Wednesday, August 17, 2011

परिचय : क्लव साइकोलोजी (Klub Psychology)



परिचय : क्लव साइकोलोजी (Klub Psychology : सेतोघोडा मनोसामाजीक सेवा)

क्लव (KLUB) नामले लोकप्रिय तथा चिरपरिचित क्लव साइकोलोजी (KLUB PSYCHOLOGY) हाम्रो आफ्नै सामूहिक लक्ष्य हो । हाम्रो उद्देश्य बौद्धिकता, धैर्यता, समर्पण र शक्तिको बलमा, यूवा तथा कर्मको नाराद्वारा मनोसामाजिक सेवामा परिर्वतन गर्ने हो ।

वि.सं.२०६४ साल पुषदेखि गृहकार्य तथा बिभिन्न मनोसामाजिक अनुसन्धानका कामहरु गर्दै आज वि.संं.२०६८ साल साउनमा स्थापित यस क्लव साइकोलोजी बिभिन्न बिज्ञता तथा प्राज्ञिकताका मनोसामाजिक व्यवसायिकहरुको साझा केन्द्र हो । सबै खाले मानसिक स्वास्थ्य समस्याको सम्बोधन गर्ने उद्देश्यले नै यसको स्थापना भएको हो । हामी चाहन्छौं क्लव हरेक मनोसामाजिक समस्याहरु विरुद्ध काम गर्ने एक मनोवैज्ञानिक प्रयोगशाला बनोस् जहाँ प्रयोग, शिक्षण र प्राविधिकहरुको उत्पादन साथसाथै होस् ।

उद्देश्य :
सबै खाले मनोसामाजिक सेवाको अब्बल प्रदायक हुनुनै हाम्रो पहिलो लक्ष्य हो । यसका साथसाथै सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय रुपमा आईपर्ने बिभिन्न घटना तथा दुर्घटनाले ल्याउने मानसिक समस्याहरुमा स्वयंसेवा र भविष्यमा आउने यस्ता समस्याहरुको मानसिक जोखिम न्यूनिकरण गर्नका लागि अनुसन्धान गर्नु हाम्रो प्राथमिकतामा पर्छन् । हामी आशा राख्छौं र प्रण लिन्छौं कि हामी हाम्रो क्लवलाई मानसिक स्वास्थ्य क्षेत्रको एक महत्वपूर्ण कोशेढुङ्गो बनाउने छौं । यस कठिन तथा लामो यात्रामा हिड्दै गर्दा तपाईहरुको स्नेह, प्रेरणा तथा सुझावहरु पाइनै रहनेछौं भन्ने हाम्रो विश्वास छ ।

लक्ष्य :
नेपालजस्तो अल्पविकशित तथा विकाशोन्मुख देशमा स्वास्थ्य क्षेत्रमा मात्र खर्चनुपर्ने आयातित अरबौंको औषधि तथा चिकित्सकीय प्रविधि राष्ट्रिय आर्थिक घाटा हो । हाम्रा सेवा, सुविधा तथा कार्यक्रमहरुको उद्देश्य नै फजुलमा खर्च भएको यो अरबौं रकमलाई गासबासकपासका साथै शिक्षा र देश विकासमा रुपान्तरण गर्न मनोसामाजिक प्रेरणा दिनु हो । गास, बास, कपास स्वस्थ मन, तन र एउटा शिक्षित र विकशित समाज नै एक सामान्य मानिसको सपना हो । हो, मनोसामाजिक सचेतनाका कार्यक्रमहरुद्वारा (Medical Counselling) समाधानका सामान्य तरीकाहरु जनमानसमा प्रेसित गरी मनोसामाजिक प्रेरणा दिनु हाम्रो लक्ष्य हो ।

प्रतिवद्धताहरु :
गुणस्तरिय मनोसामाजिक सेवा नै हाम्रो न्यून तथा पहिलो प्रतिवद्धता हो । हाम्रा सेवाहरुको असरले तपाईमा यावत सृजनशिल परिवर्तनहरु हुनेछन् । शायद सारा मनोसामाजिक सेवाको गुणस्तर नै हाम्रो सेवाको आधारमा नापिनेछ । ज्ञानको आदानप्रदानको लागि एक सम्प्रेषणशिल वातावरणको सृजना गर्नुनै क्लवले आफ्नो प्राथमिकतामा राखेको छ । हामीले हाम्रा सेवाहरुलाई नाफामूलक व्यवसायिकीकरण मात्र गरेका छैनौं कि हाम्रा सेवाग्राहीहरुलाई सिक्ने, जान्ने तथा दक्षताको विकास गर्ने र बिभिन्न मनोसामाजिक सेवाहरुमा नेतृत्व प्रदान गर्न सक्षम बनाउन चाहेका छौं ।

