Friday, April 6, 2018

नेपाली कामदारहरुको ब्यवसायजन्य स्वास्थ्य - World Health Day 2018

कुनै पनि किसीमको बैदेशीक रोजगारमा जानु अघि अनिवार्य तालीमको प्रवधान नेपाल सरकारले गरको त छ तर श्रमीक आफै , काम लगाउने संस्था , बिचौलिया मान्छेहरु – म्यानपावर एजेन्सीहरु अनि नेपाल सरकारका सम्बद्धित निकायहरुको ति नियमहरुको अक्षरस पालनामा उदासीनताले गर्दा नै बैदेशीक रोजगारीमा बिभिन्न खाले समस्याहरु सृजना र बिकराल भएका छन् ।
कुनै पनि देशको कानुन अनुसार कामदारहरुले पाउनुपर्ने स्वास्थ्य र सुरक्षा सम्बन्धि अधिकारहरु र जीवन बिमा शुरुका एक या २ बर्षसम्म त धेरै जसो ठाउँमा दिने पनि गरीएको देखीएको छ तर त्यहाँको बसाई लामो र अबैधानीक हुनसाथ ति सुबिधाहरु काटिएको उदाहरणहरु प्रसस्त भेटीएका छन् । नेपाल सरकारको आर्थिक र सामरीक स्थीति पनि कमजोर हुनु , देशको दैनीकि चलाउन पनि दातृ संस्था र रेमीट्यान्सको मुख ताकेर बसेको अवस्था र आफ्ना नागरीकहरुको लागी पहल गर्न चासो पनि नदिनुले बिश्व बजारका नेपाली श्रमीकहरुले पाउनुपर्ने न्युनतम सेवा र सुबिधाबाट पनि बन्चित भएका छन् ।
यी बिभिन्न कारणहरुले गर्दानै काम लगाउने संस्थाहरुबाटै नै गैर कानुनी रुपमा आर्थिक र श्रमजन्य शोषण हुने अवस्था सृजना भएको छ । यस्तै कारणहरुले गर्दा नै नेपाली कामदारहरुको ब्यवसायजन्य स्वास्थ्य त एकदमै कमजोर भएको छ। यता नेपाली कामदारहरुको स्वास्थ्य प्रतिको आफ्नै लापरवाहीले गर्दा पनि सुतैकै अवस्थामा नै उनीहरुको मृत्यु भईरको छ ।
यसै पनि कुनै पनि देशमा आप्रवासी कामदारहरुको कानुनी स्थीति धेरैनै संसययुक्त र जटील प्रवधान हो । त्यहाँको सरकार र श्रमीक आफैलाई पनि यो बिभिन्न जोखीमहरुले भरीपूर्ण स्थीति हो ।
अन्त्यमा बिश्व स्वास्थ्य दिवस २०१८ को शुभकामना । सम्बन्धित निकायहरुलाई बैदेशीक रोजगारमा आईपेरका यी यावत समस्याहरु समधान गर्ने अग्रसरता र आँट मिलोस । देशमानै धेरै भन्दा धेरै रोजगारको सृजना होस् ।



जय शम्भो , जय नेपाल ।
हेलो वैदेशिक रोजगार विभाग, बुद्धनगर हेलो श्रम तथा रोजगार मन्त्रालय सिंहदरबार
Gokarna Bista
KP Sharma Oli

No comments: