Thursday, October 24, 2019

जनहितमा जारी - Don't Suppress Natural Urges




नमस्कार साथीहरु ।

आज हामी सोच , शोख , शौच र शयनलाइ कसरी ब्यवस्थीत गरेर त्यसले मानवमा पार्ने असरहरु कम गर्न सकिन्छ भन्ने बारे आम जनताका अनुभवबाट सिक्ने प्रयास गर्नेछौं ।

सोच – जुन किसीमको आर्थीक सामाजीक परीस्थीतिमा हामी जकडिएका छौं त्यसले हाम्रो समस्त जीवन पद्दतिलाई असर गरीराखेको छ । जबसम्म सोचमा अर्धम र झुट हुन्छ त्यसले दम्भ र लोभ लाई जन्म दिईनै रहन्छ । दम्भ र लोभको संसर्गबाट क्रोध अनि हिंसाको जन्म हुन्छनै । यसबाट निरन्तर समस्या र जडताको शुरुवात हुन्छ जो सबै दुखहरुको कारण हो ।

शोख – हाम्रा बिचारहरु अनुसाका आचार या ब्यवहार भएनन भने पनि धेरै रोगहरुले शरीरलाई गाँज्छ । दुब्र्यषण आफैमा एउटा गलत आहार र आचारको परीणाम हो । जे बोल्नुहुन्छ त्यो गर्नुहोस् । सँधै ईमान्दार र दयालु बन्ने प्रयासमा लाग्नुहोस् ।

शौच र शयन – निन्द्रा ब्यवस्थीत गर्न नसक्नाले शरीरलाई यथेष्ट आराम पुग्दैन र शरीर चन्चल र क्रोधि बन्छ जसले कालन्तरमा हिंसा र दुख नामको रोग जन्माउँछ । प्रयाप्त आरामको कमि मानसीक रोगहरुको एक प्रमुख कारण हो ।

शौचलाई या अरु प्राकृतीक तिर्सनाहरुलाइ रोक्ने प्रयासले शरीरमा बिषात्तता बढाउँछ र अन्तमा रोग फैलाउँछ – जन्माउँछ । कुनै पनि प्राकृतीक इच्छालाई रोक्नु शरीरमा रोग या दोष निम्त्याउनुनै हो । रगत कालो हुने र शरीरको आभा क्षीण र कालो हुँदै जाने र दिनहीन देखीने त छँदैछ ।

त्यो बिषलाई फाल्नको लागी हाम्रो शरीरले बिशेषत मिर्गौलाहरुले निरन्तर काम गर्नुपर्छ । कुनै पनि अंगले सीमा भन्दा ज्यादा काम गर्नु भनेको त्यसको कार्यक्षमता क्षिण हुँदै जानु हो र अन्त्यमा काम गर्न नसक्नु हो ।

फेरी हामो सामाजीक परीवेशमा जहाँ पाए त्यही शौच त्याग गर्ने सुबिधा महिलाहरुलाई छैन । यसको सिधा संकेत हो महिलाहरुलाई पाचन प्राणली (पेटका समस्याहरु) , प्रजनन प्रणाली र शौच या निकासी प्रणलीहरुमा (दिशा , पिसाब) यो बिषले त्यसका अंगहरुलाई धेरैनै असर गरीराखेको हुन्छ । र्मिगौला जस्तो अत्यावसेक अंग जसको मुख्य कामनै रगतको सफाई गर्नु हो बिर्गनुमा यो एउटा प्रमुख कारण हो । अत शौचलाई रोक्ने प्रयास नगरौं ।

अब देशले मन्दिर भन्दा पनि धेरै शौचालय खोजेको छ ।

यता पुरुष या जोकोहीले पनि मद्दपान गरीसकेपछि शौच गरेर , मनतातो पानीले नुहाएर र खाना खाएर सुतेै रक्सीको बिषाक्तताले दिमाग र र्मिर्गौला दुबैमा धेरै असर गर्ने पाउँदैन ।

एउटा सानो सचेतना र जानकारीले महंगो उपचारबाट बच्न सकिन्छ र जीन्दगी पनि बचाउन सकिन्छ ।

यो सुचना आम जनताका बिच बाँढनु होला ।

धन्यबाद ।
जय नेपाल

By:
Klub Psychology: सेताेघाेडा मनाेसामाजीक केन्द्र