सेवाहरु :
हामी तपाईहरुलाई क्याप्सुल थेरापी (Capsule Therapy) नामक एक मनोबैज्ञानिक उपचार पद्दतीको विज्ञ सेवा दिनको लागि तयार छौं । यहाँ नृत्य, संगीत, रंग तथा चित्रकारिता र मनोबैज्ञानिक परामर्शका पद्दतीहरु प्रयोग गरिन्छ । साँच्चै व्यक्तिगत परामर्श, सामूहिक परामर्श, शिथिलिकरणका उपायहरु हामी आफ्नै नाम र प्रायोजनमा प्रयोग गछौं । आगामी केही महिनाहरुमा हामी मनोचिकित्सकीय सेवाहरु, योग, ध्यान, प्राणायाम तथा आयुर्वेद क्लिनिकहरु अझ व्यवस्थितरुपमा संचालनमा ल्याउने छौं ।

तपाईहरुसँग आवद्ध हुन, हामीमा सहभागिता जनाउन र जान्न बुझ्नका लागि अरु धेरै कार्यक्रमहरु बनाउने सोंचमा छौं । हाम्रा दक्ष, विज्ञहरुको समूहमा मनोबैज्ञानिक र मनोचिकित्सक, योग गुरु, शिक्षाविद्, संगीतकार, कलाकार, सामाजिक कार्यकर्ता, व्यवस्थापक, मनोबैज्ञानिक परामर्शदाता, सुरक्षा निकायका अनुभवीहरु र इञ्जिनियर आदि, इत्यादिहरु छन् । हाम्रा निम्न सेवाहरु प्रदान गछौं :
1.    Capsule Therapy
2.    Counselling (Group and Individual)
3.    Relationship & Marriage Counselling
4.    Music & Dance Therapy
5.    Art and Color Therapy
6.    Psychiatric Clinic
7.    Mobile Mental Health Camp
8.    Motivational Classes
9.    Yoga & Meditation
10.Brainstorming Sessions
11.Education & Training
12.Sport Counselling (Clinical)
13.Human Resource Development
14.Psychology in Film-making

आशा गछौं, तपाईको सहभागिता नै हाम्रो चाहाना र प्रेरणाको ७नतसोत हुनेछ । स्वस्थ सुझाव र सृजनशिल उत्पे्ररणा नै क्लव र हाम्रो लागि चाहिने खुराक हो र ती सुझावहरु समेट्न हामी सदैव आतुर छौं

क्याप्सुल थेरापी (Capsule Therapy)

यो एक किसिमको पुर्नसिर्जनात्मक मनोबैज्ञानिक उपचार पद्दतीको प्याकेज हो । यो एक आवधिक (One Session) समूहगत उपचार पद्दती हो जहाँ एक समूहका विज्ञहरुले पचास वा सो भन्दा बढी सेवाग्राहीहरुलाई उपचार प्रदान गर्नेछन् ।

यो थेरापीको पहिलो उद्देश्य नै तपाईको तनावको अध्ययन, पहिचान र व्यवस्थापन हो । ज्वरो शारिरीक समस्याहरुको पहिलो जानकारी भएजस्तै, तनाव मनोसामाजिकर मनोबैज्ञानिक समस्याहरुको पहिलो जानकारी हो । हामीले प्रयोग गरेका बिभिन्न तरीका र तपाईले क्याप्सुल थेरापी (Capsule Therapy) मा दिएका सूचनाको आधारमा तपाईको रोग पत्ता लगाउने छौं ।

यतिमात्र होइन, क्याप्सुल थेरापी (Capsule Therapy) को उपचार बृत्तमा (Therapeutic Arena) तपाईहरुमा निहित व्यक्तित्व, सृजनशिलता, परिपक्वता र नेतृत्व क्षमताले विकशित हुने मौका पाउँदछ ।

यो पद्दतीमा तपाई आफै क्रियाशिल हुन सक्नुहुन्छ किनकि यसका इकाईहरु तपाई आफै सिक्न सक्नुहुन्छ । आगामी दिनमा आफ्नै तवरले यसलाई प्रयोग गर्न सक्नुहुनेछ । जीवनमा आइपर्ने एक्लोपना र अल्छिपनाबाट मुक्त हुन सक्नुहुनेछ । हाम्रो संयुक्त प्रयासबाट बषौंदेखिको समस्याबाट मुक्त हुन तपाईलाई सहयोग मिल्नेछ । यसले जानेका कुरा एकअर्कामा सिक्न र सिकाउन पनि मद्दत मिल्नेछ ।
हामी हाम्रा सेवाग्राहीहरुलाई क्याप्सुल थेरापीमा निर्भर भएको देख्न चाहन्नौं । यसैले यो उपचार पद्दतीलाई एक आवधिक (One Session) बनाएका छौं । सिक्ने हो, जान्ने हो र यसलाई आफ्नै तरीकाले प्रयोग गर्ने हो र सकिन्छ अरुहरुलाई सिकाउने हो । तर पनि कोही केही निश्चित इकाईहरु / आयामहरुमा (Therapeutic Module) मा दक्ष हुन चाहन्छ भने यी इकाईहरुको विस्तृत रुपमा सिकाउन हामी तयार छौं । तपाई समय र लगाव लिएर आउनुहोस् र यी विज्ञ सेवाहरु सिक्नुहोस् ।

एउटा ठूलो समूहलाई लिएर यस उपचार पद्दतीको उद्देश्य प्राप्त गर्नु आफैमा सजिलो छैन । यस पद्दतीका आफ्नै सिमानाहरु छन् तरपनि हामी आफ्नो तर्फबाट यथासक्य प्रयास गर्नेछौं । तर यस कार्यमा तपाईको साझेदारी, भागीदारी र हिस्सेदारी अत्यावश्यक छ ।

मानिसहरुसँग समस्या छन् र हामीलाई लाग्छ केही हदसम्म ती समस्याहरु समाधान गर्ने गुण ती मानिसहरुमा नै निहित हुन्छन् । यो प्रक्रियामा हामी त केवल उत्प्रेरक (Motivator and Starter) मात्र हौं । साँच्चै नै क्याप्सुल थेरापी र हामीले प्रदान गर्ने कुनै पनि उपचार पद्दती सारा समस्याहरुको रामवाण भने होइनन् ।

सुधार केन्द्रहरुमा यो पद्दती निकै नै प्रभावकारी देखिएको छ । किनकी यसमा संगीत छ, मनोरञ्जन छ त्यसैले यो पुर्नसिर्जनात्मक छ । सुधारगृहमा रहने मानिसहरुको (दौंतरी) दैनिकीलाई झिंझोरहित बनाउने प्रयासमा यो सफल रहेको देखिन्छ ।
यस थेरापीले मानसिक रोगहरु जस्तैः Schizophrenia, Histrionic Personality Disorder, Paranoid Ideations, Hypomania, Suicidal Ideations र अरु यस्तै समस्याहरुको पहिचान, नियमन र उपचारमा राम्रो प्रभाव पारेको देखिन्छ । हाम्रो यो उपचार पद्दतीमा कम्तीमा पनि ५४ जना सेवाग्राहीहरु सम्मिलित हुनेछन्, जसमा उस्तै खाले समस्याहरु, मनोबैज्ञानिक प्राथमिकताहरु, उमेर, रहनसहन, सामाजिक स्थितिहरु हुनेछन् । यो थेरापी कहाँ, कुन समय र मितिमा हुने हो हामी तपाईहरुलाई अवगत गराउने नै छौं । साधारणतया साढेचार देखि ५ घण्टासम्म हुने यो उपचार पद्दतीमा ६ वटै इकाईहरु लागू गर्न सकिने छ । यसका इकाईहरु निम्न प्रकारका छन् :

१)   क्लवको समायोजित निरिक्षण प्रणाली (Klub Integrated Test (KIT) :
तपाईमा रहेको तनाव र उत्प्रेरणा दुवै नाप्ने यो एक मनोबैज्ञानिक निरिक्षण प्रणाली (Psychological Test) हो । क्याप्सुल थेरापीको शुरु र अन्त्यमा गरी दुई भागमा सेवाग्राहीहरुलाई गर्न दिइने यो टेष्ट लुकेर रहेको मनोसामाजिक समस्याहरु खोतल्न (Part 1) सहयोगी हुन्छ । साथसाथै क्याप्सुल थेरापी सिद्धिएपछि सेवाग्राहीमा आएका यावत परिवर्तनहरु थाहा पाउन (Part Two) पनि सहयोग मिल्छ ।

२. संगीत इकाई (Mus-psyche)
यो इकाईमा तपाईको भावनालाई संगीतको सहाराले बाहिर ल्याउने प्रयास गरिनेछ । संगीत उपचार पद्दतीको ९ःगकष्अ त्जभचबउथ० यो छोटो र परिष्कृत रुप हो ।

३. नृत्य इकाई (Selo-psyche)
तामाङ्ग सेलो गीतमा हुने झ्याउरे नाचमा आधारित रहेको यो इकाई नृत्य उपचार पद्दतीको छोटो रुप हो । तपाईका भावनाहरुमाथि र त्यसका अस्तव्यस्ताहरुलाई माझ्ने, तिर्खार्ने काम यस पद्दतीद्वारा गरिन्छ । यो नृत्य उपचार पद्दती (Dance Therapy) को छोटो र परिष्कृत रुप हो ।

४. रंग तथा चित्रकारिता इकाई (Craft-psyche)
रंग र चित्रहरुको प्रयोग हुने यस इकाई तपाईलाई प्रेरित गर्न उपचार बृत्तमा (Therapeutic Arena) प्रयोग हुन्छ । चित्रहरु र रंग मार्फत तपाई आफ्नो जिन्दगीको कथा सिनेमामा जस्तै उतार्न÷कोर्न सक्नुहुनेछ र सायद आफ्ना समस्याहरुमाथि आफै प्रस्तुत हुन सक्नुहुनेछ । रंग र चित्रकारीता उपचार पद्दती (Color & Art Therapy) को यो छोटो र परिष्कृत रुप हो ।

५. परामर्श इकाई (Lore Psyche)
Craft-psyche मा कोरेका समस्याहरुमाथि हरेक (२७ जोडी÷५४ सेवाग्राही) जोडीमा एकले अर्कालाई जानेबुझेको कुरा परामर्श दिने यस इकाईमा सम्भाव्य उत्तरहरु खोजी गरिन्छ । यस इकाई मार्फत तपाईमा निहित क्षमताहरुलाई उत्साहित गरिन्छ । यो व्यक्तिव्यक्तिबीच हुने परामर्शको (Man to Man Counselling or Peer Counselling) छोटो र परिष्कृत रुप हो ।

६. अन्तिम प्रतिवेदन र व्यवसायिक परामर्श (Final reports with Corporate Counselling):
यस उपचार पद्दती (Capsule Therapy) लिन आउने हरेक सेवाग्राहीलाई हामी कुनै रोगी सरह नमानी परिस्थतिजन्य प्रतिक्रिया जनाउने सामान्य मान्छे (Reacting Normals) सरह लिन्छौं । तपाईमा समस्याहरु छन्भने माथिका ५ इकाई र त्यसका मापकहरुद्वारा पत्ता लगाउने प्रयास गर्नेछौं र विज्ञहरुको उपस्थितिमा हामी तपाईलाई गोलमेचमा राखेर सुझाव तथा परामर्श दिने प्रयास गर्नेछौं ।

यो उपचार पद्दतीमा शिथिलिकरणका उपायहरुको (Relaxation Techniques) प्रयोग तथा धेरै बिषयमा छोटोमिठो परिचयात्मक (Orientations) जानकारी पनि पेश गर्नेछौं ।

हामीलाई आशा छ मनोविज्ञान खोतल्ने यो यात्रामा तपाई हाम्रो सहयात्री र सल्लाहकार दुवै हुनुहुनेछ ।
अतिरिक्त जानकारीको लागि :
Klub Psychology : सेतोघोडा मनोसामाजीक सेवा
सूचना केन्द्र
सेतो घोडा
सभागृहचोक -, पोखरा ।
हाल काठमाडौं उपत्यका
Facebook @ Klub Psychology : सेतोघोडा


क्लव साइकोलोजी : एक कदम अगाडि , हरेकदिन ।

No comments: