Monday, April 13, 2020

United Against Corona - यो जनता जगाउने र जनताले सरकार सघाउने बेला हो

"अब लकडाउन छ , कोरोनाले केहि गर्न दिएको छैन भन्दै हात बाँधेर बसिएको छ हैन प्रमज्यु "

त्यो छुट त अघिल्ला साढे दई बर्षसम्म पनि लिएको हैन र? जनता भोकै मर्ने पिरले र भोकले मरिसके ; जनता बिनाको शासन होला र? तपाई सक्नुहुन्न भने स्वास्थ्य र त्यसलाई सघाउने सम्बन्धित मन्त्रालयहरूको (कृषि, बिज्ञान, अर्थ, , बाँणिज्य, गृह, रक्षाको एककृत सयन्त्र या फौज बनाएर समस्या माथि काम गर्नुछ) जिम्मेवारी मलाई दिनुस् , टुंगोमा पुर्याईदिन्छु ।

प्रारम्भिक योजना -

१) भ्रष्टचारिहरूको कठालो ।

२) बिज्ञहरूसँग सल्लाह र निश्चित ठाउँहरू मात्र लकडाउन । एलोप्याथि, आयुर्बेद र बैकल्पिक चिकित्साको मिश्रित प्रभोग कोरोना बिरुद्ध जरूरी देखिन्छ ।

३) सहि सुचना र लजिष्टिकहरू स्वयम्सेवि बिध्यार्थीद्वारा पुर्याउने बन्दोबस्त ।



४) सबै दिर्घ रोगी र कोरोना सम्भावितहरूको उपचार स दिवा उपचार केन्द्रको योजनामा उपचार र राहत ।

५) अरू काममा र अर्थतन्त्रको सन्चालमा बिशेष रेखदेख र स्वास्थ्य सुबिधा सहित जनता परिचालन ।


लकडाउन मात्र बिकल्प होईन प्रमज्यु । अहिलेसम्म जनताका छोराछोरी ब्यस्त छन् तर जब रासन सकिन्छ र उनिहरू थाल ठटाउन थाल्छन् नि, अभिभावकहरू जुरमुराउँछन् - आन्दोलित हुन्छन् अनि थाहा हुन्छ नेपाल सरकारसँग रोग र भोकसँग एकै पटक लड्न सक्ने ल्याकत छैन । र बिश्रिङखलताको शिलशिलाले के-के दुर्घटना हुन्छ थाहा छैन ।

यो जनता जगाउने र जनताले सरकार सघाउने बेला हो , समयमै उनिहरूका उर्जा प्रयोग हेतु सहि कदम उठाउँ ।
जिम्मेवारि तत्पर - राज बश्याल

www.facebook.com/classicejunkie
www.twitter.com/classicejunkie

To - K P Sharma Oli - www.facebook.com/umlprezkpsharmaoli



#ITryIRisk