Saturday, July 25, 2015

नागिरक सम्बन्ध तथा संविधान सुझाव समिति

सादर अनुरोध - नागिरक सम्बन्ध तथा संविधान सुझाव समिति

संघियता , धर्म र शासकीय स्वरुप बारे जनमत संग्रहमा जाउँ। अहिले संघियतामा जानु जरुरीनै छैन । स्थानीय निकायको चुनाब गरौं , स्थानीय निकायलाई सबल , सुढृढ र बिकास बाहाक बनाउँ र चाहीए त्यहीबाट संघलाई समेटौं ।

अहिलेनै संघियतामा जानै परे, प्रदेशै पिच्छेको प्रहरीबल र सुरक्षा संयत्र त राख्दै हुँदैन। यो त केन्द्रीकृत नै हुनुपर्छ। नागरीकताको बारेमा पनि अझ कडा प्रवधान राखीनु पर्छ ।

हिन्दु राष्ट्र होइन कि हाम्रो देशलाई हिन्दु,बौद्ध र किराँतिहरुको साझा सनातन देश बनाउनु ठिक होला।

हामीलाई थाहा छैन ज्ञानेन्द्र , कमल थापा या बाबुरामको राजनैतीक अभिष्ट के हो भनेर । तर हिन्दु धर्मले ज्ञानको खोजी गर्छ , बुद्ध धर्मले चेतनाको पूजा गर्छ र किंरातीहरुको धर्मले माटो र प्रकृतीको पूजा गर्छ । यी धर्म या संसकृतीहरुमा हाम्रो ज्ञान , बिज्ञान र मनोबिज्ञान सबै समेटीएको छ । यो कुरालाई नजरअन्दाज गर्नु हाम्रो ठुलो भुल हुनेछ । हामीलाई हाम्रो कुराबाट बिमुख गराएर अरुको कुरा पढाउन र बुझाउन खोज्नु महामुर्खता हो ।

थारो गाईलाई सडकको बास र पाल्स्टीकको आश गराईदिएर र दाँत झरेको कुकुरलाई रक्त्ताम्भे पिटेर घरबाट लखेटेर भुस्याहको पास भिराईदिएर न त नेपालमा कहिल्यै धर्मको रक्षा नै हुन्छ न त कहिल्यै संबिधानमा उल्लेखीत समाजबाद नै आउँछ । यीनिहरुको नाममा पनि संबिधानको एउटा धारा खोलीदिए हुन्छ ।

किन जल, जमीन र प्राकृतीक स्रोत साधनबारे मौन छ प्रारम्भीक मस्यौदा ? सेनाको भुमीका के हो ? स्पष्ट छैन मस्यौदा ।

शिक्षामा स्वाभलम्बन र शिक्षाको अर्थतन्त्र बारे स्पष्ट कुरा खै त ? अतिरीक्त आवश्यकता भएका बालबालीकाको शिक्षाको चाँजोपाँजो बारे स्पष्ट कुरा खै त ? कृषीबारे ऐन नियमनै संबिधानमै हालेपछि अरु पनि महत्वपूर्ण बिषयको लागी स्थान खै त ? दिगो अर्थतन्त्रका लागि दिर्घकालीन पर्यटन बारे कुरा खै त ? चलचीत्र सम्बन्धी एउटा पनि कुरा नराखीनुले समाजीक , सांस्कृतीक र अन्तराष्ट्रीय सम्बन्धको ज्ञान मस्यौदा समितिलाई नभएजस्तो देखीन्छ ।

फेरी सबैभन्दा महत्वपूर्ण कुरा त , देशको सीमा र सीमानालाई सीमाबद्ध नगरीकन जारी गरीएको संविधान दासताको दस्ताबेज मात्र हुनेछ । त्यसले दिर्घकालीन रुपमा हामी नेपालीको मनोबिज्ञान र आत्म स्वाभीमानलाई अझ थिलोथिलो पार्नेछ । समृद्धी होईन कि पछौटेपन हाम्रो पहिचान बन्नेछ ।

चाहे सीमापार यौनदासीका रुपमा बेचीएका नेपाली चेली हुन् या अरबको खाडीमा बन्धकी जस्तै बाँधीएका नेपाली श्रमीक हुन् या लुटीएको नेपाली सीमाना होस् ; उनीहरुलाई देशको सीमाना भित्र ल्याएर गोलबद्ध नगरेसम्म र संबिधानको यो सहीछापमा उनीहरुलाई चार किल्लाको साक्षी नराखेसम्म , जारी गरीएको संविधानले केवल हाम्रो दासता मोह गाउने छ । बैरीहरु अझै हाँस्ने छन् ।

संविधान जारी गर्न त्यती हतार गर्नु जरुरीनै छैन । ६ महिना ढिलो गर्दा पनि केही फरक पर्नेवाला छैन । पिडित र कतै हराएका यी नेपालीहरुलाई पनि देश फिर्ति गराउँ र उनीहरुको पनि सुझाब सल्लाह लिएर संविधानको यो दस्ताबेजलाई अगाडी बढाउँ । नत्र जारी गरीएको संविधान दासताको दस्ताबेज मात्र हुनेछ ।

यो डाक्टर ६०१ ले लेखेको नेपालको संबिधान बारेको प्रारमभीक शोधपत्र या भनौ थेसीसले सय पूर्णाँकमा मात्र ४७ अंक पाउने भयो । भुलसुधार गरेर ल्याएमा ७२ सम्म ल्याउन सक्छ ।

You can email your comment about your way of constitution to the Constitution Assembly of Nepal at: comt.crcs@gmail.com

No comments: