Sunday, November 3, 2019

न्यानो माया : Donate Warm Clothes to the Needy


तराईमा कस्तो छ कुन्नी तर काठमाडौं उपत्यकामा शीत सहितको एकदमै ठिहिर्याउने जाडो छ। भुकम्पपछि पालको बास भएका या तराई डुवान पछि घरबार र लत्तकपडा बिहिन भएकाहरुको त बिजोगै भो होला , बिहान होला र न्यानो होला भन्ने आशामा छन् होला ।
सदियौ देखी केही नभएका मान्छेहरु पनि यहाँ धेरैनै छन् , सुकम्बासी भनेर चिनिन्छन् । कसले एक सरो लुगा देला र जाडो काट्म्ला भनेर बसेका छन् । चिसो सडकमा सडक बालबालीकाहरु कसरी निदाए होलान् ।
दिन रात काम गरेर पनि खान नपुग्नेहरु कि त भ्रष्ट भएका छन् , जो पढेलेखेका गरीबहरु हुन् , या त अर्को कुनै क्रान्तीको तानाबाना बुन्दै छन् ।
जुन ठाउँमा हाम्रो न्यानो माया पुगेको छैन मिसीनरी पक्कै पुगेको होला । बिडम्बना आजको जल्दो बल्दो ब्यवसाय त्यही भएको छ। गाउँ गाउँमा र बस्ती बस्तीमा भोका – नांगा त पक्कै बढेका छन् । मान्छेहरु जन्मी रहेछन् तर प्राकृतीक स्रोत घटीरहेको छ , अस्तब्यस्तता बढिरहेको छ , रोजगार छैन ।
अब अरु कुरो होइन , आफ्नो मनको ढोका खोल्नुस् अनि घरको दराज, बाकस र सुन्दुक । त्यहाँबाट , तपाईले नलगाएका लुगाहरु धेरैनै छन् र न्याना पनि होला , निकाल्नुहोस् , सुकाउनुस् , धुनुस र र लिएर पुग्नुस् नजीकैको गरीब धनबहादुरको घरमा या फाटेको फ्रक लगाएकी सिर्जनाको घर । मनग्य आशीस पाउनुस् ।
सबैलाई न्यानो माया , शुभ – आर्शीबाद ।
आज जन्मदिन हुनेहरुलाई बिषेश शुभकामना ।
________________________________________
जनहितका लागी जारी सुचना – भुकम्प पिडितका लागी न्यानो कपडा
संसारभर एक डिग्री सेल्सीयसले तापक्रम बढ्ने कुरा भईरहेको छ , तर काठमाडौंको जाडो ५ डिग्री सेल्सीयसले बढेको अनुभव हुन्छ । २०३४ साल पछि जन्मीएका हाम्रा पिढिका मान्छेहरुले माईनस ० डिग्री सेल्सीयस भन्दा बढि जाडो अनुभव यस पलि न्यानो सानो कोठामा बसेर चिसो तातो सुरुप्प गर्दै अनुभव गर्न पाईयो । तर जाडो मुटुनै काम्ने छ ।
भुकम्पको महाबिपत्ति , त्यसपछिको भारतीय नाकाबन्दी र उर्जा संकट अनि दिनहुँको महंगी र के खाउँ र के लाउँ भन्ने बाध्यता माझ यो जाडोको महाबिपत्ति अनि छाप्रो र पालको बास । फेरी पाल बाट चुहिने जीउ छेड्ने शीत अनि बिहान कहिले होला भन्ने झिनो आशा र उहि प्रदुशषणले तुषारापात गरेको घाम । यो अत्यन्तै बिपतको स्थीति हो , सारा नेपालीका लागी र यो कठिनतम् स्थीतिबाट उन्मुक्ति पाउने भनेकोनै सारा नेपालीको न्यानो माया र सद्भाव हो ।
बर्षौ देखी तपाईको दराजमा थन्कीएका , ढुसी गनाउनै लागेका , किराले खान्छु भनेर आँ गरेका , नाती पनाति, छोरो बुहारीले कासेली पाएका कपडा कहिलेको लागी साँचेर राखेको , छोरीलाई चाहिंदैन , नातीनीले लगाउँदैन । मन फराकिलो गर्नुस् , निकाल्नुस् , धुनुस् र पुगोस् बिधालय जाँदा ठिहिराई राखेका नानीहरुका आँगमा , सुत्केरीको छातीमा , बृद्धहरुलाई न्यानो सेक्न ,चीसोमा कर्मबादी हात चलाईरहेका मजदुरहरुको भक्कानो रोक्न ।
तपाई शीत लहरले छोपेको भुकम्प पिडित टहराहरुमा पुग्न सक्नुहुन्छ , महोत्तरी र रोतहट पुग्न सक्नुहुन्छ या काठामाडौंकै गणेश स्कुल या दरबार हाईस्कुल पुग्न सक्नुहुन्छ एक कुटुरो न्यानो बोकेर । उनीहरुले तपाईको सहयोग लिन अस्वीकार गरे भने भन्नुहोस् - "यो जाडोमा न्यानो मेरो तर्फबाट , अको बर्ष तपाईको सदाससयताबाट ।"
नेपाली पहिचना फहराउने बेला यहि हो । आखीर झण्डा बोल्दैन र ति दुखी मनहरुले माग्न जानेका पनि छैनन् । तपाईनै अघि सर्नुस्।
बाँडेर र दान गरेर अखिर कोही गरीब भएको , छैन । नेपलीलाई चेतना होस् ।
हामीहरु पनि तपाईकै साथमा छौं ।

सेताेघाेडा मनाेसामाजीक केन्द्र