Friday, April 13, 2018

The Joy of Giving Back to the Society: अनिवार्य शिक्षादानको प्रवाधान


यो कार्तुस भरीएको बन्दुक काँधमा भिरेर होईन मसी भरीएको कलम छातीमा भिरेर समृद्धिको खाका कोर्न लम्कने समय र मौका हो । शिक्षामा लगानीनै अब हाम्रो पहिलो प्राथमिकताको हुनुपर्छ ।

बिभिन्न देशहरुले जसरी अनिवार्य सैनिक तालीमको प्रवाधान राखेका छन् , जुन न त नेपालीका लागी आवश्यक छ न त उपयोगी , त्यसको साटो नेपालमा अनिवार्य शिक्षादानको प्रवाधान राख्नुपर्छ र १२ कक्षा पास गरेका हुन् या १६ कक्षा पास गरेका या १८ कक्षा पास गरेकालाई जो कोहि सक्षम - सबल नेपालीलाई एउटा छोटो अभिमुखीकरण तालीम दिएर , जीवनमा एक पटक , ६ महिलनाको लागी मात्र नै भए पनि आफुले जानेको कुरा सिकाउन देशका बिभिन्न ठाउँहरु पठाउनुपर्छ ।

यो प्रवाधानले एक त शिक्षामा चाहिने बित्तिय तथा लजिष्टि (कर्मचारिहरू र समानको व्यवस्था तथा ओसारपसार) लगानी घटाउन मद्दत गर्छ भने सामान्य ज्ञान केन्द्रित हाम्रो शिक्षालाई हटाएर समाधान उन्मुख शिक्षा स्थापना गर्न मद्दत गर्छ किनकी आफुले आर्जन गरेका शिप र शिक्षालाई यी युवा मनहरुले प्रयोगमा ल्याउने ठाउँ पाउनेनै छन् र सुधार गर्ने चेष्टा गर्नेनै छन्।

ताजा रुपमा शिक्षित ताजा मनले समय सान्दिर्भिक परीवर्तन र शिप हस्तान्तरण गर्छनै यो प्रवाधानले भोलीका दिनहरुका लागी चाहिने साझेदारीको निमार्णमा पनि सहयोग गर्छ । यस बाहेक यो देशका बिबिधता र सुन्दरताहरुलाई बुझ्ने र आनन्द लिने सुर्वण मौका पनि हो । जसले देश बुझ्छ त्यसले देश बनाउँछ पनि ।

यस बाहेक नेपाली मनमा शिक्षाका मार्फत ईमान्दारी र करुणा अझ सुधृढ र समृद्ध गर्न सकियो भने चलिरहेको यो २१ औं शताब्दीका कुनै पनि चुनौतीहरु सामाना गर्न नेपाली तन , मन र नेपालीपन तयार रहनेछ ।

सरकार र सम्बद्ध निकायहरुलाई घच्घचाउने पालो अब हाम्रो हो ।



फेरी पनि नयाँ बर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना ।

#HappyNewYear2075

जय शम्भो , जय नेपाल ।

#ProsperityWithPenNotWithGun #TheGreatestJoyComesFromGivingBackToTheSociety

No comments: