Saturday, October 17, 2015

प्रचण्ड ब्यक्तित्व बिकार (Paranoid Personality Disorder)



प्रचण्ड भाव बिवह्ल पनि हुन्छन् र उनीमा भाषणबाजी तुल्य जोश पनि छ तर भावनात्मक जोश या भनौं प्यासन छैन । हो उनी आबेगी भने छन् । 

संसारको राजनैतिक ईतिहास हेर्ने हो भने राजनेताहरुमा सँधै देश , देशबासी , समाज र मानवताबादी प्यासन पाईएको छ । जसरी उनी आफ्ना बाद र बिचारहरु हिज्जेमा जस्तै सच्चाईरहन्छन् र समय समयमा एउटा अमुक दुष्मन तेर्साईरहन्छन् उनी प्यासनेट कम र मानसीक रोगी ज्यादा बुझिन्छन् । 


जंगल बासको एकाङ्कीमा गुथेको स्वैर कल्पनाहरु संसारीक जीवनमा काम लाग्दैन भन्ने उनी बुझ्न चाहँदैनन् । उनी आफुलाई परम शक्तिशाली , अमेध्य प्रचण्ड ठान्छन् भलै अरु धेरै परस्थीतिमा भिजेको बिरालो झैं लुगलुग काम्छन् र मान्छेले बुझे भन्दा ज्यादा हतास हुन सक्छन् । 

उनीलाई प्रचण्ड ब्यक्तित्व बिकार छ (Paranoid Personality Disorder) । 

अहिले उनी हतास मनस्थीतिमा छन् किनकी उनका मुख्य सहयोगी र ग्य्राण्ड डिजाईनर बाबाुराम पार्टी छाडेर नयाँ शक्तिको भौंता मा लागेकाछन् । यो हतास मनस्थीतमिा उनले माओबादीलाई एमालेमा बिर्सजन गरेर राष्ट्रपति पद पड्काउन बेर लाग्दैन । 

यो बिकारमा झैं उनीको ब्यवहार कुनै बेला पनि अकल्पनिय हुनसक्छन् । फेरी आखीर नेपालको राजनिति गणितकै खेल त हो । उनीहरु नै त्यसै भन्छन् । सत्य , निष्ठा र सत्कामको राजनिति हुँदो हो त नेपाल कहाँको कहाँ पुग्थ्यो ।

Klub Psychology

You can "Like" and comment at our facebook page : https://www.facebook.com/Klub-Psychology-266227932653/timeline/

No comments: