकास सुरक्षित भए त्यसैबाट प्रदेशको खाका कोर्न सकिन्छ , सजीलो हुन्छ र बिभिन्न किसीमका द्वन्दहरु स्वत ब्यवस्थापन पनि हुँदै जानेछन् । हाम्रो शासन प्रणाली पनि स्पष्ट हुनेछ । जनताले सिक्न पनि पाउनेछन् । यो नै बैज्ञानीक रुपको पुर्नसंरचना हुनेछ । अहिलेको जन प्रतिनिधिहरुको कुरा सुन्ने हो भने पनि त्यस तर्फ अग्रसरता देखाएको बुझिन्छ ।

यस्तो सकरातमक परस्थीति निमार्ण भए मात्र पहिचान र सामथ्र्यको कुरा आउँनेछ । नत्र सारा नेपाली जनतालाईनै गरीबि  र अभावले थिलोथिलो पारेको नैे  छ । मधेशको नाममा राजनिति गर्ने र थारु आन्दोलनलाई उक्स्याउने त्यो आतंकबादी र नकश्लबादी मानसीकताले आफुलाई ठालु राख्न र छोटे राजा बन्न भोलीका दिनमा पनि कुनै कसर राख्ने छैन । उ हामीलाई हामी सँगै लडाएर बेसुरको मुरली बजाउन उद्दत देखीन्छ । फेरी यस्ता राजनैतिक हतकण्ठाहरुसँग देश र आम जनतालाई अगाडि बढाउन सक्ने न त क्षमता र सामथ्र्य छ न ईच्छा शक्ति । पहिलो संबिधान सभाको निर्वाचन पछि जनताले सबै देखीसकेको र भोगीसकेको अनुभव हो यो ।

हामीले बुझ्नु पर्छ , कुनै पनि शासन ब्यवस्थाले जनताले मागेको कुरा दिनुपर्छ , दिनसक्नुपर्छ , नत्र त्यहाँ बिद्रोह हुन्छ । भलै आफुलाई मधेशी भनेर चिनाउन चाहने एक तब्काका मध्य तराई बासीहरुलाई समग्र मधेश प्रदेश दिन नसकीएकला । पृथकताबादीहरुले चाहे जस्तो गणतन्त्र मधेश बन्ने पनि छैन तर आम जनताको गरीबि बिरुद्ध रोजगार र स्थाईत्व , अरु नागरीक सरह समानता र नेपाली हुनुको गर्ब र राष्ट्रिय पहिचानमा समायोजन दिनै पर्छ , हुनै पाउनु पर्छ । कसैले पनि देश बिनाको भएर बाँच्न नपरोस् । अरु धेरै बिषयहरु तपशीलका बिषयहरु ह्ुन् । यही कुरा अरु समुहको माग प्रति पनि उत्तिकै लागु हुन्छ । कुनैनै कुनै रुपमा , भलै भौतीक रुपमा नभए पनि , मानसीक सन्तोषको रुपमा या बिम्बकै रुपमा नै भए पनि उनीहरुको माग पुरा गरीदिनै पर्छ ।

फेरी सबैभन्दा महत्वपूर्ण कुरा त , देशको सीमा र सीमानालाई सीमाबद्ध नगरीकन जारी गरीएको संविधान दासताको दस्ताबेज मात्र हुनेछ भन्ने कुरा थाहा हुँदा हुँदै पनि जसरी तीन दलको मनोमालिन्यमा संबिधान जारी भयो त्यसैले निम्त्याएको संकट हो अहिलेको भारतीय नाकाबन्दी । त्यसले दिर्घकालीन रुपमा हामी नेपालीको मनोबिज्ञान र आत्म स्वाभीमानलाई अझ थिलोथिलो पार्नेछ । समृद्धी होईन कि पछौटेपन हाम्रो पहिचान बन्नेछ ।

चाहे सीमापार यौनदासीका रुपमा बेचीएका नेपाली चेली हुन् या अरबको खाडीमा बन्धकी जस्तै बाँधीएका नेपाली श्रमीक हुन् या लुटीएको नेपाली सीमाना होस् ; उनीहरुलाई देशको सीमाना भित्र ल्याएर गोलबद्ध नगरेसम्म र संबिधानको यो सहीछापमा उनीहरुलाई चार किल्लाको साक्षी नराखेसम्म , जारी वा लागु गरीएकोे संविधानले केवल हाम्रो दासता मोह गाउने छ । 

यता नेपालको सीमानामा भारतले बनाउने सडक बाँध र अरु संरचनाहरुले बर्षेनी ल्याउने बाढी र त्यसले बगाउने घर खेतले , अनि डुबेको मन र नेपाली शरीरले ति मध्य तराईबासीहरुलाई आफु नेपाली हुने गौरब कहिल्यै दिने छैन । धान लहलहाउने बेलामा कुहिनु र सीमा स्तम्भ यता उती पारेर नेपाली मनलाई अमिलो बनाउने र नेपाली भुगभाग हडप्ने डाँका मानसीकताको भारतीय सोचलाई तह लगाउनै पर्छ । मध्य तराई बासीहरुको पिडा र उनीहरुलाई सदासयता पनि देशको मुल कानुनमा सम्बोधित हुनुपर्छ । उनीहरुले पहिचानका लागी भन्दा पनि आफ्नो जीबिकाको लागी सुरक्षित हुनु पाउनु पर्दछ । यो नै उनीहरुका लागी अमृत तुल्य अधिकार हुनेछ ।

नत्र बैरीहरु अझै हाँस्ने सुरमा देखन्छन् ।

४) यो बैश्यहरुको युग हो । यहाँ जे कुरा पनि बिक्छ र आम्दानी हुन पाउनु पर्छ । पहिचान , पहिचान मात्र जपेर न त पहिचान बाँच्छ , जोगीन्छ , न कसैले त्यसको महत्व बुझ्छ , न त बिकास नामको आम्दानीनै हुन्छ । भएको पहिचान बाँचौं , सबै नेपालीलाई बुझाउँ , बाँच्न लगाउँ , सम्मान दिउँ र पाउँ , खुशीयाली मनाउँ , दुनिया बोलाउँ अनि नाम , दाम , साथी र संसार कमाउँ । साकेलालाई साम्भा बनाउँ , नेपालका जात्राहरुलाई कार्निभल , दशैंमा प्रकृती रीझाउँ , तिहारमा दिदी भाई , लोसारमा सोच नयाँ बनाउँ , माघिमा दासता हटाउँ , बुद्ध पूणीमामा चेतना उठाउँ , साथी , चेतना । पर्यटकहरु बेलाउँ , गरीबि हटाउँ , दाम कमाउँ साथी , दाम ।

५) आरक्षण कहिलेसम्मको लागी हो , संबिधानमै समय सीमा तोकिदए मन मुटाबहरु पखालिन्थ्यो र आरक्षण निर्भरता पनि कम भएर जान्थ्यो । शिक्षालाई गति दिने हो भने ५ बर्ष भित्रै आरक्षण बन्द गर्न सकिन्छ ।
यो देशमा मधेशीहरु मात्र छैनन् र उनीहरु मात्र पनि पिडित या पिडक होईनन् । उनीहरुकै पक्ष या बिपक्षमा चर्चा र परिचर्चा गरेर राष्ट्रि«य समय खेर नफालौं । आ आफ्नो काममा लागौं ।

६) आत्मनिर्भरतानै अर्थतन्त्रको मेरुदण्ड हो भन्ने हामीले बिचार गरेकानै छैनौ । उत्पादनहरुमा पुँजीको लागत घटाउन अन्तरनिर्भरतालाई सम्बर्धन गर्न सकिन्छ तर एक पटक आत्मनिर्भरता स्थापित भएपछि । बजारलाई जस्तै परस्थीतिमा पनि चलाएमान राख्नुपर्छ र चल्न दिनुपर्छ अनि बन्छ आत्मनिर्भर अर्थतन्त्र ।

जलसोत आधारीत सफा उर्जा , कृषी खाध उत्पादनमा स्वदेशी निर्भरता , जडीबुटी र खनीज , पर्यटन , शिक्षा भित्रको अर्थतन्त्र (बिदेश गएर पढने होईन कि संसार भरका बिधार्थी नेपाल भित्राउने), आदीमा मात्र लगानी र उत्पादन बढाउन सक्यो भने आत्मनिर्भर अर्थतन्त्र बिस्तारै बन्छ । यस्तो परस्थीतिमा खाद्य असुरक्षा घट्छ र रोजगारी बढ्छ ।

जसरी यरोपिएन युनियन र रुस (प्राकृतीक ग्याँसको लागी) र अमेरीका र चीन (ब्यपारका लागी) परस्पर सम्बन्धमा छन् नेपालले पनि भारतसँग जलनिति उपयोग गर्दै एउटा लेनदेनको गाँठो समात्नु पर्ने छ । अन्यथा भारतसीतको परनिर्भरतामा स्वाभीमान खोजेर केही हुनेवाला छैन । 

७) अब थुतुनो मात्र चलाउने राष्ट्राबादी यस देशमा धेरै नै भईसके तर हात चलाउने देशभक्तहरुको खाँचो धेरैनै छ । देशभक्त बनौं , बिकासका क्रान्तीहरु गरौं ।

पहिले पहिले नेपालीलाई चीनाउने दुईवटा मानक हुन्थे , ईमानदारीता र बहादुरी । दारीवालाहरुको राजनैतीक अबुझले ईमान“दारी”ता त ख्वाप्पै भयो तर गरीबिले गर्दा होला नेपालीले बहा “दुरी” (बिदेश पलाएन) को बिकल्प भेटेका छैनन् ।
जसरी दलाई लामालाई पहिचान गरेर दलाई लामा बनाउने एउटा प्रक्रिया छ त्यसरीनै सच्चा राजनिति कर्मिहरुलाई पहिचान गर्ने एउटा उपाय हँदो हो त पेशाकर्मि , ब्यपारी , समाजसेवी , बिधार्थी , मजदुर , अधिकार कर्मि र नगरीक समाजलाई राजनितिबाट अलग्गै राख्न सकिन्थ्यो । देशको भलो हुन्थ्यो , नेपालीको जय हुन्थ्यो ।

अन्त्यमा फेरी केही तर्कना र सुझाबहरु – 
८) प्रदेश निमार्णको काम मधेशी र मधेश बिरुद्धको तुष नमेटीएस्मम र स्थानीय निकाएको स्थापनाको १ बर्षसम्म नर्गदा बेस हुन्छ । यो तुष मेटाउन जनतालाईनै अग्रसर गराएको राम्रो । जनताले संबिधानबाट के पाए , के पाएनन् मध्य तराईमा नै गएर र संचारका माध्यमहरु प्रयोग गरेर बुझाउँदा हालको संकट र द्वन्द सहज हुन्छ ।

महोत्तरीको जलेश्वर किन त्यती धेरै जल्यो , शायद अत्याधीक गरीबिले । जातीयता र धर्म धेरैनै ज्वलनशील सामाजीक आयमहरु हुन् । गरीबि जहाँ हुन्छ त्यहाँ जातीयता र धर्मको नाममा आगो सल्काउन केही बेर लाग्दैन , गरीबिले आगो बाल्न हावा फुकिदिन्छ । 

अब गरीबिर पछौटेपन बिरुद्धको नेपाली युद्धमा , कुन नेपालीले कहाँबाट मोर्चा कस्ने हो , छलफल गरौं र स्पष्ट हुँदै जाउँ । देशलाई दिशानिर्धिष्ट गरौं , मनलाई लक्ष्यबोध दिउँ ।

त्यसैले जीउँदा मान्छेहरुलाई माया , प्रेम र सम्मान गरौं । शहीद गेट गएर एक घारी फूल चढाउनु पर्दै पर्दैन । उनीहरु मरीसके , हामी बाँचेका छौं । रोल्पा जाउ , टिकापुर जाउ र जलेश्वर जाउ या भत्केको सिन्धुपाल्चोक या गोर्खा आउ । यो चिसो दशैं र तिहारमा ति चिसा आँखाहरुले के उमङ्ग , अवसाद सााचेका छन् , बाँचेका छन् देखेर नेपाललाई बुझौं । देशलाई बुझ्नुनै सबै भन्दा उत्तम ज्ञान आर्जन गर्नु हो । 

आखिर हिमाल पहाड र तराई , को छ र यहाँ पराई । ?

उत्तर या फेरी यक्ष प्रश्नहरु ।?

तिहार र भाईटिकाको अग्रीम शुभकामना ।
हाम्रो मनमा दिप प्रज्वलीत होस् ।
नेपालीको जय होस् ।

लेखक  –  राज बश्याल
अध्यापक – मनोबिज्ञान , त्रिभुवन बिश्वबिधालय
Date : 31st October 2015

You can "Like" and comment at our facebook page : https://www.facebook.com/Klub-Psychology-266227932653/timeline/