Tuesday, September 29, 2015

नेपालको झिनो आशा : भारत र चीनको नियति


चीनको नियत पनि त्यती नेपाल मैत्री देखीदैन किनकी नेपालसँग भन्दा धेरै ब्यपार उ भारतसँग गर्दछ । करीब करीब ७१ अर्ब डलर बराबरको ब्यपार यी दुई बिच सन् २०१४ मा भएको थियो र भारतले ३७ अर्ब डलर बराबरको ब्यपार घाटा ब्यहोरेको थियो । चीनले करीब ५४ अर्ब डलर बराबरको निर्यात भारत तर्फ गरेको थियो भने भारतले जम्मा जम्मी १६ अर्ब डलर बराबरको निर्यात चीन तर्फ गरेको थियो । अब फाईदा छोडेर चीन भारतलाई चिढ्याउला त ? पक्कै पनि अहिलेको स्थीतिमा उ भारतलाई चीढाएर ब्यपारीक घाटा खान चाहँदैन । चीन जस्तो देशले चाह्यो भने कुनै पनि नाका एक हप्ता भित्र खोलीदिन सक्छ , र उ सँग त्यो प्रबिधि र सामथ्र्य पनि छ । हालको लागी उ पनि हेर र कदम चाल भन्नेमा रणनिति लिएर बसेको छ । 

तर उ नाकाहरु खेल्नका लागी दशैंसम्म पर्ख भन्छ । बाबा , चीन माथि नेपालको भन्दा भारतको धेरै प्रभाव छ , भलै केही स साना मुद्दाहरु पनि उनीहरु अल्झिएका छन् । तर उनीहरुको ब्यपारलाई त्यसले खासै असर पार्दैन । हालको चीन निति लड्नु भन्दा पनि ब्यपार गर्नु र प्रतिष्पर्दा गर्नुमा जोड देखीन्छ । नेपालमा उ त्यती ठूलो बजार र खर्चन सक्ने क्रेता देख्दैन जती भारतमा उ त्यहाँको मध्यमा बर्गका लागी समान ओसार्न आतुर छ । हामी त भुगोल र जनसंख्या दुबैले ठगीएका नागरीक हौं । 


अब नेपाल र नेपाली मनोबिज्ञानले पनि ब्यपार र प्रतिष्पर्दालाईनै बिजय शास्त्रको रुपमा बुझ्नु श्रेयकर देखीन्छ ।

भारत र चीनलाई हामी चाहिएको होईन , नेपाललाई उनीहरु चाहिएको हो । हामी परनिर्भर र निरह भएर छट्पटिएको मनोबिज्ञान अझ उद्देलित बनाएर उनीहरु रमाउन चाहन्छन् । त्यसैमा उनीहरुले रमाएका पनि छन् । अब क्यालकुलेटर लिएर सामानको मोलमलाई गर्ने ब्यपारीहरुले नेपालको राष्ट्रियताको झिनो अहं बाचई देलान् भन्नु र सोच्नु मुर्खता सीवाय केही होईन ।

चीनको भर नपर्न र आत्म निर्भर कसरी हुन सकिन्छ भन्नेमा हामीले कदम चाल्नुमा बुद्धिमानी देखीन्छ । केटौले पारामा कहिले भारतीय च्यानल बन्द गर्नु त कहिले नेपालीको यो नैतिक युद्धमा चीनले सहयोग गर्ला भनेर ठिङ्ग उभिनुु हाम्रो निरह मनोबिज्ञानको बुद्धिबिलास मात्र हो । यसैपनि यो युद्ध र युद्धपोतले बिजयी बन्ने भन्दा पनि सुचनाले संसार जीत्ने युग हो ।  कहाँनेर प्रतिद्व्न्दीलाई माथा टेकाउने डाटा भेटाउन सकिन्छ त्यो थाहा पाईरहनु पर्छ र त्यसका माध्यमहरुलाई साथ लिनैपर्छ । यसैले सुचनाहरु र त्यसका माध्यमहरुलाई कहिल्यै निषेध गरीनु हुँदैन । त्यसो गर्दा परस्पर घाटा हामीलाईनै हुने देखीन्छ । अब भारतीय टि भि च्यानल होईन नेपाली नेताहरुलाई भारतमा या अन्य कुनै सहयोगी देशहरुमा सलामी टक्राउन जान बन्द गरीदिउँ । अब नेपाल आत्मनिर्भर बन्नै पर्छ ।

यसैपनि चाईनाको परराष्ट्र निति अरु देशको आन्तरीक मामलामा हस्तछेप नगर्ने भन्ने स्पष्ट छ नै । भारतको बल मिचाई बिरुद्धको युद्ध केवल हामी नेपाली मात्रको समस्या हो । 

हो भुपरेवेष्ठित राष्ट्रिको हिसाबले ब्यपार र ओसार पसारको लागी पाउनु पर्ने समुन्द्रसम्मको निवार्ध मार्ग र पारवहन सुबिधा नेपालले पाउनुपर्छ । तर संयुक्त राष्ट्र संघले पनि यो मुद्दालाई भारतीय चस्माले हेर्ने निश्चित प्राय छ किनकी भारतले राष्ट्र संघमा हामीले भन्दा धेरै खर्च गर्छ भलै राष्ट्र संघिय शान्ती सेनामा नेपालको भारतको भन्दा ठुलो साख छ । तर जे होस् यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्नु पर्ने बेला भईसकेको छ । भुपरेवेष्ठित राष्ट्रको समस्या माथी भारतले खेलाची गर्न मिल्दैन । भारतसँग सीधा कुरा गर्ने र दब्ने होईन । उसका पनि हाम्रा भन्दा धेरै समस्याहरु छन् र हामी पनि उसलाई चेप्न सक्ने धेरै कोंणहरुमा छौं । हाम्रो शान्ती प्रतिको आस्थालाई उनीहरुले कमजोरी नसम्झिंदा राम्रो हुन्छ ।


You can "Like" and comment at our facebook page : https://www.facebook.com/Klub-Psychology-266227932653/timeline/

1 comment:

Unknown said...

This is the right statement