Thursday, September 21, 2017

भावनात्मक खवाई के हो? What is emotional eating?



भावनात्मक खवाई के हो? What is emotional eating?

भोकको कारणले भन्दा पनि बिभिन्न मानसीक र भावनात्मक कारणले या खानामा यथेष्ट पोषक तत्वको अभावले चाहीने भन्दा ज्यादा खानुपर्ने समस्या या बिकारलाई भावनात्मक खवाई भन्छन् । यसका आफ्नै कारणहरु , लक्षणहरु र उपाय उपचारहरु छन् ।

भावनात्मक खवाई जस्तै भावनात्मक र्दुब्यसन पनि हुन्छ , जस्तो कि वाक्ने गरेर मध्यपान गर्ने लत । यसको बारेमा अरु कुनै दिन चर्चा परीचर्चा गरौंला ।

जब तपाईको खानामा येथेष्ट र महत्वपूर्ण पोषण तत्वको कमि हुनजान्छ तब शरीरले दिमागलाई एउटा सन्देश पठाउँछ । तर तपाईको मुड या भावनै यस्तो हुन्छ कि तपाई गलत खाना समात्नुहुन्छ जस्तो कि धेरै गुलीयो या नुन ज्यादा भएको आरामदायी र जंक खानाहरु जसले तपाईको मुडलाई केही थामथेग त गर्ला तर पोषण दिंदैन । अनि पोषणको कमिमा तपाई अनियन्त्रीत या अझ धेरै खान थाल्नुहुन्छ । यो खाना खवाईमा तपाईको बानी पर्न थाल्छ जान्छ ।

भावनात्मक खवाइको मानसीक कारणले बिकारको गतिबिधिमा धेरैनै महत्व राख्दछ । तपाईको मनमा निरन्तर नकारात्मक या ब्यथीत सोचहरु आईरहेका छन् ।
यसको मुख्य कारण तपाईको हालको समय र समस्याहरु या अतितमा घटेका घटनाहरु र दुब्र्यबहारहरु हुन सक्छन जस्तो कि यौन दुब्यवहारहरु , आर्थीक, सामाजीक र भावनात्मक रुपमा बेवस्था भएको निकर््यौल, यौनको अपर्यपतता , आदी । यस समस्याहरुबाट आएको तवनाबहरुको निराकरण तपाई खानाको मार्फत खोज्नुहुन्छ भने निश्चयनै तपाई भावनात्मक खवाईको समस्यामा पर्नुहून्छ या पर्नुभएको छ ।

यो पनि बुझ्नुस् कि भावना खाना खवाईको एक महत्वपूर्ण पाटो हो । मिठो, बास्नादार र प्रेमले पस्कीएको खाना तपाई निश्चयनै अलि धेरैनै खानुहुन्छ । तर तपाई आफ्ना समस्याहरु नजरअन्दाज गर्छु भनेर या गर्न वाक्ने गरेर या अपच हुनेगरी खानुहुन्छ भने त्यो समस्या हो । यो समस्याका ब्यक्तिपिच्छेका कारणहरु र पाटाहरु पनि छन् ।

तपाईले हेक्का गर्नुपर्ने कुरा के छ भने खानाको सिधै सम्बन्ध हाम्रो तौलसँग जोडीन्छ र तौल बढ्नु भनेको मुटुरोग , स्वासप्रस्वासमा समस्या , चिनीरोग आदीको घर आफ्नो शरीरलाई बनाउनु हो । खाना पछिको तपाईको सुस्त शारीरीक लयले तपाईलाई आफ्ना काम र कर्महरु गर्न पनि दिेने छैनर यो तपाईको आर्थीक सामाजीक पाटोमा गएर जोडीने छ ।

एउटा मान्छेले बुझेको पहिलो मन्दीरनै आफ्नो शरीर हो र यसैको पूजा पहिले हुनुपर्छ । नेवारी संस्कारमा भएको म्ह पूजा पनि यस्तो समाधान अन्तर्गतको रीति नै हो ।

यो समस्यालाई समाधान गर्न तपाईले सबैभन्दा पहिले आफ्नो बुझाईमा परीवर्तन ल्याउनु पर्ने छ । खानालाई सम्बन्ध र भावसँग सकेसम्म नजोडौं । यसलाई पोषण , स्वाद , रंग , गन्ध र स्वास्थ्यसँग ज्यादा जोडौं । खानाको पनि एउटा मनोबिज्ञान हुन्छ । यसलाई हेरेर, हेक्का राखेर , बुझेर मात्र ग्रहण गारौ । बिबेकशील भएर हामी के का लागी खाँदै छौ , पहिला बुझौं अनि थाल अघि सारौ ।

आफ्ना तनाबहरु सहि तरीकाले ब्यवस्थापन गरौं । आफ्ना समस्याहरु आमने सामने भएर नै लडौं । हामी सृजनशील बन्न मात्र सक्यौं भने पनि नकरात्मक मनलाई उर्जाशील बनाएर नियन्त्रणमा ल्याउन सकिन्छ । चाहे भोज भतेर होस् या सामाजीक भेटघाट , आफुलाई ठिक्क पुग्ने मात्र लिउँ र खाउँ । खानामा ईश्वरको बास हुन्छ , यसलाई नफँ्याकौं ।

दशैं आएको छ , यो त धानलाई ईश्वर समकक्ष राखेर पुज्ने पर्व हो । खाना र यस पर्वको अन्तरसम्बन्ध बुझौं । शुभ आशीर्बाद , शुभ बिजया ।

निम्न लिनित Link बाट पनि तपाईले जानकारी लिन सक्नुहुन्छ - https://www.youtube.com/watch?v=1f92tt0org8

यस समस्याबारे केही मनोपरामर्ष लिन चाहनुहुन्छ या मनमा लागेका प्रश्नहरु राख्न चाहनुहुन्छ भने हाम्रो सामुहिक च्याटमा पनि आउन सक्नुहुनेछ । काठमाडौं उपत्यकामानै हुनुहुन्छ भने अरु सेवा सुबिधा पनि उपलब्ध गराईन्छ । निम्न ईमेलामा पत्रचार पनि गर्न सक्नुहुनेछ ।

Facebook @ सेतोघोडा मनोसामाजीक सेवा

No comments: