Thursday, October 19, 2017

About Insomnia and it's prevention and management: अनिन्द्रा र त्यसका समाधानका उपायहरु




नमस्कार साथीभाई , शभुचिन्तक र सरोकारवालाहरु । सर्वप्रथम त शुभ तिहार ।

हामीलाई धेरै सरोकारवालाहरु र शुभचिन्तकहरुले सोध्ने प्रश्न हो , निन्द्रा किन लाग्दैन र लगाउने उपाय के के छन् ।

आधुनिक युगको एउटा ठूलो समस्या हो निन्द्रा । अझ कामकाजी, मध्यम र उच्च मध्यम बर्गका मान्छेमा त यो समस्या एकदमै तड्कारो भईरहेको छ  ( ठुलै समस्याको रुपमा देखा परीरहेको छ)  । रोग , भोक, शोक, तृष्णा , तनाब ल्याएको छटपटी र चिन्ताले उद्देलीत मन आदि बिभिन्न कारणहरुले निन्द्राको समस्या आउँछ ।

अस्वस्थ शरीर र मन , आरामको समय स्पस्ट नहुनु र आरामको कमि हुन, कामको चटारोले गर्दा सुत्ने समयमा गडबडी , थकानयुक्त यात्रा गरीरहनुपर्ने बाध्यता , साँझको खानामा पोषणहरुको कमी ,उषाकाल पछि धेरै खाना खानु, चिल्लो र बोसोयुक्त खानाको सेवन ,मनलाई उद्देलीत बनाउने खालाका टिभि कार्यक्रमहरु अबेरसम्म हेर्नु र त्यहाँबाट निस्कने र प्रकाश र बिकिरणमा उजागर भईरहनु , आदि इत्यादीले पनि तपाईको जैबीक ताल या बायोलोजीकल रीदममा असर गर्दछ जसका कारण निन्द्रा लाग्दैन ।

अनिन्द्राले निम्तयाउने मुटुरोग , चिनीरोग , अवशाद (डिप्रेशन) , ढाड दुख्ने समस्या, पेटको गडबडीे बाट हुने अल्सर, क्यान्सर त छँदै छ यसले तपाईको प्रतिरक्षा प्रणलीमा प्रत्यक्ष प्रभाव पार्दछ  जसका कारण तपाईलाई बिभिन्न रोगहरुले सताईनै रहन्छ र उपचार गर्दा निको हुँदैन । तपाईहरुको ब्यवसायीक दिनचर्यालाई त अनिन्द्राले असर गर्नेनै भयो । स्मरण क्षय हनु , ध्यानको कमी हुनु र भावनात्मक रुपमा अस्थीर रहनु पनि अनिन्द्राका प्रभावहरु हुन् ।

बुँदागत रुपमा तल दिईएका सामान्य उपायहरुलाई तपाईले आफ्नो जीन्दगीमा लागु गर्न सक्नु भो भने निन्द्राको समस्या धेरै हदसम्म हटेर जान्छ । यहाँ हामीले निन्द्रा लगाउन के खाने र के गर्ने भन्दा पनि कसरी यो समस्यालाई रोकथाम र ब्यवस्थापन गर्ने भन्नेबारे ज्यादा सरोकार राख्दै त्यसैमा निहित भएर छलफल गछौं ।

निन्द्राको सम्बन्ध हाम्रो खानपानसँग पनि हुने हुनाले, निन्द्रा र पाचन प्रणालीलाई - प्रकियालाई सँग सँगै लिएर जानुपर्ने हुन्छ । तर तपाईको निन्द्राको समस्या अरु दिर्घकालीन मानसीक या शरीरीक समस्याको उपज हो भने तपाईले चिकित्सक या मनोचिकित्सक सँग भेट्नै पर्ने हुन्छ ।

१) यदि तपाईले सुर्यास्त अघि खाना या आसपासमा खानु भयो भने त्यो स्वास्थ्यको लागी त लाभपूर्ण हुन्छ नै र निन्द्राको लागी पनि सहयोग सिद्ध ।  सुर्यको प्रकाशममा हाम्रो पाचन स्वाभीक र सकृय हुन्छ किटाँडुहरुको संक्रमणबाट पनि सरुक्षित हुन्छ । साँझपछिको खाना नपच्ने हुनाले कुहिने र बिभिन्न बायुबिकारहरु निस्कने गर्दछन् । खाना खाएको डेढ घण्टा भित्र सुत्नु नै अति उत्तम बिकल्प हो ।

२) खानासँगै या खाना खानुभन्दा ३० मिनेट अगाडी हल्का नुन छर्केर यथेष्ट सलाद खाने किनकी त्यसले पाचन र निष्कासनलाई सहज बनाईदिन्छ । दिनमा ५ पटक सम्म खाने र थोरै थौरै गरेर खाने । बुझनुपर्ने कुरा के छ भने अम्लीय बायु भरीएको पेटले निदाउँन दिंदैन ।

३) हप्तामा एक दिन फलाहार ब्रत बस्ने । त्यसले तपाईको पाचन , निष्कासन र रक्त प्रभावह सबैले स्वतस्फुर्त र दु्रत बाईदिन्छ र हाम्रो शरीरीक प्रकृयाको सरसफाई पनि गरीदिन्छ । ३ छाक फलाहार खाना , ३ - ४ दिनसम्म खानाले तपाईमा पेट कब्जियत मुक्त भएर जान्छ र यसले निन्द्रामा मद्दत गर्छ ।

४) साँझ पखको खानामा  चिल्लो  , अमीलो , गुलीयो धेरै नखाने । चुरोट , रक्सी र मासु त साँझको खानामा अनिन्द्राका रोगीहरुले नखानु नै बेस किनकी त्यसले हाम्रो मस्तीष्कलाई उत्तेजीतज बनाईराख्छ , पचाउन गाह्रो हुन्छ  र हामी निदाउन सक्दैनौ । सजीलै पचाउन सकिने प्रोटीन जस्तै कि मुंग दाल र फलफुल तरकारीको सलाद भयो भने निन्द्रा लाग्न मद्दत गर्छ । जति मिठो खाना उति मिठो निन्द्रा तर मिठो खाना भनेको मसलादार र तैलीय खाना भने होइन । माछा मासु साँझको खानामा जरुरी छ भने हल्का नुन र मरीचसँग साँधेर पोलेर खाने या उसीनेर खाने । तेलमा भुटेका खानाहरु सक्दो नखाँदा बेस ।

५) सुत्नु अगाडी दाँत माझ्ने , शौच गर्ने र २ मिनेटका लागी गोमुखासन भने आसनमा बस्ने । मनतातो दुधमा एक चम्चा मह मिसाएर पिउनाले पनि निन्द्रामा मद्दत गर्छ । मनतातो पानीमा पकाईएको केरामा जीरा छर्केर खानाले पनि निन्द्रामा त सहयोग गर्छ नै साथसाथै पेटलाई सफ पनि गरीदिन्छ ।

६) खुट्टाको बुढी औंलामा साहाराले दई मिनेट हिंड्ने या ज्ञान मुदा्रमा बस्नाले पनि निन्द्रामा सहजता आउँछ ।

७) दिनहूँ जसो कसरत गर्नाले या खाना खाएपछि १५ मिनेट हिंडनाले पनि निदाउन सजीलो हुन्छ ।

८) खाटमा पल्टएिर निदाउनु अगाडी न्युनतम १५ मिनेटको समय लाग्छ नै जसलाई तपाईले आफ्नो आजको दैनीकी पुर्नमुल्याकंन गर्न प्रयोग गर्न सक्नुहुन्छ या मात्र मन्द संगीत सून्न सक्नुहुन्छ या १०० देखी उल्टो गरेर गन्न सक्नुहुन्छ  जसले तपाईलाई पक्कैनै निदाउन मद्दत गर्छ । कसै कसैलाई खाटमा पल्टीएर किताब पढ्नाले पनि निदाउन सजीलो हुने थाहा हुन आएको छ ।

८) योग , प्राणायमा , आसन  बिशेषत सुर्य नमस्कार र सकरात्मक जीवनशैलीले पनि अनिन्द्रा हटाउन मद्दत गर्छछ ।

लक्ष्मीले दिएको समृद्धि तपाईले स्वास्थ्यमा लगाउन सक्नुहोस ।
उज्यालो - स्वास्थय नेपालको कामना , गाई पूजा , लक्ष्मी पूजा र दिपावलीको शुभकामना ।

फेरी पनि शुभ दिपावली , शुभ आशीर्बाद ।

))))))))))))))))))))))))))))))))))))))))

References:
Curing #piles the yogic way!
http://www.woyoso.org/Piles.html

Treating insomnia!
https://www.completenaturecure.com/insomnia-cures-and-treatmentyoga/

The rationale behind the need to eat before the #sunset!
http://www.tattvagyan.com/science/scientific-reasons-avoid-food-night/

About Insomnia and it's prevention and management: अनिन्द्रा र त्यसका समाधानका उपायहरु

No comments: