Monday, February 12, 2018

महाशिवरात्रीको शुभकामना - Happy Shivaratri


शिब को हुन त ? या शिब के हुन् त ?

के उनी महामानब हुन् या आदि बुद्ध या देउता , भगवान वा ईश्वर या मात्र आदियोगी ?

शिब रुप धारण गरेका जोगी, योगीहरुलाई सोध्नुहोस् शिव को हुन् , कहाँ छन् या पाईन्छ भनेर । उनीहरु सिधा उत्तर दिन्छन् – शिब म नै हुँ । मान्छेहरु हाँस्छन् र भन्छन् – यसलाई शिवबुटि लागीसक्यो । तर कुरा त्यही नै हो र सहि हो । शिब भनेको हामी भित्रैको बृहत चेतना हो । र हरेक प्राणीमा शिवतत्व हुन्छ । धेरैमा यो जागृत गर्न मात्र बाँकी हो या हुने अवस्थामा छ ।

त्यो बृहत चेतनामा दया छ , त्याग छ र एउटा अमेध्य आत्मबल छ । त्यो एउटा अघोरी हो र ब्यवधानको उल्टो हिडिंदिन सक्छ । बिष सेवन पछिको अननन्य शारीरीक पिडा र पत्नीको मृत्यु पछिको बियोगले निम्त्याएको पागलपन जस्तो स्थीति पछि पनि आफुलाई सम्भालेर त्यो शक्ति लोककल्याणकारी कार्यमा अग्रसर हुनसक्छ ।

उनी घनघोर अँध्यारोमा बाँच्न सक्छन् र फेरी पनि उज्यालोको निर्माण गर्न सक्छन् । उनी एक अणुँ भित्रको न्युक्लीयस – गर्भ हुन् जसले आफ्ना न्युट्रोनबाट प्रोट्रोन , ईलेक्ट्रोन र समस्त अणुको सँसार बनाउन र साथसाथै ध्वस्त पनि गर्नसक्छ । त्यसैले पनि आफु भित्रको शिबतत्व चिनौं , त्यसलाई सम्बर्धन गरौं र अझै प्रकाण्ड बनाउँ ।

त्यो बृहत चेतना भित्र समयको बोध छ र त्यो बोधबाटै महाबिष्फोट हुन्छ अनि हामी बसेको यो सुन्दर सृष्टि – पृथ्बीको सृजना हुन जान्छ । त्यसैले शिव प्रकृती पनि हुन् । बरु शिव के होइनन् मलाई उत्तर दिनुहोस् र त्यो भन्दा पनि पहिले आफु भित्रको शिवलाई चिन्नुहोस् ।

महाशिवरात्रीको हार्दिक मंगलमय शुभकामना । आजै देखी दुब्र्यसन छोडौं , अगाडी बढौं ।

र नेपाली राष्ट्रिय सेनालाई सेना दिवसको हार्दिक शुभकामना । संक्रमणकाल थेग्न सफल भएकोमा अझ धेरै बधाई ।

शिवरात्री मात्र ब्यँतिने रात होईन यो त जागृत हुने रात हो ।
जय शम्भो ।

The nucleus has the ability to create its proton, electron and the entire universe from its neutron whilst also have the ability to destroy them. That nucleus is the Shiva within you! Identify it, enrich it and amplify it.

Shivaratri is indeed the night of awakening and let it be! Happy Shivaratri!

सेतोघोडा मनोसामाजीक सेवा
Klub Psychology: सेतोघोडा


https://www.facebook.com/klubpsychology

No comments: