Saturday, September 12, 2015

अधिकार , पहिचान र संघियता


दलीतहरु त संघियता बिरोधी हुनुपर्ने हो । सबै जात जातीका प्रतिनिधि पात्रहरु मिलेरै यीनिहरुको दलन र दोहोन गरेकै हुन् । अब जात जातको आधारमा संघियताको सिमा कोरीए न्यायको लागी उनीहरु उजुर लिएर कहाँ कहाँ जाने ? कता कता मात्र आफ्नो कुन , कुन अधिकार र माग खोज्न पुग्ने ? कहाँ मात्र न्यायको लागी आफ्नो उपस्थीति देखाउने ? 

फेरी संघियताले दिने टाकुरे , ढिकुरे राजाहरुको प्रदेशमा यिनीहरुको दलन हुने सम्भावना झनै बढेकै छ किनकी स्पष्ट छ , सिङ्गो कानुन हुने छैन । यही कुरामा केही थपघट गरेर थारुहरु र तामाङ्गहरुमा पनि लागु हुन्छ , भलै उनीहरु माथि छुवाछुत जस्तो जघन्य भेदभाव नभएको होला । अब कुलदेवताको पूजामा जस्तो थान थुम्का खोज्दै हिड्ने होईन । मन्दिर बनाउने हो जहाँ सिङ्गो नेपाली जातीले कर्मको पूजा गर्न पाओस् । जहाँ कुनै पनि भगवान तेरो मेरो नहोस् , सबैलाई दर्शन मिलोस् , सबैको समृद्धि मात्र होस् ।

आजकल नयाँ नेपालमा मान्छेहरु अधिकार , अधिकार , पहिचान , पहिचान नामको बकम्फुसे मन्त्र मात्र भट्याएको सुन्छु । त्यसैको कृपाबाट बिसंगति , बन्द र बन्धन , हत्या र हाहाकार जुरेको भेट्छु । यसो गर्दा हुँदैन , जो सीत जे धेरै छ त्यही लिंदा दिंदा हुँदैन – 

बाहुनबाट शिक्षा , क्षेत्रीबाट सुरक्षा , नेवारबाट ब्यपार , जनजातीबाट संस्कृती , थारु र लिम्बुबाट भेषभुषा , दलितबाट कला र कर्म , ज्यापूबाट श्रम , तराईबाट खटन , शेर्पाबाट शीखर , आदि , ईत्यादी साटपाट गरेर अनि त्यस खीचडीबाट द्वन्द नामको भुष केलाएर , झिकेर , अधिकार नामको आगो बाल्दा के होला ? स्पष्ट बुझ्दा , जातीयताले घटाउने हाम्रो अधिकार र पहिचान होे । अधिकार बढाउने हो साथी , घटाउने होईन । बेलैमा सजग बनौं ।

हामी नेपालीहरु साँच्चैनै सोचे भन्दा धेरै चलाख छौं । यति त गर्न सजीलै सक्छौं , होईन त मिज्जुहरु ?

फेरी जीम्मेवारी बोकौं साथीहरु , जीम्मेवारी । जम्मै बारी होईन ल । उखान टुक्काले फेसबुकमा धेरै लाईक पाए जस्तो जीन्दगीमा नंबर कहाँ पाईन्छ र मिज्जु । एकता र त्यसमा मिहिनेत परे पछि मात्र आफु संगै देश बन्ने अनि अघि बढ्ने हो ।

यसैपनि साथीहरु , यो बैश्यहरुको युग हो । यहाँ जे कुरा पनि बिक्छ र आम्दानी हुन पाउनु पर्छ । पहिचान , पहिचान मात्र जपेर न त पहिचान बाँच्छ , जोगीन्छ , न कसैले त्यसको महत्व बुझ्छ , न त बिकास नामको आम्दानीनै हुन्छ । भएको पहिचान बाँचौं , सबै नेपालीलाई बुझाउँ , बाँच्न लगाउँ , सम्मान दिउँ र पाउँ , खुशीयाली मनाउँ , दुनिया बोलाउँ अनि नाम , दाम , साथी र संसार कमाउँ । सकेलालाई साम्भा बनाउँ , नेपालका जात्राहरुलाई कार्निभल , दशैंमा प्रकृती रीझाउँ , तिहारमा दिदी भाई , लोसारमा सोच नयाँ बनाउँ , माघिमा दासता हटाउँ , बुद्ध पूणीमामा चेतना उठाउँ , साथी , चेतना । पर्यटकहरु बेलाउँ , गरीबि हटाउँ , दाम कमाउँ साथी , दाम ।

बिद्वान मान्छेहरुले आफ्नो सोच र जीन्दगीलाई सधैं सरल बनाउने प्रयास गर्छन् । हामी नेपालीहरुले पनि त्यसो गर्दा कसो होला । आँट्यो भने नेपालीले जे पनि गर्न सकछ । त्यस पछि त के प्रकृतीले सुन्दर बनाएको यो देशमा एकता र मिहिनेत पर्यो भने सम्पन्नता नै सम्पन्नता उम्रीन्छ ।  जीउँदै स्वर्ग देख्न कहि जानै पर्दैन , नेपालमै आए पुग्छ । होईन त मिज्जु ?

यस पालिको दशैको लागी बिदेशबाट आयतीत संघियता नामकोे च्याङग्रा छ्याक्क पारेर बलि दिने मेसो मिलाएको छु । बिजयादशमीको टिका लगाएपछि त्यसैको कवाफ खुलाउँछु । तिहारमा त्यसैको सुकुटी सित तोङबा पनि पिलाउँला । सबै नेपालीलाई स्वागत छ । 

फेरी तपाईहरुले पनि यो जातीय संघियताको लोभी सोचलाई मनको बिर्को बन्द गरेर सद्भावको सिट्ठी बजाउन नभुल्नु होला । यसलाई पकाएर खाईएन भने सबैलाई राजनैतिक कब्जीयत या त डाईबिटिज हुने सम्भावना बढी देखीन्छ । देशको भलो हुने देखीदैन । संघियताको झोल तिते गुलीयो छ र त्यती रसीलो पनि छैन । यसैले पनि यो जातीय गुलीयोको लोभलाई छिट्ट्रै सकाउँदैमा नै हामी सबै नेपालीको कल्याण हुने देखीन्छ । बिखण्डनकारी कमिला लाग्ने डर पनि हुँदैन ।

तिज , दशैं , तिहार , 
छठ , उभौली –उँधैली ,माघि , लोसार ,
बर्ष नयाँ , नयाँ बिचार ,
सबै मनाउँ साथी , सबै मनाउ ,
रमाउँ न , हाम्रै आफ्नो राम्रो संस्कार ,
आउ अब गाउँ देशभक्तिको गीत अपार ।
अग्रीम शुभकामना ।



You can "Like" and comment at our facebook page : https://www.facebook.com/Klub-Psychology-266227932653/timeline/

No comments: